गढी गाउँपालिकामा अवलोकन भ्रमणको बजेट कार्यक्रम नै नगरी झ्वाम्

5
235
The budget for the observation tour in Gadhi village municipality has been reduced without any program
Gadhi Gaupalika

औरावनी । सुनसरीको गढी गाउँपालिकाका दुईवटा वडाका सचिवले अवलोकन भ्रमणका लागि लिएको रकम भ्रमण नगराई खर्च गरेको पाइएको छ ।

गढी गाउँपालिकाका ५ नम्बर वडा कार्यालय र ६ नम्बर वडा कार्यालयले महिला स्वास्थ्य स्वयमसेविकालाई भ्रमण गराउन कार्तिक महिनामा भ्रमण खर्चको पेश्की लिएका थिए ।

गाउँपालिका स्रोतका अनुसार ५ नम्बरका वडासचिव श्याम साहले १ लाख ५० हजार र ६ नम्बरकी वडासचिव निष्ठा कोइरालाले १ लाख ५० हजार भ्रमण खर्चका लागि पेश्की लिएका थिए ।

महिला स्वास्थ्य स्वयमसेविकाहरुले आफुहरुलाई भ्रमण नगराई रकम खर्च भएको जानकारी पाएपछि स्वास्थ्य शाखासहित गाउँपालिका अध्यक्ष उपाध्यक्षसमक्ष गुनासो गरेका थिए।

वडासचिवहरुले भ्रमण नगरी उक्त रकम खर्च भएको बिल पेश गरेकाले गढी गाउँपालिकामा भ्रमण खर्च विवादमा तानिएको हो ।

प्रशासकिय अधिकृतले भ्रमण नगरी रकम खर्च भएको पेश्की फछ्र्यौट गरे नगरेको जानकारी लिएर पेश्की फछ्र्यौट गरेको भए अख्तियारमा उजुरी दिने महिला स्वयमसेवीकाहरुले बताएका छन ।

यसैगरि लामो समयदेखि वडा सचिव नभएको ४ नम्बर वडामा विकासका योजनाहरु संचालनका लागि कठिनाई भएपछि गाउँपालिकाले वडासचिव पठाएपनि हाजिर नगराउँदा वडामा योजना प्रभावित बनेको छ ।

न्यायीक समितिमा कार्यरत कर्मचारी बद्री खेरवारलाई ४ नम्बर वडामा सरुवा गरेर पठाएपछि वडाअध्यक्षले उनलाई हाजिर नगराई राखेकाले चुनावको संघारमा वडाका विकास निमार्णका कामहरु प्रभावित भएको स्थानीयले गुनासो गरेका छन ।

अघिल्लो लेखमास्थानीय निर्वाचन ५२ दिन बाँकी : इनरुवा २ मा यसपटक कस्ले मार्ला बाजी, को को छन दावेदार ?
अर्को लेखमाइनरुवा ३ को लालकिल्ला जोगाउने र भत्काउने बिचको रस्साकस्सी तिब्र

5 टिप्पणीहरू

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्