धरानमा भदौ १० गते सम्म लकडाउन थपियो

1
121
corona
corona

सुनसरी । समुदाय स्तरमै कोरोना एकपछि गरेर अर्को संक्रमणको घटनाहरु देखिन थालेपछि धरान उपमहानगरपालिकाले लकडाउन थप गरेको छ ।
धरान उपमहानगरपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले यसभन्दा अघिको लकडाउनको मोडालिटीमा थोरै परिवर्तन गरेर धरानमा कायम रहेको लकडाउनलाई भदौ १० गते सम्म जारी राख्ने निर्णय भएको कार्यपालिका बैठकमा सहभागी धरान ९ का वडाध्यक्ष रत्न कटुवालले जानकारी दिएका छन् ।
धरानमा दिनानुदिन कोरोना संक्रमित बढिरहेकोले समुदाय स्तरमै कोरोना संक्रमण फैलिएकोले लकडाउन थप गरिएको हो ।
अवदेखि लकडाउनको समयमा धरानमा अत्यावश्यक खाद्यान्न, तरकारी र दुग्ध जन्य सामाग्रीका लागि बिहान ८ बजे सम्म सामाजिक दुरी कायम गरी खुल्ला गर्ने पनि निर्णय भएको छ ।

अघिल्लो लेखमालकडाउनमा फस्टायो सुर्तीको तस्करी, दुई ट्याम्पोसहित सुर्ती बरामद
अर्को लेखमाबीपीमा एक नर्ससहित तीन र नोवेलमा चार स्वास्थ्यकर्मीमा कोरोना

१ प्रत्रिक्रिया

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्