एक्सेल डेमलपमेन्ट बैंकद्धारा ट्राफिक सामग्री हस्तान्तरण

0
7
एक्सेल डेमलपमेन्ट बैंकद्धारा ट्राफिक सामग्री हस्तान्तरण
एक्सेल डेमलपमेन्ट बैंकद्धारा ट्राफिक सामग्री हस्तान्तरण

इनरुवा । प्रादेशिक विकास बैंकको रुपमा आफूलाई स्थापित गरेको एक्सेल डेभलपमेन्ट लिमिटेडको इनरुवा शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत इनरुवामा रहेको ट्राफिक प्रहरी र सिटी सफारी चालकहरुलाई सामग्री उपलब्ध गराएको छ ।
बैंकले सोमबार इनरुवा ३ सखुवागाछीमा एक कार्यक्रमको आयोजना गरेर ट्राफिक प्रहरीलार्य ट्राफिक सामग्रीहरु स्टप बोर्ड, स्पिड लिमिट बोर्ड, बेरिगेड रंगरोगन, सन्देशमुलक सूचनालगायतका सामग्री उपलब्ध गराएको हो ।
कार्यक्रममा इनरुवाका ४० जना सिटी सफारी चालकहरुलाई चालक पोसाकसमेत बितरण गरिएको बैंकका शाखा प्रवन्धक सिताराम दरालले जानकारी दिए ।
वडाध्यक्षहरु प्रमोद पोखरेल, जयप्रकाश ठाकुर, रमेश श्रेष्ठ, इनरुवा उद्योग बाणिज्य संघका अध्यक्ष विरेन्द्र साह, इनरुवा जेसिजका अध्यक्ष खेम थापा, समाजसेवी मैलाना हारुन खान, बैंकका केन्द्रीय कार्यालयका बजार विभाग प्रमुख पंकज घिमिरे, कर्जा विभाग प्रमुख शिवराज घिमिरे, राष्ट्रिय सहकारी बैंक इनरुवाका शाखा प्रमुख प्रेमकुमार श्रेष्ठ, ट्राफिक विट प्रमुख टाइमप्रसाद सिवाकोटीसहित ७४ जनाको सहभागितामा भएको कार्यक्रममा करिब ४० हजार बराबरको सामग्री उपलब्ध गराईएको शाखा प्रवन्धक दरालले जानकारी दिए ।

अघिल्लो लेखमाMachine Learning Optimisation Why is it so Important?
अर्को लेखमाWhat Is Cognitive Automation? A Primer