इनरुवा । स्वास्थोपचारमा सहज पहुँचको उद्देश्यसाथ इनरुवामा संचालनमा रहेको घुम्ती स्वास्थ्य शिविर १७ औं दिन समेत जारी छ ।
फागुनको २२ गतेबाट संचालनमा ल्याइएको निःशुल्क स्वास्थ्य शिविर भदौ २३ गतेसम्म चल्ने छ ।
इनरुवा नगरपालिका, शशी मेडिको र शशी हेल्थ सर्भिस एण्ड पोलिक्लिनिकले संयुक्त रुपमा संचालनमा ल्याएको शिविरमा डा.रोहित कुमार कर्णले स्वास्थ्य जाँच तथा परामर्श सेवा दिंदै आएका छन ।
इनरुवा १ को सत्यनारायण मन्दिरबाट सुरुवात भएको शिविर नगरका ५ वटा वडामा सम्पन्न भैसकेको छ । इनरुवाको १,२,४,५र ६ नम्बर वडामा शिविर सम्पन्न भएको इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ ।
नगरपालिकाका प्रवक्ता सुमन थापाका अनुसार शिविर व्यवस्थापनको जिम्मेवारी सम्वन्धित वडाले गर्दै आएको छ । थापाका अनुसार घुम्ती स्वास्थ्य शिविर स्थानीय वडाले तोकेको स्थानमा २ देखि ३ दिनसम्म संचालन गर्ने गरिएको छ ।
शिविरमा छाती, फोक्सो, मुटु, पेट, प्रेसर, सुगर, आँखा र थाइराइड सम्वन्धि उपचार गरिनुकासाथै स्वास्थ्य सम्वन्धि परामर्श दिने गरिएको वडा नम्बर ६ का अध्यक्ष समेत रहेका नगर प्रवक्ता थापाले बताए ।
नगरभरका नागरिकलाई सहज स्वास्थ्य उपचार सेवा दिलाउने उद्देश्यले नगरपालिकाले निःशुल्क स्वास्थ्य शिविर संचालनमा ल्याएको उनले बताए ।
शिविरमा सेवा प्रदान गर्दै आएका डा.कर्णले सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले गाउँ टोलमा पुगेर निःशुल्क स्वास्थ्य सेवा दिंदै आएको बताए ।
डा.कर्णका अनुसार शिविर मार्फत सेवा लिनेमा महिला तथा जेष्ठ नागरिकको संख्या ज्यादा छ । उनले अन्य स्थानीय तहले समेत निःशुल्क शिविर संचालनमा ल्याउन चाहे आफुले स्वास्थ्य सेवा दिने बताए ।
these health facilities are really needed by the community, especially by people who cannot get health facilities in hospitals for certain reasons such as the distance to the location which is quite far, costs, and so on. I think this activity is very useful and can be maintained. thanks