इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा रहेको एक धार्मिक तथा ऐतिहासिक महत्वको कशंमरण क्षेत्रमा घर जग्गा भएकाहरुले नै सुकुम्बासीका नाममा जग्गा अतिक्रमण गरि घर बसोबास गर्दा कंशमरणको अस्तित्व संकटमा परेको छ ।

इनरुवा नगरपालिकाको ३ नम्बर र ८ नम्बर वडाको सीमा क्षेत्रमा रहेको कंशमरणको ४ विगाहा १५ कठ्ठा जग्गा अतिक्रमण गरि सुकुम्बासीका नाममा २५ घर बसोबास गर्दा कंशमरण क्षेत्रको ऐतिहासिक पहिचानसहित धार्मिक क्षेत्रको अस्तित्व संकटमा परेको हो ।

स्थानीयवासीका अनुसार ४ विगाहा १५ कठ्ठा क्षेत्रफलको जग्गामा घर बनाएर बसोबास गर्ने २५ परिवारमध्ये ३ जनाको मात्रै आफ्नो स्वामित्वमा नम्बरी जग्गा खरिद गरेका छैनन् ।

अधिकांशले जग्गा खरिद गरेपनि कंशमरण क्षेत्रमा कंक्रिट संरचना बनाउँदै धार्मिक क्षेत्रमा रहेका मठ मन्दिर थानहरु साँधुरो बनाउँदै ऐतिहासिक धार्मिक क्षेत्र अतिक्रमण गरेका छन।

जड्डल झोडा फडानी गरेसँगै थारु समुदायले सयौ वर्ष अगाडिदेखि कंशमरण क्षेत्रमा परम्परागत सांस्कृतिक शक्तिपिठका रूपमा डिडवार ग्रामथान, लाटिमाई थान स्थापना गरि पूजापाठ गर्नुका साथै परम्परागत चाडपर्व मेलालगायतका उत्सव गर्दै आएका छन ।

हाल डुम्राहाको ढाईटोल, मर्चैया, झकनझोडा, कंशमरणलगायतका स्थानमा बसोबास गर्दै आएका थारु समुदायको भन्दा अन्य समुदायको जनसंख्या बढ्दै गएपछि थारु समुदायको पहिचान अतिक्रमणसँगै अस्तित्वमा संकट आईपरेको हो ।

सखुवागाछी कंशमरण क्षेत्रहँुदै उत्तरतर्फ रामधुनी नगरपालिकाको ९ नम्बर वडा मिर्चैया सितपुर, ८ नम्बर वडा डुम्राहा, छप्की, अर्ता, २ नम्बर वडा धमौरा धमौरी सिंगिया जाने सडकको स्तरउन्नती गरि दायाँ वायाँ ढलनालासहित कालोपत्रे सडक बन्ने भएपछि कंशमरण क्षेत्र थप बिनास हुने अवश्थाले बाँकी रहेको अस्तित्व संकटमा परेको हो ।

हाल त्यहाँ रहेका एकसयको हाराहारी संख्याका सयौ वर्ष पुराना सखुवाको रूखहरू अतिक्रमणकारीले काचो बोक्रा काटने ताछने गरेकाले रुख सुक्ने ढल्ने र दाउराका रूपमा प्रयोग हुने क्रममा बढ्दै गएपछि जड्डलसमेत बिनास हुन पुगेको छ ।

झोडा फडानी गरी कंशमरण क्षेत्रमा सदियौदेखि बसोबास गर्दै आएका स्थानीय नविन जड्ड राणाले सो ऐतिहासिक क्षेत्रको संरक्षणका लागि कंशमरणको ४ विगाहा १५ कठ्ठा जग्गालाई बिच भागमा राखेर चारैतर्फबाट स्थानीय जग्गाधनीहरुको जग्गाबाट सडक विस्तार गरि धार्मिक क्षेत्र बचाउन स्थानीय तहको सरकारले पहल गर्नुपर्ने बताए ।

राणाले भने, ‘इनरुवामा बढ्दो जनसंख्या र शहरीकरणका कारण सार्वजनिक स्थानहरु अतिक्रमणमा पर्दै गएकाले ऐतिहासिक क्षेत्रको जग्गा संरक्षण गर्न सुकेका रुखहरु हटाएर नयाँ विरुवा रोप्दै पार्कलगायत धार्मिक पर्यटन क्षेत्र बनाउन योजना ल्याउनु पर्छ ।’

अर्का स्थानीय प्रमोद चौधरीले भने, ‘थारु समुदायको धार्मिक सांस्कृतिक क्षेत्र अतिक्रमणमा पर्नुका साथै पुरै जड्डल क्षेत्रमा घर बनाएर बसेका मानिसहरुले जग्गा कब्जा गर्नुका साथै सो क्षेत्रको अस्तित्व समाप्त पार्ने काम गरेकाले नगरपालिका र वडा कार्यालयले सरकारी सार्वजनिक जग्गाको संरक्षणमा ध्यान दिनु पर्छ ।’

अर्का स्थानीय रमेश साहले भने, ‘ऐतिहासिक तथा पौराणिक महत्वको कंशमरण क्षेत्रमा बसोबास गरिहेका सवै घरका मानिसको आफ्नै जग्गा भएकाले उनीहरुलाई त्यहाँबाट हटाएर जग्गा नभएका तीन घरपरिवारलाई जग्गा दिएर हटाउनु हटाएर सो क्षेत्रको संरक्षण गर्नुपर्छ ।’

उनले थपे, ‘ त्यहाँ बृक्षारोपण गरि वरीपरीका जग्गाधनीको सहमतिमा बाहिरबाट बाटो खोलेर कंशमरण बचाउँन सवै स्थानीयले पहल थाल्नु पर्ने आवश्यकता आईपरेको छ ।’

इनरुवाका प्रागइतिहासका जानकारहरु सो क्षेत्र महाभारतकालिन क्षेत्र भएको दावी गर्दै सम्बन्धित निकायले यसको अनुसन्धान र अन्वेषणमा ध्यान नदिदा धार्मिक ऐतिहासिक महत्वको क्षेत्र हुँदा हुँदै पनि ओझेल र अतिक्रमणको चपेटामा परेकोले यसको संरक्षणकोलागि सबै सरोकारवाला पक्षहरु जुट्नु पर्ने आवश्यकता औल्याउँछन।

अघिल्लो लेखमागढी गाउँपालिकाको प्रशासनिक भवन संचालनको तयारीमा
अर्को लेखमाजेष्ठ नागरिकले भलाकुसारी गर्ने इनरुवाका चौतारी बन्यो फोहोर थुपार्ने डस्टविन

१ प्रत्रिक्रिया

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्