इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका वडा नम्बर १ अस्पताल अगाडि आफ्नै संकलन केन्द्र स्थापना गरेको विराटनगर नसिंङ होम अन्र्तगतको विराट इन्टरनेशलन रिफ्रेन्ट ल्याबले केन्द्रको सेवा सुरुवात गरेको अवसरमा आज (मंगलबार) सम्म स्वास्थ्य परिक्षण गर्नेलाई आफ्नो नियमित शुल्कमा ५० प्रतिसत छुट दिने भएको छ ।
सोमबार इनरुवामा सुरुवात गरिएको सेवाअन्र्तगत ४५ वटा विभिन्न खाले परिक्षणको नियमित शुल्क ३८ सय र ५० वटा परिक्षणको ७५ सय शुल्क रहेकोमा आज दिनभरीमा इनरुवा कलेक्सन सेन्टरमा रगत संकलन गराउनेलाई ५० प्रतिसत छुट दिईने विराट नर्सिङका प्रशासन प्रमुख अमित कुशवाहले जानकारी दिए ।
प्याकेज बाहेक अलग अलग परिक्षण गराउनेका लागि पनि ४० प्रतिसत छुटको ब्यवस्थाप गरेको छ ।
नेपालकै विश्वासिलो स्वास्थ्य परिक्षण प्रयोगशालाले इनरुवा र आसपासका विरामीहरुलाई गुणस्तरीय परिक्षणको सेवा उपलब्ध गराउने नीतिअनुसार इनरुवामा संकलन केन्द्र स्थापना गरेको भन्दै कुशवाहले इनरुवाको संकलन केन्द्रमा फोन गरे संकलकहरुको घरमै पुगी नमुना संकलन गरेर परिक्षणका लागि पठाउने जानकारी दिए ।
यसबापत केन्द्रको तीन किलोमिटर दुरीभित्र घर भएका विरामीको लागि १ सय रुपैया शुल्क लाग्ने छ ।
आईएसआ र बायोराडले प्रमाणित गरेको सो ल्याबले ५ सय ४५ किसिमका विभिन्न रोगहरुको परिक्षणको सेवा उपलब्ध गराउँदै आएको छ । विराट इन्टरनेशनलले इनरुवामा आफ्नो सेवा उपलब्ध गराउन सायमा पोलिक्लिनिक इनरुवासँग सहकार्य गरेको हो ।
इनरुवामा संकलन गरिएको रगतको नमुना विराटनगर पठाएर परिक्षण गरेपछि इनरुवाकै संकलन केन्द्रले विरामीको ह्वाटसऐपमा रिपोर्ट पठाउने छ भने ह्वाट्सऐप नचलाउनेले संकलन केन्द्रबाटै रिपोर्ट लिन पाउने गरी ब्यवस्थापन गरिएको कुशवाहले जानकारी दिए ।
विराट नर्सिङले विराटगरकै रानीमा पहिलो संकलन केन्द्र र इनरुवामा दोस्रो संकलन केन्द्रको सेवा सुरु गरेको हो । यसपछि इटहरीमा समेत यो सेवा सुचारु गर्ने गरी तयारी भईरहेको उनले बताए ।