भगवतीलाई बाटोमा फुलमाला अविरले स्वागत गर्ने मतदाता गच्छदारलाई आगँनमा देख्दा घरभित्रै लुक्छन

0
953
The voters who welcome Bhagwati on the road with garlands and garlands hide inside the house when they see the gachchdar in the fire
bhagwati

इनरुवा । सुनसरी ३ नम्बर क्षेत्रको चुनावी माहौल दुई उम्मेदवारका कारण रोचक र पेचिलो बन्दै गएको छ ।

दुई पटक झिनो मत अन्तरले पराजित भएकी नेकपा एमालेकी नेतृ भगवती चौधरीलाई तेस्रो पटक चुनावी मैदानमा उत्रिएपछि मतदाताले चुनावमा बाजी जितेको हेर्ने चाहनासहित भव्य स्वागत गर्ने गरेको दृष्यले चुनावी माहौल रोचक बनेको हो ।

नेपाली कांग्रेसका नेता बिजयकुमार गच्छदारलाई अघिल्लो चुनावमा साथ दिदै आएका निकटवर्तीहरुले भित्री मनदेखि साथ नदिदा बाध्य भएर आफै मतदाताको घरदैलोमा पुग्न थालेका गच्छदारलाई आँगन अगाडि देख्दा मतदाता घरभित्र लुक्न थालेका छन ।

गढी गाउँपालिका १ नम्बर वडा र इनरुवा ७ चाँदवेलामा घरदैलोमा भगवती चौधरी आउने खबर सुनेका स्थानीयले बाटोमा हातमा फुलमाला अविर लिएर उनलाई भव्य स्वागत गर्दै यसपटकको चुनावमा जित हासिल गर्नका लागि आर्शिवाद दिनुका साथै मत माग्ने कार्यक्रममा सहभागी भएका थिए ।

गढी १ मधेलीकी सुमित्रादेवी चौधरीले भगवती चौधरी जनताबाट निवार्चित भएपनि राज्यबाट पराजित उम्मेदवार भएकाले जनताले आफ्नो जनप्रतिनिधिका रुपमा उनलाई लिने गरेकाले बिजय जुलुस सरह फुलमाला अविर लगाउने गरेको बताउँछिन ।

इनरुवा ७ चाँदवेलाका श्यामनारायण सिहंले भने, ‘दुईपटक हामीले भोट हालेर भगवतीलाई चुनाव जिताएका थियौ बिजय गच्छदारले धाँधली गरेर नतिजा आफ्नो पक्षमा पारेकाले यसपटक हामीले भगवतीलाई भोट हाल्नुभन्दा पहिला चुनाव जितेको घोषणा गरिसकेका फूलमाला अविर लगाएर बधाई दिदै चुनावका दिनदेखि बाकसको सुरुक्षा गर्न मतगणना भएको ठाँउमा जाने निर्णय गरेका छौ ।’

कार्तिक १७ गतेदेखि मतदाताका बिचमा चुनावी प्रतिवद्धता र एजेण्डा लिएर पुग्ने गरेकी भगवतीलाई हरेक वडा टोल वस्तीका स्थानीयहरुले उनी आउने समय कुरेर बाटोमा उभिएर फूलमाला अविर गम्छा लगाउँदै स्वागत गर्ने र आर्शिवाद दिने क्रम कार्तिक २६ गतेसम्म जारी रहेको छ ।

भगवतीसँगै घरदैलोमा सहभागी हुँदै आएका एमालेका समानुपातिकतर्फका उम्मेदवार र प्रदेशसभाका उम्मेदवारलाईसमेत मतदाताले भव्य स्वागत गर्दै आएका छन ।

सुनसरी २ नम्बर क्षेत्रको विकासका एजेण्डा लिएर मतदाताका बिचमा जाने गरेकी भगवतीले प्रतिष्पर्धीका ’boutमा आलोचना गर्ने भन्दा चुनावी मुद्धा र विकासका योजनाका ’boutमा मन्तव्यसहित प्रतिवद्धता जनाउँदै आएकी छिन ।

बिजय गच्छदारको राजनीतिक यात्राका क्रममा कहिल्यै भोट माग्दै घरदैलोमा गएका थिएनन् । यसपटक मतदाताका बिचमा खस्कीएको क्रेजलाई पुनः फर्काउनका लागि मतदाताको मन जित्ने गरि घरदैलोमा जाँदा आँगनमा पुगेर मत माग्न थालेका छन ।

दुहवी नगरपालिकाको सिमरिया र तनमुनामा मतदाता भेटघाट गर्न सिमित समर्थकका साथमा पुगेका गच्छदार एक दलित समुदायको आँगनमा पुगेका थिए । उनी आएको देख्ने बित्तिकै घरको बरण्डामा बसेका मानिसहरु घरभित्र लुक्न पुगेका थिए ।

सोही टोल वस्ती एक दर्जन जति घरमा गच्छदार जाँदा मतदाता रहेका मानिसहरु लुक्ने र साना साना केटाकेटी उनको वरिपरी झुम्मिने गरेका थिए । उनका सहयोगीहरुले केही मतदातासँग भेट गरेको फोटो खिचेपछि त्यहाँबाट गाडी चढेर अर्को गाँउ पुगेका थिए ।

तनमुनाकी एक महिलाले भनिन्, ‘सत्ता शक्तिमा हुँदा उनका ठेकेदारहरुले केही पुरुषलाई प्रभावमा पारेर भोट हाल्न लगाउँथे अहिले सवै ठेकेदारले साथ छाडेपछि गच्छदार चुनाव हार्ने डरले आफै मतदाता भेटन घर घर आउन थालेका हुन ।’

गढी गाउँपालिकाकी अर्का मतदाता भन्छन्, ‘हिजो मन्त्री हुँदा गच्छदारका ठेकेदारले उनको नजिक कसैलाई जान र भेट गर्न दिदैनथे आज सरकारमा नभएपछि सवैले साथ छाडेका छन गच्छदार मरता ना क्या करताको स्थितिमा पुगेपछि आफै मतदाताको घर घरमा पुगेर भोट माग्न थालेका छन।

बर्जुका रमेश चौधरीले भने, ‘मतदाताले उनलाई नरुचाएका कारण घरको आँगनमा आउँदा घरभित्र लुक्ने क्रम बढदै गएकाले निराश बनेका गच्छदारले टोल भेलाको आयोजना गरेर भिड जम्मा गर्न बिराटनगरबाट मानिसहरु ल्याएर भिड देखाउने गरेका छन ।

अघिल्लो लेखमालोसपाका उम्मेदवार गाउटोलमा मतदाता तताउदै माहौल बनाउदै
अर्को लेखमासुनसरी दुईका उम्मेदवार गृहनगर इनरुवाका मतदाता आफ्नो पक्षमा पार्ने दौडमा

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्