इनरुवा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश १ को सुनसरीसहित तीन जिल्लालाई कोरोना संक्रमणको रेड जोनमा राखेको छ ।

प्रदेश १ का यी तीन जिल्ला उपत्यकाका तीन जिल्ला पछि सबैभन्दा बढी संक्रमित र दैनिक संक्रमण दर रहेको जिल्लामा सुनसरी, मोरङ र झापा रहेका छन ।

मन्त्रालयले पाँच सय जनाभन्दा बढी संक्रिय कोरोना संक्रमित रहेको जिल्लालाई अत्याधिक जोखिम भएको सूचि अर्थात रेड जोनमा राख्ने गर्दछ ।

मन्त्रालयले पाँच सयभन्दा बढी संख्यामा सक्रिय संक्रमित भएका प्रदेश १ का तीन जिल्लाहरु सुनसरी, मोरङ र झापासहित काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बाग्लुङ, गोरखा, स्याङ्जा, तनहुँ, दाङ, रूपन्देही, सुर्खेत र कैलालीलाई ‘रेड जोन’मा राखेको छ ।

प्रदेशका झापा मोरङ र सुनसरी अहिले कोभिडको ‘हटस्पट’ बनेका छन् । यहाँ दैनिक एक सयभन्दा बढी नयाँ संक्रमितहरु साउन लागेयता दैनिक थपिने गरेका छन ।

संक्रमण रोक्न सरकारले केही निश्चित भारतसँगको नाकामात्रै खोलेर बाँकी बन्द राखेपनि यहाँको खुल्ला नाकाबाट हुने आवतजावतलाई सरकारले रोक्न नसक्दा कोरोना संक्रमण दिनदिनै बढ्दो स्थितिमा छ । सुनसरी जिल्लाका कुनै पनि नाकाबाट आवागमनको ब्यवस्था नरहेपनि यहाँको ६५ किलोमिटर खुल्ला नाकाबाट निर्वाध आवतजावत हुने गर्दछ ।

समुदायमा फैलिँदो संकमण नियन्त्रणमा अझैपनि प्रदेशको भूमिका प्रभावकारी बन्न सकिरहेको छैन । सम्बन्धित जिल्ला प्रशासनहरुले निषेधाज्ञालाई जारी राखेपनि जारी भएको आदेश पालनाको अनुगमन नहुँदा संक्रमण नियन्त्रणमा समस्या भईरहेको सरोकारवालाहरु बताउँछन ।

त्यसैगरी एक अर्कामा जोडिएका जिल्लामा आवतजावतमा कडाइ नहुँदा संक्रमण समुदायसम्म पुगेको छ । स्थानीय तहले पनि कोरोना संक्रमण नियन्त्रणको विषयमा आइसोलेसन, परिक्षण र कन्ट्याक्ट ट्रेसिङ लगायतका गतिविधिबाट आफूलाई बाहिर राख्दा स्थिति भयावह बन्न पुगेका छन ।

प्रदेश १ स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य विशेषज्ञ डा.जितेन्द्र शाहले समुदायमा पुगेर ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्ने गतिविधि ठप्प रहँदा स्थिति भयावह बन्न पुगेको बताए ।
उनले भने, ‘ टोल टोलमा पुगेर कन्ट्याक ट्रेसिङ गर्ने काम बन्द छ । यसले संक्रमण नियन्त्रणमा चुनौती थपेको छ ।’

अघिल्लो लेखमाइनरुवा अस्पतालको सुधारका लागि सुझाव दिन मेयरको संयोजकत्वमा समिति
अर्को लेखमाइनरुवाका एक वडाध्यक्षले वडाका तिनजना कर्मचारीलाई गाईको हेरालुमा खटाए

8 टिप्पणीहरू

  1. Thanks for sharing superb informations. Your web-site is very cool. I’m impressed by the details that you have on this blog. It reveals how nicely you understand this subject. Bookmarked this web page, will come back for extra articles. You, my pal, ROCK! I found simply the info I already searched everywhere and just could not come across. What an ideal web site.

  2. Thanks a lot for providing individuals with an extraordinarily terrific opportunity to check tips from this website. It’s always very fantastic and also jam-packed with fun for me and my office mates to search your blog not less than three times in 7 days to read the latest tips you have. And definitely, I am just usually satisfied considering the stunning thoughts served by you. Selected 2 tips on this page are particularly the finest I have had.

  3. Hi there! I know this is kinda off topic but I was wondering which blog platform are you using for this website? I’m getting fed up of WordPress because I’ve had problems with hackers and I’m looking at alternatives for another platform. I would be great if you could point me in the direction of a good platform.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्