भगवतीको चुनावी माहौल तताउन गच्छदारकै कार्यकर्ता भित्रभित्रै परिचालित

0
94
Gachchdar's cadres circulated internally to heat up the election atmosphere of Bhagwati
bhagwati

दुहवी । सुनसरी ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारमा २०४८ सालदेखि निरन्तर चुनाव लडदै आएका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफ्नै कार्यकर्ताहरुबाट धोका हुने देखिएको छ ।

विजय गच्छदारलाई २५ वर्षदेखि निरन्तर रुपमा हरेक चुनावमा सहयोग गर्दै आएका सयौ कार्यकर्ताहरु यसपटक बाहिर देखावटी गच्छदारको पक्षमा देखिएपनि भित्रभित्रै नेकपा एमालेकी नेतृ भगवती चौधरीको पक्षमा वडा टोल वस्तीमा मत माग्दै हिड्दै गरेको पाइएको छ ।

दुहवी स्थित एक कांग्रेस नेताको घरमा भेला भएका गच्छदार समर्थक नेपाली कांग्रेसका कार्यकर्ताहरुले कांग्रेस पार्टी गच्छदारको कारण जनताका माँझमा बदनाम भएकाले कांग्रेसलाई बदनामीबाट जोगाउन यसपटक भगवती चौधरीलाई भित्री रुपमा सहयोग गरि चुनाव जिताउने नीति बनाएर परिचालित भएका हुन ।

बर्जु, गढी , दुहवी र ३ नम्बर क्षेत्रिय समितिमा रहेका सदस्यसहित र १४ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि रहेका तीन दर्जन बढी कार्यकर्ताहरु सहभागी गोप्य भेलाले गाँउमा कांगे्रसलाई भोट माग्न जाँदा भ्रष्ट्राचारी नेतालाई भोट दिदैनौ भन्ने आरोप लगाउँदै कांग्रेसका कार्यक्रममा मानिसहरु आउन छाडेकाले गच्छदारलाई सहयोग गरेर जाँदा कांग्रेसको अस्तित्व समाप्त हुने अवश्थाबाट जोगाउन भगवती सहयोग गरेर गच्छदारलाई राजनीतिबाट विश्राम लिन दवाव दिने निर्णयअनुरुप भगवती चौधरीको पक्षमा चुनावी माहौल तताउन परिचालित भएका हुन ।

दुहवी नगरपालिकाको सिमरियामा भेटिएका गच्छदारका एक कार्यकर्ताले भने, ‘मेरो नाम नछाप्नु होला यसपटक भगवती दिदीलाई सवै दलका कार्यकर्ताहरु मिलेर चुनाव जिताउन मतदातालाई आग्रह गर्न हिडेका छौ ।’

उनले थपे, ‘काग्रेसभित्र एकसे एक नेताहरु चुनाव लड्नका लागि योग्य हुँदा हुँदै ३५ वर्षदेखि एउटै व्यक्तिले चुनाव लड्दै आएकाले सक्षम लोकप्रिय नेताले जनप्रतिनिधि भएर काम गर्ने अवसर नपाएकाले बुढा नेतालाई विश्राम दिन भगवतीलाई जिताउने अभियानमा लागेका हौ ।’

बर्जुका एक कार्यकर्ताहरुले भने, ‘विजय दाई चुनाव जितेपछि आक्कल झुक्कल एक दुई पटक गाउँ आउनु भयो ५ वर्षसम्म पार्टीका नेता कार्यकर्ता र बर्जुवासीको समस्याका ’boutमा केही काम गर्नु भएन अब चुनावमा ललिता निवास प्रकरणको दाग लागेको अवश्थामा आउनु भएको छ ।

उहाँलाई भोट माग्न र जिताउन नसक्ने अवश्था रहेकाले यसपटक भगवती चौधरीलाई कांग्रेस इमान्दार कार्यकर्ताले सहयोग गर्न थालेका छौ ।’

गढी गाउपालिका घर भएका नेपाली काग्रेसका ३ नम्बर क्षेत्रीय कार्यसमितिका सदस्य रहेका एक नेताले भने, ‘सधै एउटै अनुहारको नेताले ४० वर्षदेखि चुनाव लडदै आएकाले यसपटकको चुनावबाट विजय दाईलाई विदाई गर्ने सल्लाहअनुसार दुई पटक चुनावमा जितेर पनि हार स्वीकार गर्ने भगवती चौधरीलाई सहयोग गर्ने नीतिअनुसार भित्री रुपमा उनको पक्षमा लागेको हौ ।’

दुहवीको तनमुना घर भएका अर्का गच्छदारका कार्यकर्ता भने, ‘उहाँले राजनीतिबाट धेरै फाइदा लिनु भयो आफन्त र परिवारका मानिसलाई राम्रो ठाँउमा पु¥याउनु भयो ।

धेरै पटक चुनाव जित्नु भयो । मन्त्री बन्नु भयो तर कांग्रेसको संगठन बनाउन र कार्यकर्ताका लागि केही गर्नु भएन ५ वर्षपछि चुनावमा गाउँ आउनु भएको छ तर कसैलेपनि उहाँलाई मन पराएका छैनन् ।

केही कार्यकर्ताहरु बाध्यताले भेला बैठकमा जाने गरेपनि धेरैजसो कार्यकर्ताहरु उहाँको विपक्षमा रहेका यसपटक भगवती चौधरीलाई सहयोग गर्ने अवश्था देखिएको छ ।’

अघिल्लो लेखमाज्ञानेन्द्र कार्की इनरुवा ३ का टोल वस्तीमा पुग्दा मतदाता उत्साहित
अर्को लेखमाअसन्तुष्टी मिलाउँदै पार्टी एक ढिक्का बनाएर अघि बढ्दै सिताराम

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्