इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा रहेको सुनसरी बहुमुखी क्याम्पस सुधारका लागि इनरुवा नगर सुधार अभियानले ७ बुँदे माग राखी आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

इनरुवा नगर सुधार अभियानका संयोजक दिलिप साहका अनुसार सदरमुकाममा रहेको प्रदेश एककै सवैभन्दा पुरानो शैक्षिक संस्थामा दिनप्रतिदिन शैक्षिक गुणस्तर खस्किदै जानुका साथै व्यवश्थापन पक्ष नाजुक रहेकाले ७ बुँदे माग पुरा नभए आन्दोलनमा उत्रिने तयारी गरिएको हो ।

संयोजक साहका अनुसार एक वर्षअगाडि सुधारका मागहरु राखी ज्ञापनपत्र बुझाउँदा हालसम्म पुरा नभएकाले तीन दिनभित्र इनरुवा नगर सुधार अभियानले क्याम्पस प्रमुख इनु भट्टराई समक्ष राखेका मागहरु पुरा नभएर बाध्य भएर चरणवद्ध रुपमा आन्दोलनमा जानु बाहेकको विकल्प छैन।

सुधार अभियानले १ वर्ष अगाडि बुझाएको मागलाई पुनः स्मरण गराउदै पहिलो मागमा क्याम्पसमा लगाएको महायज्ञको हिसाबकिताब सार्वजनिक गर्नुपर्ने, दोस्रो बुदाँमा व्यवस्थापन समितिको कार्यकाल, छनौट प्रक्रिया, नयाँ परिषदको गठनको समय सार्वजनिक गर्नुपर्ने रहेको छ।

यसैगरि सुधार अभियानले तेस्रो बुदाँमा बिगत ५ बर्षदेखिको आयव्यय, क्याम्पसको चल अचल सम्पत्ति सार्वजनिक गर्नुपर्ने, चौथो बुदाँमा क्याम्पसको बिकासको गुरु योजना सार्वजनिक गर्नुपर्ने रहेको छ ।

पाचौ बुदाँमा मानबिकी संकाय हटाइनुको कारण सार्वजनिक गर्नुपर्ने, छैठौ बुदाँमा क्याम्पसको मुख्य प्रवेशद्धार अगाडि रहेको तरकारी बजारका कारण आवतजावत र शैक्षिक वातावरणमा असर पुगेकाले बाटो खाली गराउनु पर्ने माग रहेको छ । यसैगरि सातौ बुदाँमा प्लस टु को कक्षा बिहान संचालन गर्नुपर्ने माग रहेको छ ।

अघिल्लो लेखमाजेष्ठ नागरिकले भलाकुसारी गर्ने इनरुवाका चौतारी बन्यो फोहोर थुपार्ने डस्टविन
अर्को लेखमागढी गाउँपालिकामा दुई दिने बालिका सम्मेलन २०७९ सुरु

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्