सुनसरी ३ : एमाले–जसपा तालमेलले चुनावी मैदानमा भगवती हावी हुँदा गच्छदारलाई फलामको च्युरा

0
83
Sunsari 3: UML-JSP alliance when Bhagwati dominates the election ground Gachchdar is ironed.
bhagawati

दुहवी । सुनसरी ३ नम्बर क्षेत्रमा प्रतिनिधिसभाका उम्मेदवार विजय गच्छदारलाई नेकपा एमाले र जनता समाजवादी पार्टी बिचको तालमेलले चुनावी मैदानमा फलामको च्युरा बन्न पुगेको छ ।

एमाले जसपाको तालमेलले चुनावी मैदानमा हावी भएकी भगवती चौधरीको पक्षमा ठुलो जनमत परिचालित हुँदा टक्कर दिने गरि गच्छदारले जनमत प्रर्दशन गर्न नसक्दा उनका समर्थक निराश देखिएका छन ।

२०४६ सालदेखि निरन्तर रुपमा चुनाव जित्दै आएका नेपाली कांग्रेसका नेता गच्छदारलाई अघिल्लो निर्वाचनमा साथ दिदै आएका जसपाका नेता कार्यकर्ताहरु एमालेसँगको चुनावी तालमेलपछि भगवती चौधरीको चुनावी अभियानमा सक्रियपूर्वक परिचालित हुँदा यस पटक चुनावी माहौल फेरिएको देखिएको छ ।

सुनरी ३ मा कांग्रेससँगको गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको प्रभाव सिमित स्थानमा न्युन रहेकाले गच्छदारका लागि एमाले–जसपाको तालमेलले चुनावी मैदानमा खस्कदो जनमतलाई आफ्नो पक्षमा आर्कषित गर्न कठिन हुने आँकलन गर्न थालिएको छ ।

कांग्रेस गठबन्धनको कमजोर जनमत र गच्छदारप्रति लागेको ललिता निवास प्रकरणको मुद्धाले उनको पक्षमा एक कदम पछि हट्दै मत माग्न हच्किएका नेता गठबन्धन कार्यकर्ताहरुको कारण एमाले जसपा तालमेल चुनावी मैदानमा फलामे च्युरा बन्न पुगेको छ ।

लामो समयदेखि सत्तामा बस्दै शक्तिशाली बनेका गच्छदार यसपटक दुवै कुरामा कमजोर बनेकाले निकटका मानिसहरुसमेत टाढा हँुदै गएपछि उनको कमजोरीको फाइदा उठाउँदै प्रतिष्पर्धी उम्मेदवार भगवती चौधरी अघिल्लो निर्वाचनमा भन्दा यसपटक मतदाताका माँझमा हावी देखिएकी छिन ।

मधेश आन्दोलनका बेलामा नेपाली कांग्रेस परित्याग गरि पहिलो संविधानसभा निर्वाचनमा मधेशी जनअधिकार फोरममा प्रवेश गरि उम्मेदवार बनेका गच्छदार त्यस समयमा निकै शक्तिशाली नेताका रुपमा रहेका थिए ।

उनले उपेन्द्र यादव नेतृत्वको फोरम नेपालबाट अलग भएर मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन गरेका थिए । फोरम लोकतान्त्रीक बनाएपछि मधेश आन्दोलनको लिगेसीका रुपमा रहेको जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरु गच्छदारको साथबाट अलग भएर उपेन्द्र यादवकै पार्टीमा फर्किएका थिए ।

हाल जसपाले एमालेसँग चुनावी तालमेल गरेपछि उनले २०६५ सालदेखि पाउदै आएको मधेश आन्दोलनको लिगेसी र भावनाको साथ टाढीएका बेला यसपटक पूर्ण रुपमा राजनीतिक सम्बन्ध सहकार्य बिच्छेद बनेपछि जसपाको सहकार्य एमालेसँग हुँदा मुख्य प्रतिष्पर्धी भगवती चौधरी उनीभन्दा शक्तिशाली देखिएकी छिन ।

जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य दिलीपचन साहुले दुई पार्टी बिच भएको चुनावी तालमेलले पुरानो राजनीतिक कोर्षमा परिवर्तन आउनुका साथै मधेश आन्दोलनको लिगेसीबाट फाइदा लिदै आएको कांग्रेसलाई यसपटक देशभर अंक गणितमा घाटा हुने दावी गर्छन ।

साहुले भने, ‘सुनसरी ३ नम्बर क्षेत्रमा एमालेका उम्मेदवारका पक्षमा जसपाका सवै तहका कार्यकर्ताहरु समर्थक शुभचिन्तक परिचालित भएकाले भगवती चौधरीको जितलाई यसपटक कुनै शक्तिले रोक्न सक्दैन ।’

सुनसरी ३ नम्बरमा जसपा र एमालेसँग तालमेलपछि राजनीतिक वृत तरंगित बनेपछि विभिन्न कोणबाट गरिएको विश्लेषणमा तालमेलले एमालेलाई नाफा हुने देखिएको हो ।

२०७४ को निर्वाचनमा झिनो मत अन्तरले पराजय भोगेकी भगवतीका पक्षमा देखिएको जनमत स्थानीय तहको निर्वाचनमा एमालले ३ नम्बर क्षेत्रमा पाएको सफलतासँगै जसपाको सहकार्य जोडिएकाले गच्छदारको चुनावी अभियान मैदानमा फिक्का देखिएको छ ।

गच्छदार र चौधरीको चुनावी प्रतिस्पर्धा मैदानमा रोचक देखिने निश्चित रहेको छ । गत स्थानीय तहको निर्वाचनमा क्षेत्र नम्बर ३ का वडाहरुमा पाएको मतले दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखाएको हो । स्थानीय तह निर्वाचनमा एमाले भन्दा कांग्रेस भिनो मतले अगाडि छ ।

वडामा कांग्रेसले २४ हजार ७ सय ३१ मत पाएको थियो । एमालेले २४ हजार ३ सय ५४ मत पाएको थियो । एमालेसँग गठबन्धन गरेको जसपाले ५ हजार १ सय ९१ मत पाएको थियो । सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले २ हजार ८ सय ६३ र नेकपा एकिकृत समाजवादी पार्टीले १८२ मत पाएको थियो । सो क्षेत्रमा राप्रपाले एक हजार १ सय ७१ मत पाएको थियो ।

अघिल्लो लेखमासुनसरी २  : बदलिएको देवानगञ्जमा सीतारामको अन्तिम अग्नि परिक्षा
अर्को लेखमासुनसरीमा आचारसंहिता बिपरित टाँगिएका तुल ब्यानर हटाउन निर्देशन

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्