काठमाडौं । धानमा हाल्ने समयमा किसान समक्ष मल पु¥याउन नसक्ने ठेकेदारको धरौटी जफत गरी उनीहरुलाई कालोसूचिमा राखिने भएको छ।

गत पुसमै ठेक्का लिएर भदौ लाग्दासम्म किसानसमक्ष मल नपु¥याउने दुईवटा ठेकदार कम्पनीको ५÷५ करोड रुपैयाँ धरौटी सरकारले जफत गर्ने भएको हो ।

यी दुवै कम्पनीलाई कालोसूचीमा राख्नका लागि समेत कृषि मन्त्रालयले सिफारिस गर्ने भएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड गत पुसमा वर्षायामको मल आपूर्तिका लागि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी र होमनाथ कोइरालाको होविको मल्टीपल कम्पनीलाई मल आपूर्तिको ठेक्का दिने निर्णय गरेको थियो ।

उनीहरूले मल आपूर्ति गर्नुपर्ने अन्तिम डेटलाइन सकिइसकेको तर अहिलेसम्म आपूर्ति गर्न नसकेका कारण दुवै कम्पनीलाई कारबाही गर्न लागिएको हो ।

मलको ठेक्का हात पार्ने शैलुङ कस्ट्रक्सनका शारदाप्रसाद अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी हुन् ।

उनले माओवादीको प्रभाव प्रयोग गरेर ठेक्काहरू हात पार्ने गरेको र मलमा पनि त्यस्तै प्रभावको प्रयोग भएको स्रोतको दाबी छ ।

त्यसैगरी अर्काे होविको मल्टिपल कम्पनीका होमनाथ कोइराला नेपाली कांग्रेस निकट ठेकदार मानिन्छन् ।

विदेशबाट भित्रिने मलको वितरणमा पनि ७ हजार ७ सय सहकारीले सिन्डिकेट चलाइरहेको कृषि मन्त्रालयको निष्कर्ष छ ।

अब सहकारीमार्फत किसानलाई वितरण गरिँदै आएको मल सिधै स्थानीय तहमार्फत किसानसमक्ष पु¥याउने गरी कृषि मन्त्रालयले नयाँ निर्देशिका तयार पारेको कृृषि मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

ठेकदारलाई कारबाही गर्ने र सहकारीको सिन्डिकेट तोड्ने निर्णयसँगै मल माफियाहरूको चलखेल समाप्त हुने मन्त्रालयको दाबी छ ।

अघिल्लो लेखमाबेवारिसे लास भेटियो
अर्को लेखमाभारतमा एकैदिन ९० हजार ६३३ जनामा कोरोना संक्रमण पुष्टि

13 टिप्पणीहरू

  1. That is the best weblog for anyone who wants to seek out out about this topic. You understand a lot its nearly exhausting to argue with you (not that I truly would want…HaHa). You positively put a new spin on a topic thats been written about for years. Great stuff, just great!

  2. What i do not understood is if truth be told how you’re no longer actually much more neatly-preferred than you may be right now. You are very intelligent. You understand therefore considerably in terms of this topic, produced me for my part imagine it from so many varied angles. Its like women and men aren’t fascinated unless it is something to accomplish with Girl gaga! Your personal stuffs outstanding. Always care for it up!

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्