इनरुवा । सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रमा लोकतान्त्रीक समाजवादी पार्टी लोसपाका उम्मेदवाहरुले मतदाताका बिचमा घरदैलौ अभियान चलाउदै उम्मेदवारका पक्षमा माहौल बनाउन थालेका छन ।
सुनसरी ४ ख प्रदेश सभा सदस्यका उम्ेमदबार सन्तोष मेहताले घरदैलोमा मतदाताले अपेक्षा गरे भन्दा बढी माया सम्मान गर्दै स्वागत गरेकाले आफुहरुले राजनितिक रुपमा चुनाव जितीसकेको दावी गरे ।
कात्तिक १७ गतेदेखी निरन्तर रुपमा घरदैलोमा व्यस्त रहेका मेहताले मतदाताको लहर ठुला दलको पक्षमा भन्दा इमान्दार नेताको पक्षमा रहेकाले गाउ वस्तीमा लोसपाका पक्षमा माहौल गठबन्धन भन्दा आफूहरु तिर रहेको बताए ।
प्रतिनिधिसभाका उम्मेदवार कुञ्जीलाल यादवले भने मतदाताको साथ, सहयोग र स्नेहले चुनाव जित्ने माहोल बन्दै गएको छ , चुनावमा विगतका पार्टीहरुलाई र उनीहरुका उम्ेमदबारहरुलाई गरेको मतदानबाट खासै विकास र परिवर्तन नभएकाले यसपटक लोसपालाई मतदात गर्न मतदाताहरु मंसिर ४ गतेको प्रतिक्षामा रहेको छ ।
प्रोफेसरसमेत रहेका उम्मेदवार यादवले लोसपाको चुनावी अभियानको क्रममा कांग्रेस र एमालेको गठबन्धनबाट रुष्ट धेरै स्थानीय नेता तथा कार्यकर्ताहरु जोडिन आईपुगेको भन्दै उनीहरुको भावनालाई आत्मासात गरि घरदैलोमा पाएको साथले चुनाव जित्ने विश्वास बढेको बताए ।
प्रतिनिधिसभा सदस्य उम्मेदवार कुञ्जिलाल यादव र प्रदेशसभा सदस्य ४ (क)मा नुनुलाल उराँवसहित घरदैलोमा पुग्ने टोलीलाई मतदाताले स्वागत गर्दै जनताका पक्षमा काम गर्ने प्रतिवद्धता भएका उम्मेदवारलाई साथ दिने विश्वास दिलाएकाले लोसपाले मतदाताबाट राजनितिक सफलता पाएको मेहताले बताए ।
लोसपाले सुनसरी ४ नम्बर क्षेत्रमा ठूला पार्टीबाट ठगिएका मतदाता फकाउँदै आफ्नो पक्षमा चुनावी माहौल बनाउन लागि नेताकार्यकता सबै लागिपरेको दावी गरेको छ ।