अहिले मौसम परिवर्तनको क्रममा रहेकोले मानिसहरुमा रुघाखोकीसहित ज्वरो आउनु सामान्य जस्तै हो ।

तर कोरोना भाइरस संक्रमणको महामारी जारी रहेकोले मौसमी रुघाखोकी पनि यतिवेला मानिसहरुको लागि त्रासपूर्ण बन्न पुगेको छ ।

विशेष गरेर मौसमी ज्वरो र कोरोना संक्रमणको लक्षण मिल्दो जुल्दो भएकोले पनि यो वर्ष जाडोमा मानिसहरु विशेष सचेत हुनु पर्ने आवश्यक छ ।

जाडोमा लामो समयसम्म रहने हुँदा विशेष सावधानी अपनाउन चिकित्सकहरुले सुझाएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवम् जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासीनीले

जाडोबाट बच्न घरका झ्यालढोका बन्द गरिँदा हावा ओहोरदोहोर नहुने हुँदा कोरोना संक्रमण फैल्ने सम्भावना बढी हुने बताउँछन् ।

उनले भने, ‘जाडोमा चिसोबाट बच्न झ्यालढोका बन्द गरिने हिटर ताप्ने, आगो ताप्न एकै ठाउँमा धेरै जना बस्दा संक्रमण फैलिने सम्भावना बढी हुन्छ ।’

उनका अनुसार जाडोयाममा कोरोनासँगै इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) समेत देखिने हुनाले अहिले पनि आमव्यक्तिमा कोरोना संक्रमणको त्रास पनि बढेको छ ।

उनले भने, ‘जाडोमा कोरोना भाइरस सतहमा धेरैबेरसम्म जीवित रहने हुँदा अझ फैल्न सक्छ ।’

अझ ज्येष्ठ नागरिकलाई कोरोना र इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) बाट बचाउनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘ज्येष्ठ नागरिकलाई इन्फ्लुएन्जा अर्थात मौसमी रुघाखोकी विरुद्को खोप समयमै दिन सकिन्छ ।’

यदि कोरोना भाइरस र इन्फ्लुएन्जा अर्थात मौसमी रुघाखोकी बढेमा मृत्युदर समेत बढ्ने खतरा हुने उनको भनाइ छ ।

उनका अनुसार इन्फ्लुएन्जा (मौषमी रुघाखोकी)मा ३ सय जनामा एक जनाको मृत्यु हुनेको गरेको देखिएको छ भने नेपालमा कोरोना संक्रमणबाट एक सय ५० जनामा एक जनामा मृत्यु भएको देखिन्छ ।

यसैगरी,शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लनिकल संयोजक डा. शेरबहादुर पुनले मौसमी रुघाखोकी देखिएका व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएमा झन जोखिम बढ्ने बताउँछन् ।

कोरोना र इन्फ्लुएन्जा (मौसमी रुघाखोकी)का लक्षण एकदमै मिल्दोजुल्दो भएकाले मानिसहरुमा डर बढेको उनले जानकारी दिए ।

उनका अनुसार जाडो बढेसँगै इन्फ्लुएन्ज (मौसमी रुघाखोकी)को समस्या समेत देखिन थालेको छ ।

उनले भने, ‘ज्वरो आउँने, टाउको दुख्ने,खोकी लाग्ने, शरीर दुख्ने, घाँटी खसखस गर्ने लक्षण दुबैमा देखिन्छ तर गन्ध,

स्वाद र आँखा दुख्ने समस्या देखिएमा इन्फ्लुएन्जा (मौषमी रुघाखोकी) नभएर कोरोना संक्रमण भएको हुने देखिन्छ ।’

कोरोना संक्रमण फैलिएको क्षेत्रबाट आएका,कोरोना संक्रमितको सम्पर्कमा आएका गन्ध ,स्वाद र आँखा दुख्ने समस्या

देखिएमा पीसीआर परीक्षण गर्ने वा चिकित्सकसँग परार्मश लिनुपर्ने उनको सुझाब छ ।

विभिन्न अध्ययन हेर्दा जाडो महिनामा कोरोना भाइरस हावामा लामो समयसम्म रहने देखिएको उनले जानकारी दिए ।

पहिलो पटक चीनको बुहानमा कोरोना संक्रमण जाडो महिनामै देखिएको थियो ।

त्यसैपनि जाडोमा धेरै भाइरसहरु सक्रिय हुने गरेको देखिएको उनले बताए ।

उनका अनुसार मौषमी रुघाखोकीले पनि केहीमा कडा प्रकारको निमोनियाँसमेत हुने र केहीमा सामान्य समेत देखिने

हुन्छ भने कोरोना संक्रमणले केहीमा कडा निमोनिया र केहीमा सामान्य समेत देखिएको पाइएको छ ।

जाडोमा कोरोना कडा भएर इन्फ्लुएन्जा (मौषमी रुघाखोकी) सामान्य समेत देखिएको हुनसक्ने उनले बताए ।

उनले भने, ‘रुघाखोकी देखिएका व्यक्तिले कोरोना परीक्षण गरेको हुन्छ तर कोरोना नेगेटिभ देखिन्छ, थप इन्फ्लुएन्जा परीक्षण गरेर उपचार गनुपर्ने हुन्छ ।’

उनका अनुसार कोरोना भाइरसबाट बच्ने जनस्वास्थ्यको मापदण्ड राम्रोसँग पालना गर्न उनले सुझाए ।

उनले भने, ‘कोरोना संक्रमणबाट बच्न अनिवार्य सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, हात धुने वा

स्यानिटाइजरको प्रयोग गर्ने, बिना काम सकेसम्म घरबाहिर नजाने र कसैलाई पनि नबोलाउने गरौँ ।’

स्रोतbarhakhari
अघिल्लो लेखमातिहारमा भारतबाट फूल नल्याइने
अर्को लेखमाफ्रान्समा पुन: हमला, गोली चल्दा चर्चका पादरी घाइते