‘पाँच वर्ष खबरदारी गरे, अब जनप्रनिधि बनेर इनरुवाबासीको सेवा गर्छु

4
220
Jaspaka Dilipchan announces to resign after failing to fulfill election commitment within three years
dilip shah

दिलिपचन्द साहु आसन्न स्थानीय तहको निर्वाचनमा इनरुवा नगरपालिकाको मेयर पदमा जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बनेका छन।

पाँच वर्षसम्म स्थानीय तहका जनप्रतिनिधिहरुको गलत कामको भण्डाफोरदेखि अस्पताल सुधार, सरकारी शिक्षाको सुधार लगायतका सामाजिक विषयबस्तुलाई लिएर मुख्य प्रतिपक्षी वा छायाँ जनप्रतिनिधिको रुपमा निरन्तर भूमिका निर्वाह गर्दै आएका उनले सामाजिक एजेण्डामा इनरुवाबासीलाई गोलबन्द गर्दै आफ्नो राजनीतिलाई अगाडि बढाएका छन ।

उनी मधेस आन्दोलनका सक्रिय युवा नेता हुन । उनीसँग उनको भावी एजेण्डासहितको विषयमा गरिएको कुराकानी

तपाईको उम्मेदवारीको आधार के हो ?

मैले विगत पाँच वर्षदेखि जनप्रतिनिधि नभएपनि मुख्य प्रतिपक्षीको रुपमा उनीहरुको गलत कामको खवरदारी, जनताको तहबाट दवावमुलक अभियान चलाए उनीहरुलाई सुध्रन बाध्य पार्ने गतिविधि निरन्तर गर्दै आएको छु ।

रेफर अस्पतालको रुपमा रहेको इनरुवा अस्पताललाई विरामीको उपचार गर्न सक्ने अहिलेको अवस्थामा पु¥याउन दवावदेखि केन्द्रसम्म लविङसमेत निरन्तर गरिरहे । अस्पताल सुधारको लागि मैले सुरु गरेको अभियानमा इनरुवाका सबै क्षेत्रका नागरिकहरु जोडिएर सहयोग गर्नु भयो । त्यस्तै मधेस आन्दोलनको लिगेसी समेत मसँग जोडिएको छ । यिनै विषयहरु मेरो उम्मेदवारीको आधार हो ।

हिजो विपक्षीको रुपमा आन्दोलन गर्नु भयो, भोली जनप्रतिनिधि बनेपछि यसलाई कसरी अगाडि बढाउनु हुन्छ ?

मैले अहिले नै प्रदेश र केन्द्र सरकारसँग लविङ गरेर अस्पतालका लागि चिकित्सकको ब्यवस्थापनदेखि अस्पतालको सेवा सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छु । म जनप्रतिनिधिको रुपमा आएपछि मैले सुरु गरेको यो अभियानलाई पूर्णतामा पु¥याउने छु । इनरुवाका नागरिकले जटिल रोगको उपचार बाहेक बाहिर जानु पर्ने छैन ।

यही सिटी स्क्यानदेखि विशेषज्ञ चिकित्सकहरुको ब्यवस्था गरेर उपचारको ब्यवस्था मिलाउँछु । इनरुवा अस्पताल मेरो ड्रिम प्रोजेक्ट हो, सरकारले नगरे नगरपालिकाले गर्छ । सबै स्वास्थ्य चौकीहरुमा सरकारले तोकेको निःशुल्क औषधीको कहिल्यै अभाव नहुने गरी ब्यवस्था गर्छु ।
स्वास्थ्यमा मात्रै होईन शिक्षाको सुधारमा पनि मेरो योजना छ ।

सन् २०१३ सम्म दिल्लीका सरकारी विद्यालय र नेपालका सरकारी विद्यालयहरुको स्तर एउटै थियो । तर अहिले दिल्लीको सरकारी विद्यालयमा भर्ना हुन कुर्नु पर्ने स्थिति बन्यो । थोरै योजनाबद्ध सुधार गर्न सके यहाँका सरकारी विद्यालयहरुबाट पनि त्यस्तै शिक्षा दिन सकिन्छ । त्यसको लागि मसँग स्पष्ट योजना र भिजन छ ।

कांग्रेस र एमालेले जित्दै आएको नगरमा तपाईको जित त कठिन होला नि ?

त्यस्तो स्थिति छैन । इनरुवामा हाम्रो पार्टीको मात्रै ३ हजार ५ सय सक्रिय सदस्य छन । उनको परिवारमा रहेको मतलाई सरदर ४ जनाको दरले जोड्ने हो भने १४ हजार मत पुग्छ । हामीसँग मधेस आन्दोलनको लिगेसी छ, अरु विभिन्न पार्टीमा सक्रिय रहेपनि यो मुद्दामा सबै एक ठाउँमा हुनु हुन्छ । उहाँहरुको सेम्पेथी मसँग रहन्छ ।

त्यती मात्रै होईन, अहिले उम्मेदवारीको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेमा चरम असन्तुष्टी देखिएको छ । असन्तुष्टीले च्याउँसरी लोकप्रिय नेताहरु स्वतन्त्र उम्मेदवार बन्दा त्यहाँ असन्तुष्टहरुको बैकल्पिक उम्मेदवारको रुपमा हामी रहेका छौ ।

त्यहाँबाट पनि हामीलाई सहयोग हुन्छ । अर्को अस्पताल र शिक्षाको मुद्दामा हामीले निरन्तर चलाएको अभियानबाट पनि धेरै इनरुवाबासीहरु हामीसँग जोडिनु भएको छ । त्यसको सेम्पेथी पनि हामीसँग रहन्छ । यो हिसावमा अहिले जसपा नगरमा पहिलो दलको रुपमा रहेको छ । एमाले र कांग्रेसबीच अहिले को दोस्रो हुने भन्ने प्रतिष्पर्घा मात्रै हो ।

तपाई कस्ता एजेण्डा लिएर चुनावमा होमिनु भएको छ ?

हामीसँग अहिले इनरुवा नगरपालिकामा पाँच वर्षमा भएका बेथितिको अन्त्यसँगै धेरै एजेण्डाहरु छन । मैले आफ्नो प्रतिबद्धता पत्रमा स्पष्ट उल्लेख गरेको छु, जुन जनताका दैनिक आवश्यकता, भावना, चाहना र इनरुवाको विकाससँग जोडिएका छन ।

जसमा इनरुवा नगरपालिकामा पाँच वर्षभित्रमा सुविधासम्पन्न अस्पतालमा रुपान्तरण गर्ने, जसका लागि आवश्यक उपकरणसहित पाँच जना विशेषज्ञ चिकित्सकको सेवा सुचारु गर्ने, हेल्थ पोष्टहरुलाई औषधी र उपकरण सम्पन्न गराउने, इनरुवाका सबै सरकारी विद्यालयलाई अनिवार्य रुपमा अंग्रेजी र प्राविधिक शिक्षालयको रुपमा रुपान्तरण गर्ने, सुनसरी क्याम्पसलाई यो क्षेत्रकै नमुना क्याम्पस बनाउने, सबै माध्यमिक विद्यालयमा उच्च शिक्षाको अध्यापन सुरु गराउने

नगरका सबै प्रमुख चौकहरुमा सार्वजनिक सौचालय निर्माण गर्ने, अध्ययन गर्नेहरुका लागि एउटा पुस्तकालयको ब्यवस्थापन गर्ने, इनरुवा ४ सुनसरी खोला छेउको जग्गामा सुविधासम्पन्न कृषि थोक बजार स्थापना गर्ने, इनरुवा स्थापनामा भूमिका खेल्ने सबैलाई कुनै राजनीतिक आस्थाको आधारमा नहेरी उनीहरुको प्रतिमा निर्माण गर्ने, उनीहरुको नाममा सडकको नामाकरण गरेर सम्मान दिने, निजी विद्यालयका शिक्षकहरुको तलब मान कायम गरेर शोषणबाट मुक्ति दिलाउने, पाँच ठाँउमा पार्कको निर्माण गर्ने, जातीय संग्राहलयको स्थापना गर्ने, सामुदायिक भवन निर्माण गर्नेसहितका जनताका एजेण्डाहरु लिएर म चुनावी मैदानमा छु ।

योसँगै धेरै एजेण्डाहरु छन जो जनताले आजसम्म निरन्तर भोग्दै आएका समस्याका समाधानसँग सम्बन्धित छन । जसलाई योजनाबद्ध रुपमा सञ्चालन गर्छु ।

सबै राजनीतिक दलहरुका एजेण्डा त उस्तै छन नि तपाईलाई किन भोट दिने ?

भन्ने र गर्ने कुरा फरक विषय हुन । नेपाली कांग्रेसले इनरुवा नगरपालिका पाँच वर्ष चलायो, त्यो अघि पाँच वर्ष नेकपा एमालेले चलाउने अवसर पाएको थियो । तर उनीहरुले आफ्नो कार्यकालमा गरेको प्रतिबद्धता पुरा गरेनन । मैले आफू जनप्रतिनिधि नभएर पनि उनीहरुले भन्दा बढी काम गरेर देखाएको छु । म गफ गर्ने होईन, एक्सन ओरिएन्टेड मान्छे हुँ ।

अहिलेसम्म मलाई मैले सुरु गरेको अभियानमा नगरबासीले पूर्ण साथ र समर्थन दिनु भएको छ । पद नपाउँदा काम गर्नेले पद पाएपछि काम नगर्ने भन्ने त कुरै हुँदैन । यो कुरा जनताले राम्ररी बुझ्नु भएको छ ।

अघिल्लो लेखमाइनरुवामा ठुला दलभित्रको असन्तुष्टीले जसपा बैकल्पिक शक्तिको रुपमा स्थापित हुँदै
अर्को लेखमासुनसरीमा निर्वाचन सुरक्षाका लागि सेना परिचालन

4 टिप्पणीहरू

  1. With havin so much content and articles do you ever run into any issues of plagorism or copyright infringement? My site has a lot of unique content I’ve either authored myself or outsourced but it looks like a lot of it is popping it up all over the web without my agreement. Do you know any techniques to help protect against content from being ripped off? I’d genuinely appreciate it.

  2. Youre so cool! I dont suppose Ive learn anything like this before. So good to find any person with some unique thoughts on this subject. realy thank you for beginning this up. this website is something that’s needed on the internet, someone with somewhat originality. helpful job for bringing something new to the internet!

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्