झुम्का । रामधुनी नगरपालिकाको झुम्का बजारमा अब अटो र सिटी रिक्सामा सवारी गर्दा नगद तिर्नु नपर्ने भएको छ ।

एनआईसी एशिया बैंकको झुम्का शाखाले सिटी तथा अटो रिक्सा चालकहरुलाई क्युआर कोड उपलब्ध गराएपछि त्यस्तो अवस्थाको सृजना भएको हो ।
बैंकले नगरक्षेत्रका १५० जना सिटी तथा अटो रिक्सा चालकहरुलाई क्युआर कोड हस्तान्तरण उपलब्ध गराएको छ ।

अब यात्रुहरुले मोवाईलबाटै आफ्नो भाडा भुक्तानी गर्न सक्ने भएका छन । झुम्कामा यात्रा गर्दा नगद बोक्नु पर्ने झण्झटबाट यात्रुहरु मुक्त भएका छन ।
यातायातको भुक्तानी प्रक्रियालाई डिजिटलाईज गर्न बैंकले उक्त क्युआर वितरण गरेको जनाएको छ ।

यसले आम उपभोक्ता र सेवा प्रदायकहरुलाई समेत नगद कारोबारको झन्झटबाट मुक्ति मिल्ने विश्वास लिईएको बैंकका प्रदेश नं. १ प्रमुख विकास खरेलले बताए । नेपाल सरकारको नगदरहित कारोबार बढाउने रणनीतिलाई पछ्याउँदै बैंकले त्यसको सुरुवात स्वरुप क्युआर कोड वितरणलाई निरन्तरता दिईरहेको बैंकका डिजिटल इन्चार्ज रोजन न्यौपानेले जानकारी दिए ।

शुक्रबार आयोजित कार्यक्रममा बैंकले सिटी रिक्सा चालकहरुलाई क्युआर कोडका साथै रातो टि–सर्ट र वार्षिक क्यालेण्डर समेत उपलब्ध गराएको थियो ।

रामधुनी इ–रिक्सा चालक संघ रामधुनी सुनसरीका अध्यक्ष शर्मिला पराजुलीले बैंकको क्यूआर कोडबाट अब आफूहरुले कमाएको धेरै रकम बचत हुने र त्यसले आफ्नो परिवारको भविष्य सुनिश्चित गर्ने विश्वास ब्यक्त गरिन ।

अघिल्लो लेखमासुनसरी मालपाेतमा बैंकमा जग्गा धितो राख्ने र जग्गा कित्ताकाट गर्ने काम बन्द
अर्को लेखमाVälkommen Till Spelpaus S