इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा रहेका स्वास्थ्य चौकीमा बिरामीका लागि अतिआवश्यक जीवनजल र सिटामोलसमेत नपाई विरामी फर्किने गरेका छन ।
इनरुवा नगरपालिकाका १० वटै वडामा रहेका स्वास्थ्य चौकीमा गर्मी मौसम सुरु भएसँगै दैनिक दर्जनौ भाइरल फिवर ज्वरो र झाडापखालाका बिरामी उपचारका लागि स्वास्थ्य चौकीमा जाँदा औषधी बिना रित्तो हात फर्किने गरेका हुन ।
इनरुवा १० जल्पापुरकी समिरन खातुनका अनुसार चार दिनदेखि ज्वरो आएर उपचारका लागि स्वास्थ्य चौकीमा चेकजाचका लागि जाँदा ज्वरोको औषधी लेखिदिएपनि स्वास्थ्य चौकीका कर्मचारीले औषधी नभएको भन्दै रित्तो हात फर्काइदिएका छन ।
खातुनले भनिन, ‘परिवारका सवैजना ज्वरो खोकीको बिरामी भएपछि औषधी किन्न इनरुवा बजार जान नसक्दा घरमै बसिरहेका छौ, सरकारले स्वास्थ्य चौकीमा निशुल्क औषधी दिने कुरा झुठा रहेछ ।’
यसैगरि इनरुवा ९ बवियाकी संगिता चौधरीले भनिन्, ‘एक हप्तादेखि घाटी दुख्ने ज्वरो आउने, टाउको दुख्नेलगायतको स्वास्थ्य समस्या भएपछि चेकजाँच स्वास्थ्य चौकीले लेखिदिएको औषधी सेवन गर्न नपाउदा स्वास्थ्य ठिक भएको छैन ।’
उनले थपिने, ‘आधारभुत स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने औषधी स्वास्थ्य चौकीमा पाइदैन् काम नलाग्ने औषधी भने प्रश्स्त मात्रामा फालाफाल रहेकाले नगरपालिकाले सर्वसाधरणको स्वास्थ्यमा गम्भीरतापुर्वक चासो दिएको छैन ।’
अर्का बिरामी बौवालाल खत्वेले बविया स्वास्थ्य चौकीमा जाँदा त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीले खातामा नाम टिपेर पुर्जीमा औषधी लेख्ने बाहेक कुनै औषधी नदिने गरेकाले बिरामीहरु उपचार नगरि घरमै बस्ने स्थिति उत्पन्न भएको बताए ।
खत्वेले भने, ‘अधिकाश हाम्रो जाति समुदायका मानिसहरु गरिब विपन्न समुदायका भएकाले इनरुवासम्म गएर उपचार गर्न डराउने गरेकाले नजिकको स्वास्थ्य चौकीमा जाँदा कुनै औषधी नदिने भएपछि आजकाल गाउँघरमै घरेलु औषधी सेवन गरेर बस्न थालेका छन ।
अर्का चौधरी थरकै महिलालाई स्वास्थ्य चौकीमा कार्यरत रहेका कर्मचारीले हाल औषधी सकिएकाले दुई तीन दिनमा आउनका लागि भनेपछि एकहप्तादेखि घाउँदासमेत औषधी नपाएको बताइन ।
इनरुवा नगरपालिकाका ग्रामिण क्षेत्रका स्वास्थ्य चौकीमा जाने बिरामीहरुले अतिआवश्यक रहेको सिटामोल र जीवनजल नपाएर फर्कने गरेको घटनाप्रति जनप्रतिनिधिहरु भने बेखबर देखिएका छन ।
इनरुवा नगरपालिका अन्र्तगत रहेका नगरपालिकाका सवै स्वास्थ्य सेवा केन्द्रहरुमा सरकारले औषधी खरिदका लागि सर्शत अनुदानतर्फको रकम पठाएर निःशुल्क औषधी वितरणको व्यवश्था मिलाएपनि नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारीले औषधी खरिद गरि वडा भने पठाएका छैनन् ।
नेपालको संविधान २०७२ मा उल्लेख भए अनुसार स्वास्थ्य मन्त्रालयले प्रत्येक नागरिकलाई आधारभुत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन सरकारले नयाँ प्रोटोकल बनाएको छ ।
उक्त प्रोटोकलमा जनस्वास्थ्य सेवा नियमावली २०७७ अनुसार आधारभुत स्वास्थ्य सेवा अन्तर्गत प्रदान गरिने ९ वटा सेवा क्षेत्रहरुको सूची तयार गरिएको छ भने निशुल्क उपलब्ध हुने औषधिको सूची समेत छ।
उक्त सूची अनुसार स्वास्थ्य चौकी अर्थात आधारभुत स्वास्थ्य केन्द्रमा ९८ मध्ये ९१ प्रकारका औषधि निःशुल्क पाइन्छ ।
आधारभुत स्वास्थ्य सेवामा आधारित स्तरीय उपचार पद्दति (स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल) अनुसार अब आधारभुत स्वास्थ्य केन्द्र÷स्वास्थ्य चौकीबाट विभिन्न ९१ प्रकारका औषधिहरु निशुल्क पाइने छ।