झुम्का । सुनसरीको रामधुनी नगरपालिकामा नेकपा एकिकृत समाजवादीको नगर भेलाले नगर कमिटी गठन गरेको छ ।

नेकपा एस सुनसरी जिल्ला कमिटीले शनिवार झुम्कामा आयोजना गरेको घोषणासभा तथा सपथ ग्रहण कार्यक्रममा युवराज कटुवालको अध्यक्षतामा ५१ सदस्य नगर कमिटी घोषणा गरिएको हो ।

नगर कमिटीको उपाध्यक्ष रघुविर कार्की, सचिव रोशन खड्का, उपसचिव डिवी शर्मा, असवलाल चौधरी र रेणुका घिमिरे चयन भएका छन ।

जिल्ल अध्यक्ष गोविन्द निरौलाका अनुसार पार्टीको विधान, अन्तर पार्टी निर्देशन लगायतको आधारमा ४० प्रतिशत युवाहरुको अनिवार्य सहभागीता सुनिश्चित गरि नगर कमिटी गठन गरिएको हो ।

नेकपा एस रामधुनी नगर कमिटीमा संगठित भएका सवैजना नेकपा एमालेबाट विद्रोह गरेर आएका अनुभवी, जुझारु र सिर्जनशिल नेता कार्यकर्ताहरु रहेको अध्यक्ष निरौलाले बताए ।

निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा पोलिटव्युरो सदस्य तथा सुनसरी इन्चार्ज महफुज आलम अन्सारी, केन्द्रीय सदस्य देवराज कार्की, केन्द्रीय प्रतिनिधि परिषद सदस्य सागर तिम्सिना, डा. दिवाकर रेग्मी, केन्द्रीय सल्लाहकार कालिप्रसाद सापकोटा, लक्ष्मण चौधरी, प्रदेश सदस्य डा. सिएन पाठक, सरस्वती केसी, जिल्ला उपाध्यक्ष सिताराम पराजुली, सचिव बसन्त सुवेदी उपसचिव राजेश भण्डारीलगायतको सहभागीता रहेको थियो ।

यसैगरि नेकपा एस आवद्ध रामधुनीका युवाहरुको नगर भेलाले प्रकाश दाहालको अध्यक्षतामा ५१ सदस्य युवा संघ नेपाल रामधुनीको समेत गठन गरेको छ ।

अघिल्लो लेखमाप्याब्सनको इनरुवा नगर समितिका पदाधिकारीको पदस्थापन
अर्को लेखमासुनसरीका धान किसानले सरकारले तोकेको समर्थन मुल्य पाएनन

11 टिप्पणीहरू

  1. I loved as much as you’ll receive carried out right here. The comic strip is tasteful, your authored material stylish. nonetheless, you command get bought an edginess over that you wish be handing over the following. ill no doubt come further earlier again since exactly the similar just about very incessantly inside case you shield this increase.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्