इनरुवामा नगरपालिकाले छापेको स्थानीय पाठयपुस्तकमा धार्मिक भेदभाव गरिएको भन्दै बजरङ्ग दलले पुस्तक जलायो

2
97
The Bajrang Dal burnt the local text book printed by the municipality in Inaruwa saying that there was religious discrimination

इनरुवा । स्थानीय पाठ्यक्रमको रुपमा इनरुवा नगरपालिकाले छापेको पाठ्यपुस्तकभित्रका विषयबस्तुलाई लिएर स्थानीयहरुलेअसन्तुष्टीसहित विभेदकारी सामग्री भन्दै जलाएका छन ।
नगरपालिकाले तयार पारेको पाठ्यक्रममा धार्मिक विभेद भएको भन्दै हिन्दु सनातन पक्षधर बजरङ्ग दलले बिरोध जनाएको हो ।

नाराबाजीसहित नगरपालिका पुगेको बजरङ्ग दल आवद्ध युवा तथा समर्थकको भीडले सांकेतिक बिरोध स्वरुप कार्यालय हाताभित्र पालिका पाठ्यक्रमको पुस्तक जलाएको थियो ।
सिभिल मिडिया एण्ड रिसर्च सेन्टरले तयार पारेको पालिका पाठ्यक्रम हचुवाको भरमा तयार पारेको बजरङ्ग दलको ठहर छ ।

नगर प्रमुख केदार भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै बजरङ्ग दल नगर तथा जिल्ला कार्य समितिले पालिका पाठ्यक्रम अविलम्ब सच्याइनु पर्ने माग राखेको छ ।

ज्ञापन पत्रमा नगरपालिकाले छापेको पाठ्यक्रममा सबै जातजाति, धर्म र समुदायको उचित स्थान दिइनु पर्नेमा धार्मिक र सांस्कृतिक विभेद गरिएको उल्लेख छ ।

बजरङ्ग दलका नगर मन्त्री त्रिलोकनाथ गुप्ता र जिल्ला अध्यक्ष बिजय सोनीले संयुक्त रुपमा बुझाएको ज्ञापन पत्रमा स्थानीय पाठ्यपुस्तकमा इनरुवाको इतिहास, ऐतिहासिक महत्व, सम्पदा र पहिचान जस्ता विषयवस्तुलाई नजरअन्दाज गरिएको उल्लेख छ ।

पाठ्यक्रममा केही सीमित विषयलाई प्राथमिकता दिइदा हिन्दु समूदायको आस्था र महत्वमाथि कुठाराघात भएको बजरङ्ग दलको ठहर छ । उसले सबै जातजाति र धर्मको विषय समान रुपले समेटिनु पर्ने भन्दै पालिका पाठ्यक्रममा भएको गल्तिलाई अविलम्ब सच्याइनु पर्ने माग राखेको छ ।

उता ज्ञापन पत्र बुझ्दै नगर प्रमुख केदार भण्डारीले पाठ्यक्रममा समावेश विषय छुटपुट भएमा सचच्याइने प्रतिवद्धता जनाएका छन । उनले के कति विषय छुटेका हुन र समावेश गरिनु पर्ने के के छन त्यस’bout समिति बनाएर सुझाव मागिने बताएका छन ।

मेयर भण्डारीले आफुभन्दा अघिल्लो मेयरको पालामै उक्त विषयको टेन्डर लागेर काम भएकाले पर्याप्त मात्रामा छलफल नभएको भन्ने विषय भने आफ्नो जानकारीमा आएको बताए । सो विषयमा अध्ययन गरी पाठ्यक्रम लागु गरिने उनले बताए । जस’boutमा शिक्षा शाखा प्रमुख डिल्ली निरौलाले समेत संसोधनका विषय समेटेर अघि बढ्ने बताएका छन ।

उता बजरङ्ग दलले भने आफुहरुका माग सम्बोधन नभए चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ । बजरङ्ग दलले स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकमा मुस्लिम समूदायका विषयवस्तु लाई प्राथमिकता दिइदा हिन्दु धर्मलाई उपेक्षा गरिएको भन्दै असुन्तुष्टि सँगै आक्रोस पोखेको हो ।

अघिल्लो लेखमाइनरुवाका ठेकेदार, जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा ५५ लाखको करछली गरी अनियमितता गरेको फेला
अर्को लेखमासुनसरीमा सशस्त्र प्रहरीद्धारा २३ लाख बढीको तस्करीको सामान नियन्त्रणमा

2 टिप्पणीहरू

  1. “Unleash the Power of Keywords! Get Ranked and Boost Your Business Today!

    Struggling to climb the search engine ranks? We have the solution! Introducing Keyword
    Wizard Pro – the ultimate tool for finding high-ranking keywords.
    Say goodbye to wasted marketing efforts and hello to online success.

    Don’t let your competitors steal the spotlight any longer. Our state-of-the-art technology will analyze your niche, target audience,
    and competition to generate a tailor-made keyword strategy just for you.
    Experience the thrill of watching your website climb the search engine ladder,
    attracting more organic traffic, and boosting your sales like never before.

    Say goodbye to wasted marketing efforts and hello to online success.

    Click here https://the-redirector.senorita.workers.dev/lifetimekeywords to dominate search engine results with this Keywordtool. Time to dominate your competition.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्