धरान । सुनसरीको धरानमा फुटसल खेलको विकास गर्ने उदेश्यले स्वास्थ्य मनोरञ्जनका लागि खेलकुद सबैलाई भन्ने सन्देश दिनलाई बि क्याटोगोरीको सहारा कप फुटसल खेल आयोजना हुने भएको छ ।
सहारा पुर्नजिवन केन्द्र इनरुवाको आयोजना र आधार सचेत समुह धरानको संयोजनमा आउदो मंसिर १६ र १७ गते विग फुट फुटसल धरान १५ मा हुने खेलका लागि आवश्यक तयारी भएको हो।
आयोजक सस्थाँ सहारा पुर्नजिवन केन्द्र इनरुवाका ंसंचालक संजिप कार्कीका अनुसार सेभ द युथ सेभ द नेशनको नाराका साथ खेलकुद स्वास्थ्य मनोरञ्जनका साथै फुटसल खेलको विकास गर्ने उदेश्यले बि क्याटोगोरीका खेलाडीहरु सहभागी हुने प्रतियोगिता आयोजना गरिएको हो ।
संचालक कार्कीका अनुसार सहारा पुर्नजिवन केन्दले प्रतियोगिताको वितेजालाई ५० हजार, फष्ट रनर अपलाई २५ हजार र सेकेण्ड रनर अपलाई १२ हजार नगद पुरस्कारका साथै ट्रफी र प्रमाणपत्र रहेको खेलमा उत्कृष्ट खेलाडी, उत्कृत किपर, उच्च गोलकर्ता, म्यान अफ दि म्याच, नव उदयमान खेलाडीसमेत छनौट गरिने छ।
विश्वमा निकै चर्चामा रहेको धेरैले मन पराउने फुटसल र फुटबल एकै प्रकृतिका खेल भए पनि यसको नियम र खेल्न तरिका फरक रहेको छ ।
फुटसलमा ५ खेलाडी मैदानमा खेल्ने भएकाले फुटसल मैदानमा नभएर कडा सतहमा खेलिने इन्डोर गेम हो ।
फुटसल २०–२० मिनेट गरी दुई हाफमा ४० मिनेट खेलिन्छ । फुटसल बल कम उफ्रन्छ र आकार पनि सानो हुन्छ । फुटबलको प्रत्येक खेलमा सामान्यतया तीन खेलाडी मात्र परिवर्तन गर्न पाइन्छ तर फुटसलमा खेलाडी परिवर्तन गर्न छेकबार छैन।
फुटबलमा मैदानबाहिर बल जाँदा हातले बल थ्रो गरिन्छ भने फुटसलमा खुट्टाले किक हानिन्छ। फुटबलमा खेलाडीले रातो कार्ड पाएमा उक्त खेलाडीको स्थानमा अर्को खेलाडी ल्याउन पाइन्न ।
तर, फुटसलमा रातो कार्ड पाएको २ मिनेटपछि अर्को खेलाडी ल्याउन पाइन्छ। दुई मिनेट नबित्दै कम खेलाडी भएको टोलीले गोल खाएमा नयाँ खेलाडी आउन सक्छ । टाइम र स्पेस कम हुने भएकाले फुटसल खेलाडी टेक्निकल रूपमा चनाखो र फिट हुनुपर्छ ।