धरान । सुनसरीको धरान घर भई राष्टिय फुटवल खेलिरहेका प्रकाश बुढाथोकी एसियाकै प्रतिष्ठित मानिने भारतको आई लिग खेल्ने भएका छन् ।

उनी भारत मणिपुरको नेरोका एफ.सि.मा अनुबन्धित भएर आइ.लिग खेल्न लागेका हुन् । आई लिग हाल भारतमा जारी छ । यो भारतको ए डिभिजन क्लबहरु खेल्ने राष्ट्रिय लिग हो ।

धरान १७, पटनाली निवासी बुढाथोकी सोमबार नै भारत प्रस्थान गरिसकेका छन् । उनी भारत जानुअघि धरान फुटबल क्लबले विदाई तथा सम्मान कार्यक्रम गरेको थियो ।

आई लिग खेल्ने क्लबले ४ जना विदेशी खेलाडी खेलाउन सक्छ । ती मध्ये एक जना एसियाको खेलाडी हुनैपर्छ । प्रकाश त्यही एसियाको खेलाडी कोटामा नेरोका एफ.सि.मा अनुबन्धित भएका हुन् ।

अघिल्लो लेखमाएकता अभियानले सुरु ग¥यो, इनरुवामा संगठन विस्तार
अर्को लेखमासुनसरीमा कुकुर पाल्नेले अब नगरपालिकामा अनिवार्य दर्ता गर्नु पर्ने

11 टिप्पणीहरू

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्