इनरुवा । हरिनगर १ रामनगर भुटाहा निवासी पुराना कांग्रेसी नेता हाजी अब्बास अन्सारी गत शनिवार दुहवीमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट अविर टिका लगाउँदै एमाले बन्दै थिए । ठ्याक्कै त्यही समयमा नेकपा एमालेको ४ नम्बर क्षेत्रीय कमिटीको बैठकले उनको नाम आगामि प्रदेशसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर ४ खबाट सिफारिस ग¥यो ।
उनको प्रवेश र प्रदेशसभाको लागि नाम सिफारिस देखिदा एउटा संयोग जस्तो देखिएपनि त्यसभित्र धेरै दिनको तयारी थियो । कांग्रेसभित्र कोइराला विचार समूहसँग नजिक रहेर पार्टीमा सक्रिय रहँदै आएका अब्बास लामो समयदेखि संस्थापन पक्षको पकड रहेको सो क्षेत्रमा पेलिदै आएका थिए ।
कुनैपनि निर्वाचनमा न टिकट, नत जिम्मेवारी नै केही नदिई अपहेलनाको तरिकाले संस्थापन पक्षको पेलाईमा पर्दै आएका अब्बास पछिल्लो समयमा स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको निराधार आरोपमा उनलाई स्पष्टिकरणको समेत मौका नदिई एकांकी रुपमा कारवाहीको सिफारिस गरेपनि उनी पार्टीभित्रको अन्र्तसंघर्षबाट वाक्क दिक्क बनिरहेका थिए।
संस्थापन पक्षले उनीलाई यतिसम्म पेल्यो कि वडाअध्यक्षको पनि टिकट दिएन । यसको नतिजा उनको वडामा नेकपा एमालेले अप्रत्यासित जित निकाल्यो । पार्टीका उम्मेदवारलाई जिताउन आर्थिक र भौतिक रुपमा समेत सहयोग गरेका अब्बासलाई सोही कारण अन्र्तघातको आरोप लगाउँदै प्रदेशसभामा कारवाहीको लागि सिफारिस ग¥यो ।
अब्बास भन्छन, ‘कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीमा अन्र्तघातको आरोप लगाईएको मलाई स्पष्टिकरणको मौकासमेत नदिई कारवाहीको सिफारिस गरेर निरकुंश ब्यवहार गरियो । मैले निर्वाचन समिक्षा बैठक राखौ भन्दा बेवास्ता गरियो । जहाँ असल कार्यकर्ताको मुख र कान थुन्ने र हात बाध्ने काम हुन्छ त्यहाँ कसरी बसिरहने सकिन्छ ?’
उनले आगामि निर्वाचनमा आफ्नो क्षेत्रबाट नेकपा एमालेलाई कुनैपनि हालतमा जिताई छाड्ने अठोट ब्यक्त गर्दै पार्टीभित्र नयाँ भएकोले पार्टीले दिएको जिम्मेवारी इमान्दारितका साथ पुरा गर्ने दृढता ब्यक्त गरे ।
२०४६ सालदेखि निरन्तर कांग्रेसको राजनीतिमा सक्रिय रहेका अब्बास कांग्रेस पार्टीभित्र रहँदा नेविसंघको सदस्य, तरुण दलको गाउँ अध्यक्ष, क्षेत्रीय प्रतिनिधि, गाउँ कार्य समितिको उपसभापतिदेखि हाल जिल्ला सदस्यसम्मको भूमिकामा रहेका थिए ।
अब्बास भन्छन, ‘अहिले कांग्रेसभित्र बीपी कोइरालाको मुल्य मान्यता र आर्दशको राजनीतिको अवसान भईसकेको छ । पार्टीभित्र फरक विचार समूहलाई समाप्त पार्ने हिसावमा गतिविधि बढ्दा धेरै कार्यकर्ताहरु निराश भएर अन्य उपयूक्त भूमिकाको पखाईमा हुनुहुन्छ । मेरो एमाले प्रवेशसँगै त्यसले अरु साथीहरुमा आशाको सञ्चार गरेको छ ।
ठ्याक्कै त्यहीबेला उनी नेकपा एमालेको सम्पर्कमा पुगे । एमालेले उनको राजनीतिक त्यागको कदर गर्ने प्रतिबद्धतापछि उनी एकाएक एमाले बने र सोही दिन उनको नाम प्रदेशसभा सदस्यमा भयो । उनीसँग जफार जमाली र कृष्ण पोखरेलको नाम पनि प्रदेशसभा सदस्यमा एमालेले सिफारिस गरेको छ । जमाली पनि अरु पार्टीबाट एमालेका आएका हुन भने पोखरेल एमालेकै पुराना कार्यकर्ता हुन ।
एमालेले अहिले अब्बासलाई प्रतिबद्धताअनुरुप प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने सम्भावना बढी रहेपनि जमालीसँग उनको प्रतिष्पर्घा छ । पोखरेलको नाम सिफारिस भएपनि उनी यो दौडमा नरहेको एमालेहरु बताउँछन। अब्बास र जमालीबीचको प्रतिष्पर्घामा जमाली दक्षिण भुगोलका भएपनि उनी त्यहाँ नबस्ने भएकोले उनको ठूलो प्रभाव सो क्षेत्रमा देखिदैन । यसअघि प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका उनलाई नगन्यमात्रै मत प्राप्त भएको थियो । यस्तो स्थितिमा अब्बास अहिले स्थानीय स्तरमा भिजेका नेताको रुपमा रहेकोले उनले टिकट पाउने सम्भावना बढी देखिन्छ ।
फेरि क्षेत्र नम्बर ४ मा कांग्रेसभित्रको कोइराला विचार समूह संस्थापन पक्षको पेलाईमा पर्दा पार्टीभित्र जिम्मेवारी विहीन स्थितिमा रहेकोले अब्बासलाई एमालेले टिकट दिदा उनी कांग्रेसभित्रको कोइराला विचार समूहको पनि उम्मेदवारको रुपमा रहने अवस्थाले उनको उम्मेदवारीले सो क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई सकस पर्ने विश्लेषण कांग्रेसभित्रै हुन थालेको छ ।
कोइराला विचारसमूहका एक नेता भन्छन, ‘ हाजी अब्बास अन्सारी संस्थापन पक्षको पेलाईमा परेर पार्टीभित्र भूमिका विहीन बनाईएका हाम्रा साथीहरुको एमालेभित्रको टेष्टिङ हो । उहाँको जितसँगै यो क्षेत्रमा धेरै जिम्मेवार विहीन साथीहरुको एमालेभित्र झुकाव हुने निश्चित छ ।’
उनको विश्लेषणमा एमालेको आफ्नो सांगठनिक मत र कांग्रेसभित्रको कोइराला विचार समूहको बैचारिक मत अब्बासको जितको आधार हो र उनको उम्मेदवारीले कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की र प्रदेशसभाका उम्मेदवारलाई ठूलो असर पार्ने स्थिति छ ।