दुहबीमा फार्मेसीको अनुमति लएर पोक्लिनिक सञ्चालन

26
125
Operation of poclinic in Duhabi with permission of pharmacy
anugaman

दुहबी ÷ सुनसरीको दुहबीमा फार्मेसी सञ्चालनको अनुमति लिएर पोक्लिनिक सञ्चालन गरिरहेको फेला परेको छ ।

सुनसरीमा मेडिकल क्षेत्रमा ब्याप्त विकृति रोक्ने उद्देश्यसहित सुरु गरिएको अनुगमनको क्रममा दुहवीको एक फार्मेसीले अबैद्य रुपमा पोलिक्लिनक सञ्चालन गरेर विरामीको स्वास्थ्यमा खेलवाड गरिरहेको पाइएको हो ।

स्वीकृति नै नलिई सञ्चालन गरेको पोलिक्लिनिकमा ल्याब, भिडियो एक्सरे, बेड राख्ने अनुमति बिना अस्पताल जस्तै बेड राखी संचालन गर्दै गरेको अनुगमन टोलीले फेला पारेको थियो ।

स्वास्थ्य क्षेत्रमा विकृति व्यापक देखिएपछि गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायलाई देश भरिनै अनुगमन गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीको नेतृत्वमा दुहबीमा रहेका फार्मेसी, पोलिक्लिनिक, मेडिकल हलहरूको अनुगमन गरिएको थियो ।

अनुगमनको क्रममा पोलिक्लिनिक, मेडिकल हल र फार्मेसीहरूले बिरामी ठगी मात्र नगरेर स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको पाइएको अनुगमन टोलीले बताए ।

सुनसरीको दुहबी स्थित रहेका आधा दर्जन पोलिक्लिनिक र मेडिकल , फार्मेसीहरूमा अनुगमन गरिएको थियो । त्यसक्रममा व्यापकरूपमा बेथिति रहेको भेटिएका थिए ।

अनुगमनमा ‘फार्मेसीको स्वीकृति लिने अनि पोलिक्लिनिक सञ्चालन गर्ने गरेको भेटिएको थियो । पोलिक्लिनिक भनेर बोर्डमा विशेषज्ञ चिकित्सकको नाम राखिएको छ । तर, उपचार सिएमए र अहेवले गरेको पाइएको छ । यसरी खुलेआम बिरामीलाई फार्मेसी र पोलिक्लिनिकहरूले ठगी मात्र नगरेर उपचारको लागि आएका बिरामीको स्वास्थ्यमाथि पनि खेलवाड गरेको पाइएको छ ।

दुहबी ३ स्थित कोशि राजमार्ग छेउमा संचालन रहेको ईजि केयर स्वास्थ्य प्रालि र दुहबी १ स्थित रहेको बजरीया माझीले सञ्चालन गरेको बजरीया फार्मेसी मेडिकलले सिएमए राखेर उपचार गर्ने गरेको पाइएको छ ।

विशेषज्ञ चिकित्सकको बोर्ड झुण्ड्याएर बजरीया फार्मेसीका संचालक बजरीया माझीले आफै बिरामीहरुलाई उपचार गर्ने गरेको पाइएको छ । उता बजरीया माझी सिएमए मात्र रहेको खुलेको छ । क्लिनिकमा विशेषज्ञ चिकित्सकबाहेक अरूले स्वास्थ्य जाँच गर्न नपाउने स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले बताए ।

फार्मेसीले औषधि व्यवस्था विभागबाट स्वीकृति लिनुपर्ने हुन्छ भने पोलिक्लिनिकले स्वास्थ्य कार्यालयबाट लिनुपर्छ’ उनले भने, पोलिक्लिनिकमा विशेषज्ञ चिकित्सकले स्वास्थ्य जाँच मात्र गर्ने हो । थप उपचार गर्नुपर्ने अवस्था आए सम्बन्धन प्राप्त गरेको अस्पतालमा रेफर गरेर उपचार गर्नुपर्ने हुन्छ ।’ तर, च्याउसरी खुलेका दुहबीका पोलिक्लिनिक र फार्मेसीमा विशेषज्ञ चिकित्सकको बोर्ड झुण्ड्याएर सिएमए, अहेव र फर्मासिस्टले उपचार गरेर बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्ने गरेको अनुगमनको क्रममा भेटिएको हो ।

धेरै वटा फार्मेसी, पोलिक्लिनिक र मेडिकल हलहरूमा अनुगमन गरे पछि धेरैलाई मापदण्ड पूरा गरी प्रक्रियामा ल्याएर सञ्चालन गर्न निर्देशन दिएका थिए ।’ मापदण्ड र नीति, नियम विना सञ्चालन गरेको पोलिक्लिनिक र मेडिकल हलले अटेरी गरे कारबाहीको दायरामा ल्याउने अनुगमन टोलिले स्पष्ट पारेको छ ।

अघिल्लो लेखमाइनरुवामा भिडियो एक्स–रेका नाममा बिरामीको स्वास्थ्यमा लापरवाही गर्दै ठगी
अर्को लेखमाऔषधी पसल अनुगमन प्रकरणमा भिडलाई उक्साएको आरोपमा तारणी यादवलाइ्र्र तारेखमा छाडियो

26 टिप्पणीहरू

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्