एकै ब्यक्तिको कोरोना संक्रमण रिपोर्ट फरक फरक आउन थालेपछि समस्या

14
102
In State 1720 discharges and 43 corona infections were added
corona test in inaruwa

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा सोमबार कोरोना पुष्टि भएका धरान १३ का दुई जना क्वारेनटाइनमा नेगेटिभ रिपोर्ट आएर डिस्चार्ज भएका व्यक्ती भएको पाईएको छ ।

दुवै जनाको दुबईबाट काठमाण्डौ आएपछि चतराको होल्डीङ सेन्टर हुँदै एन्फा क्वारेनटाइनमा बसेर कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज भएर घर जाने तयारीमा थिए ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले भने, ‘दुवै जना दुवईबाट फर्किदा नेपाल सरकारको स्वास्थ्य प्रोटोकल अनुसार नै धरान आएर क्वारेनटाइनमा बसेका थिए ।’

मेहताले थप, ‘चतराको होल्डीङ सेन्टर हुँदै एन्फा क्वारेनटाइनमा कोरोना परीक्षण गरेपछि उनीहरूमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज भएर घर जाने तयारीमा रहेका बेला भारतीय सेनामा कार्यरत भारतीय सैनिक उनीहरु बसेको कोठामा बस्न थालेका थिए ।’

ति सैनिक खोक्दै पनि थिए र हल्का ज्वरो पनि थियो । उनको कोरोना परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि दुवै जनालाई घर नगई आशंकाका आधारमा १३ नम्बर वडा कार्यालयमा पुनः कोरोना परीक्षण गर्दा उनीहरूमा कोरोना पोजेटिभ रिपोर्ट देखिएको मेहताले बताए ।

सोमबार धरानमा थपिएका ९ जना कोरोना संक्रमित मध्ये ३ जना एन्फा क्वारेनटाइनका रहेका छन् भने १ जना होटेल क्वारेनटाइनमा बसेका र २ जना एन्फा क्वारेनटाइनबाट डिस्चार्ज भएर होम क्वारेनटाइनमा बसेका रहेको बताइएको छ ।

धरान १० का १६ र २० वर्षिय युवती भने समुदायमै संक्रमित भएको बताइएको छ । उनीहरू धरान ८ को क्रन्च जीम हलमा जिम गर्न जाने खुलेको छ ।

यसअघि पनि धरानमा परिक्षण गर्दा नेगेटिभ र विराटनगरमा परिक्षण गर्दा पोजेटिभ देखिएको घटना बाहिर आएको थियो ।

यसरी एकपछि अर्को घटना बाहिर आउँदा प्रदेश १ का ल्याबहरुको विश्वसनीयतमा प्रश्न उठेको छ । यो घटनाले नेगेटिभ देखिएर ढुक्क बसेका र पोजेटिभ देखिएर होम आईसोलेसनमा बसेकाहरुमा समेत मानसिक रुपमा समस्या पर्ने जस्ता समस्या उत्पन्न भएको छ ।

अघिल्लो लेखमासुनसरीका राजनीतिक दलको लकडाउनको विकल्पमा जोड
अर्को लेखमाटिकटक खरिद गर्ने ट्विटरको योजना

14 टिप्पणीहरू

  1. Nice post. I be taught something more challenging on completely different blogs everyday. It can always be stimulating to learn content material from different writers and follow slightly one thing from their store. I’d prefer to make use of some with the content on my weblog whether or not you don’t mind. Natually I’ll offer you a link in your web blog. Thanks for sharing.

  2. Good ?V I should definitely pronounce, impressed with your web site. I had no trouble navigating through all tabs and related information ended up being truly easy to do to access. I recently found what I hoped for before you know it at all. Reasonably unusual. Is likely to appreciate it for those who add forums or something, site theme . a tones way for your customer to communicate. Nice task..

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्