इनरुवा । सुनसरी सदरमुकाम इनरुवा ५ बलाहामा रहेको शारदा माध्यामिक विद्यालयले आफ्नो स्थापनाको ६६ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।
मंगलबार विद्यालय परिषरमा आयोजित वार्षिक उत्सव समारोहमा शिक्षा क्षेत्रमा योगदान दिने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
यस्तै विद्यालयमा बार्षिक परीक्षामा उत्कृष्ट भएका २ देखि १२ कक्षासम्मका विधार्थीहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले हरेक आमाबाबुहरुको छोराछोरीलाई असल, ज्ञानी, अज्ञाकारी र शिक्षित बनाउने सपना रहेको र त्यसलाई सकार पार्ने काम विद्यालयले गरेकोमा बधाई तथा शुभकामना दिए ।
शैक्षिक गुणस्तर राम्रो अग्रणी भुमिका निर्वाह गरेको र क्याम्पससम्म सञ्चालन गर्न सफल भएकोमा अव कानून शंकाय, प्राविधिक धार र स्वास्थ्य क्षेत्रको शिक्षा दिनुपर्ने जोड दिए । उनले सिकाई शिक्षण अनुकुल हुनुपर्ने मुल्य मान्यतामा आधारित शिक्षा अभिभावकले पनि ख्याल गर्नुपर्ने बताए ।
शिक्षा क्षेत्रदेखि अन्य विभिन्न अतिरिक्त क्रियाकलापमा बालबाललिकालाई प्रोहत्सान मिल्ने वातावरण सृजना गर्नुपर्ने बताउँदै मेयर भण्डारीले विद्यालयका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
अभिभावकले घरमा आएका पाहुनाहरुलाई जसरी सम्मान गरिन्छ, त्यसरी नै बालबालिकालाई सम्मान गर्नुपर्ने आग्रह विद्यालयका प्रधानाध्यापक तिर्थ भट्टराईले गरे । उनले हरेक शिक्षक अभिभावकहरुको जिम्मेवारी भनेको बालबालिकाहरुलाई सम्मान गर्नुपर्ने रहेको तर्क गरे ।
घरमा हरेक आमाबुबाबाट गरिने क्रियाकलापले बालबालिकाको मनोविज्ञानमा प्रत्यक्ष प्रभाव पर्ने हँुदा अभिभावकहरुले घरमा मुल्य मान्यताको शिक्षाको अवश्यक रहेको धारणा रोख
शिक्षा पेशा रोज्नेहरु भाग्यमानी हुने भन्दै कुनै व्यक्ति शिक्षा दिने ठाँउलाई पैसा कमाउने रुपमा नभई सेवा गर्न आएको तर्क गरे ।
सुन्दर सम्मान इज्जत प्रतिष्ठा कमाउने पेशा शिक्षक भएकाले अभिभावक, शिक्षकहरु प्रति बालबालिकाहरु लोकतन्त्रको अनुभुति गर्ने गराउने काम पनि गरेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा समाजसेवी पोष्टकुमार नेपाल, शिक्षक अभिभावक संघका अध्यक्ष मिरा पोखरेल, सरस्वती माध्यामिक विद्यालय बबियाका व्यवस्थापन समितिको अध्यक्ष जयकृष्ण यादव लगयातको उपस्थिति रहेको थियो ।