इनरुवामा चारदिने ह्याप्पिनेस कार्यक्रम गर्दै र्आट अफ लिभिड्ड

0
177
Raut of Lived doing a four-day happiness program in Inaruwa
Ravi Shankar

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा आधुनिक विज्ञानका ज्ञाता रविशंकरले प्रतिपादन गरेको द र्आट अफ लिभिड्डले चारदिने ह्याप्पिनेस कार्यक्रम गर्ने भएको छ ।

समाज र व्यत्तीमा बढदो तनाव, द्वन्द्व र अपराधलाई न्युनिकरण गर्दै मानिसलाई स्वास्थ्य र खुशी जिवन पाउनका लागि जिवन जिउने कलाका लागि द र्आट अफ लिभिड्डले आउदो पुस ३ गतेदेखि ६ गतेसम्म चारदिने ह्याप्पिनेस कार्यक्रम गर्न लागेको हो ।

द र्आट अफ लिभिड्डसँग आवद्ध रहेका सुर्वणा बस्नेत, सिर्जना श्रेष्ठ र रोमा बञ्जाराको मुख्य प्रशिक्षक रहेको ह्याप्पिनेस कार्यक्रममा श्वासप्रश्वास सम्बन्धि व्यायामको अभ्यासले ह्याप्पिनेस कार्यक्रम गरिने भएकाले सहभागी हुनका लागि इच्छुक इनरुवावासीलाई आग्रह गरिएको छ ।

सिर्जनाले भनिन् अहिले दैनिक मानिसहरु डिप्रेसनलगायतका धेरै प्रकारका तनावको शिकार हुदै जाने क्रम बढदा समाज विकाससगै देशमा आर्थिक विकासमा असर पुग्ने अवश्था आउदै गरेकाले जिवनलाई स्वास्थ्य र तनावमुक्त बनाउन ह्याप्पिनेस कार्यक्रम आवश्यक रहेकाले इनरुवावासीलाई उक्त ज्ञान सिप प्रदान गर्न लागिएको हो ।

कार्यक्रमको ’boutमा जानकारी दिदै प्रशिक्षक सिर्जना श्रेष्ठले मानिसलाई आफनौ दैनिकीमा हुने तनावसगै स्वास्थ्यका लागि आवश्यक ज्ञान सिप र खुशी जिवनका लागि चाहिने आवश्यकतालाई अध्यात्मक चिन्तन र भौतिक विज्ञानको संयोजनबाट अगाडी बढन जिवन जिउने कलाका ’boutमा चार दिन दैनिक २ घण्टाका दर ह्याप्पिनेस कार्यक्रम गरिने बताईन ।

इनरुवामा ह्याप्पिनेस कार्यक्रमको संयोज गरिरहेकी रोमा बञ्जाराले स्वास्थ्य जिवनका लागि तनावमुक्त जिवन बनाउन समाज र व्यत्तीमा रहेका द्वन्द्वलाई व्यवश्थापन गर्न ह्याप्पिनेस कार्यक्रम गर्न लागिएको बताईन ।

अभियन्ता बञ्जाराले भनिन् इनरुवामा आयोजना हुने ह्याप्पिनेस कार्यक्रम मार्फत सहभागीहरुले लिने ज्ञानले समाजमा धेरैजनालाई फाइदा पुग्ने भएकाले व्यक्तिगत स्तरमा शान्ति सिर्जना गर्न प्राचीन् ज्ञान र आधुनिक बिज्ञानको संयोजन रहेको पाठ्यक्रम अन्तर्गत योग आसन, प्राणयाम, ध्यान, दैनिक जीवनको उपयोगी व्यवहारिक ज्ञानहरु, सुर्दशन क्रिया लगायतका क्रियाकलाप गरिने छ ।

आयोजकले कार्यक्रम संचालन वापत प्रति सहभागी १५ सय रुपैयाँ दर्ता शुल्क वापत राखेकाले इच्छुक इनरुवावासीले ९८४२५७३७४३ नम्बरमा सम्पर्क गर्न आग्रह समेत गरेको छ ।

अघिल्लो लेखमाजगदिश र अब्बास चुनावमा पराजित भएपनि धन्यबाद दिन मतदाताको घरदैलोमा
अर्को लेखमाबधाई सम्मान थापिसकेकी सुनसरीकी लहरुमाया प्रदेशको समानुपातिक सूचीबाट बाहिर

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्