इनरुवा । सुनसरी ४ नम्बर क्षेत्रका उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई चुनावी घरदैलोको क्रममा इनरुवा ८ डुम्राहाका स्थानियले फुलमाला भारी लगाएर स्वागत गर्दै जितको शुभकामना दिएका छन ।

२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्यमा ७ हजार मत अन्तरले चुनाव जितेका मन्त्री कार्कीलाई विकासप्रेमी नेताको उपमा दिएका स्थानियवासीले डुम्राहा क्षेत्रको विकासका लागि केन्द्रबाट करोडौको योजना ल्याएको भन्दै फुलमालाको भारीले स्वागत गरेका हुन ।

आइतवार इनरुवा नगरपालिकाको ४ र ८ नम्बर वडामा आयोजना गरिएको मतदाता भेटघाटका साथै चुनावी सभामा भाग लिन पुगेका मन्त्री कार्कीले २०७४ सालमा चुनाव जितेपछि निरन्तर रुपमा यसक्षेत्रको विकासमा स्थानियहरुको समस्या बुझदै महिना एक पटक निर्वाचन क्षेत्रको भ्रमण गरि जनप्रतिनिधिको भुमिका राम्रो सँग निर्वाह गरेको भन्दै मतदाताले विकासका लागि कार्कीलाई पुनः सासंद बनाउनु पर्ने बताएका थिए ।

चुनावी भेलामा बोल्दै उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले जनताको अपार समर्थन प्राप्त भइरहेकाले आसन्न निर्वाचनमा आफूले विगतको भन्दा ठूलो मतान्तरले विजयी हुने दावी गर्दै डुम्राहामा आफूलाई यस वर्ष मतदाताहरूबाट विगतको भन्दा धेरै मत दिएर जिताउनेमा ढुक्क भएको बताए ।

मन्त्री कार्कीले निर्वाचन जितेर सुनसरी क्षेत्र नम्बर ४ लाई भौतिक विकासका दृष्टिकोणले देशकै नमुना बनाउने उद्‍घोष गरे ।

विकास र समृद्धिको लागि सुनसरी र ४ नम्बर क्षेत्रलाई विकासको नमुना र आर्थिक केन्द्र बनाउने प्रतिवद्धता व्यत गर्दै आफनो प्रतिष्पर्धा कुनै उम्मेदवारसँग नहुने बताए।

अघिल्लो लेखमाकांग्रेसको किल्ला रहेको हरिनगरका मतदातालाई आफ्नो पक्षमा पार्न कार्की र कुसियैतबीच प्रतिष्पर्घा
अर्को लेखमासुनसरी दक्षिणका मतदाताको गुनासो–‘केन्द्र र प्रदेशका मन्त्री बनायौ तर खोई हामीले के पायौ ?’

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्