काठमाडौं । यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ ।

बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले भारतबाट फूल नल्याइने व्यवसायीहरू बताउँछन् ।

तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो ।

गत वर्षको तिहारमा २५ लाख माला खपत हुँदा तीन लाख माला भारतबाट ल्याइएको थियो ।

तर यसवर्ष १५ लाख मात्र मालाको माग रहेको र यो नेपाली उत्पादनले धान्ने फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताउँछन् ।

यस वर्ष समय समयमा पानी परिरहेकाले काठमाडौँ उपत्यकाकासहित तराईका केही जिल्लामा फूलको राम्रो उत्पादन भएको छ ।

उनका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्षको तिहारमा उपभोक्ताले केही बढी मूल्य तिर्नुपर्ने देखिन्छ ।

एउटा सयपत्री मालाको मूल्य रु ६० देखि ७० सम्म तिर्नुपर्ने एशोसिएशनलेका अध्यक्ष श्रेष्ठले बताउँछन् ।

कारोवारमा कमी

यस वर्ष फूलको कारोवारमा कमी आउने देखिन्छ ।

कोरोनाका कारण गत चैतदेखि असारसम्म फूलको कारोवार शून्य रहेको र पछिल्लो समय नगन्य मात्रामा कारोवार भएकाले अपेक्षाअनुरुप कारोवार नहुने भएको हो ।

अघिल्ला वर्षमा रु दुई अर्ब ४२ करोडको फूलको कारोवार हुने गरेको थियो ।

चालू आवमा रु तीन अर्ब फूलको कारोवार हुने अनुमान गरे पनि कारोनाका कारण बजारमा चहलपहल नहुँदा अनुमानभन्दा कम हुने निश्चित छ ।

तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वर्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ ।

यसअघि कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ ।

स्रोतरासस
अघिल्लो लेखमादिल्लीविरुद्ध मुम्बईको शानदार जित
अर्को लेखमामौसमी रुघाखोकी र कोरोनाको लक्षण उस्ताउस्तै

35 टिप्पणीहरू

  1. Greetings I am so happy I found your blog
    page, I really found you by accident, while I was looking on Bing for something else, Anyways I am here now and would
    just like to say kudos for a remarkable post and a all round enjoyable blog (I also love the theme/design), I
    don’t have time to go through it all at the minute but I
    have book-marked it and also added your RSS feeds,
    so when I have time I will be back to read more, Please do keep up the excellent work.
    cheap flights http://1704milesapart.tumblr.com/ cheap flights

  2. Greetings I am so grateful I found your site, I really found you by error, while I was searching on Digg for
    something else, Anyways I am here now and would just like to say thank you for a fantastic post and a
    all round exciting blog (I also love the theme/design), I don’t have time to read through it all at the minute but I have book-marked it and also added your RSS feeds,
    so when I have time I will be back to read a great deal more, Please do keep up the
    excellent job.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्