सुविद गुरागाईं

‘हेलो सर ! ध्रुवे यहाँ छ !’

फोन गर्नेले पैसा तिर्नु नपर्ने हेलो सरकारको टेलिफोन नम्बर ११११ मा मैले बिहीबार बिहानै सूचना चुहाइदिएँ ।

‘कहाँ छ त्यो अधर्मी ?’ उताबाट स्थायी सरकारको कोही प्रतिनिधिको खस्रो आवाज सुनियो ।

‘यहाँ, हाम्रो पानीपियाको जङ्गलमा…’ मैले थप सुराकी गरेँ ।

मैले एकदिनअघि मात्र धु्रवे हात्तीका ’boutमा पत्रिकामा पढेको थिएँ । सरकारले धु्रवेका नाममा ‘रेडकर्नर नोटिस’ नै जारी गरेको अवस्था छ ।

यसरी कसैलाई पनि ‘मस्ट वान्टेड’ फौजदारी अपराधीको सूचीमा राखिसकेपछि त्यस’bout पहिलो सूचना दिने व्यक्तिलाई सरकारले राम्रै पुरस्कारको पनि व्यवस्था गरेको हुन्छ ।

‘कहाँ हो यो पानीपियाको जङ्गल भनेको ?’ सरकारका मान्छेहरू प्रस्ट हुन चाहिरहेका थिए ।

विचराहरू ध्रुवे खोज्दा–खोज्दा लखतरान भएका थिए । एकातिर चितवनबासीको र अर्कोतिर हाकिमहरूको दबाबका माझ राष्ट्रसेवकले दिन–रात भन्न पाएका थिएनन् ।

संरक्षणवादी कार्यकर्ताको दबाब पनि सँगसँगै थियो ।

तर, नेपालको कानुनमा उल्लिखित ‘हात्ती बहुलायो भने मार्न पाइन्छ’ भन्ने झिनो र विवादास्पद आधारको फेर समातेर कर्मचारीहरू संरक्षण र वैकल्पिक उपायका नाराहरू कुल्ँिचदै जङ्गल–जङ्गल भौंतारिइरहेका थिए ।

‘भन्न त भनिहाल्छु नि सर, तर सूचना दिने मान्छेलाई केही पुरस्कारको व्यवस्था पनि छ कि !’ मोही माग्नु, ढुङ्ग्रो किन लुकाउनु !

‘हुन्छ, पुरस्कारका लागि सिफारिस पनि गरौंला, …अब भन्नुहोस्, कहाँ छ पानीपिया ?’

‘हाम्रो सुनसरीको चारकोसे जङ्गलमा, तरहरा र शान्तिनगरको बीचमा…’ मैले ‘पुरस्कार पाइहालिन्छ कि’ भन्ने सोचलाई ‘रेडकर्नर नोटिसवालाका ’boutमा सूचना दिनु नागरिकको कर्तव्य पनि हो’ भन्ने विचारमा अनुवाद गरेर खुलस्त बताइदिएँ ।

कृतज्ञ हुँदै उताबाट भनियो, ‘धेरै–धेरै धन्यवाद छ !, तपार्इं साह्रै बुझ्झकी मान्छे हुनुहुँदोरहेछ । कृपया त्यहीँ बस्दै गर्नुहोला !’

गडडड… घ्यार्रर्रर … गर्दै सेउती खोलातिरबाट जङ्गलमाथि आर्मीकलरको हेलिकप्टर देखियो । हेर्दाहेर्दै हर्बल तेल उत्पादक कम्पनी परिसरमा रहेको दुर्लभ हाँडीफोर (काकाकुल) चराको स्थायी बासस्थान ठूलो सिमलको रुख छुँला–छुँलाजस्तो गरेर छेकारो मार्दै हेलिकप्टर म उभिएको ठाउँमाथि आइपुग्यो । हेलिकप्टरको कर्कस आवाजले विचरा हाँडीफोरका बचेराहरू साह्रै त्रसित भएछन् क्यार ! च्याउँ–क्याउँ गर्दै कराएको प्रस्ट सुनियो । शान्त वातावरणमा एकाएक हुनपुगेको मानवीय घृष्टताविरुद्ध जोडी काकाकुलले गुँडबाट बाहिर निस्केर चिहानघारीमाथि एक फन्को लगाए र फेरि गुँडमै फर्किए ।

सुरुमा चीलजत्रो देखिएको हेलिकप्टर हात्तीभन्दा ठूलो भएर क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परिसरको खुला खेतमा थपक्क बस्यो ।
मैले सूचना दिएको एक घण्टाजसो भएको थियो । धु्रवे फायरलाइनको बाटो हुँदै तालतलैया मार्गमा प्रवेश गरिसकेको थियो । हात्ती लम्केको र घोडा चम्केको भन्छन्, एक घन्टामा त धु्रवे कहाँबाट कहाँ पुगिसक्यो होला ! सोच्दा–सोच्दै यस्तो तर्कना आउनासाथ मन चिसो भयो । तै, प्रमाणका लागि मैले ‘नेपाल वान’को स्टिकर टाँसिएको क्यामेरामा पानीपिया खण्डमा दिउँसै धु्रवे देखिएको र फायरलाइनतिर गएको फुटेज लिइराखेको थिएँ ।

मान्छे डढाउने घाटनेर उभिएको म बिस्तारै हेलिकप्टर भएतिर अघि बढेँ । हेलिकप्टरबाट बन्दुकवाला चार जना, डाक्टरजस्ता दुई जना, पाइलट एक जना र एक जना सामान्य लुगा लगाएका मान्छे फुत्त–फुत्त बाहिर निस्किए । सामान्य लुगा लगाएका मान्छेले मोबाइलमा फोन डायल गरेको देखेँ । मैलाई खोजेको हुनुपर्छ भन्ने लागेर म उनीहरू भए नजिकै पुगेँ । नभन्दै हो रहेछ । मैले ध्रुवे देखेको फुटेज देखाइदिएँ ।

‘वाह ! ठीक छ !’ खोजेकोजस्तै दृश्य देखेर उनीहरू उत्तेजित भए ।

‘खै, कहाँ हो त यो ठाउँ ?’ खुसीले तरङ्गित हुँदै एक जनाले सोधे ।

‘ठाउँ त यतै हो सर, तर… !’ म अलि झोक्राएँ ।

‘के तर ?’ उनको मनको प्यालामा एक टुक्रो बरफ कक्टेल भएर खस्यो ।

मैले ध्रुवे शान्तिनगरी सामुदायिक वन हुँदै तालतलैयातिर गएको बेलिबिस्तार लगाएँ र भने, ‘भर्खरै त्यता गएको हो सर, खोज्न जानुपर्छ, म पनि तपाईंहरूसँगै जान्छु, धेर टाढा गएको छैन होला ।’

‘जङ्गलमा छिरेको हात्ती र बालुवामा छिरेको सियो भेट्न धेरै गाह्रो हुन्छ भाइ !’ उनी लल्याकलुलुक भए । बोलीबाटै थाहा हुन्थ्यो, उनी चितवनमा दुई साताअघिदेखि जारी ‘धु्रवे खोज अभियान’मा सहभागी एक असफल अभियन्ता थिए ।

‘यताको चारकोसे जङ्गल चितवनको जस्तो घना छैन सर, मानवीय अतिक्रमणले गर्दा पातलिएर टाँट भएको छ ।’ मैले उनलाई आश्वस्त पार्न खोजेँ ।

‘त्यो त एक्सक्लोसिभ हुन्छ, भएको फुटेज पठाउनु, यता हामी ब्रेकिङ–स्क्रोल चलाउँदै गर्छौँ !’

उहिलेको कुरा ।
आतङ्ककारी मत्ता खोज्न विशेष योजना बनाउन हामी तरहरामा भेला भएका थियौँ ।

पूर्वाञ्चलकै नामी सेकुवा खाजा खाने क्रमसँगै खोजी टोलीका संयोजकले यताउति विभिन्न ठाउँमा फोन गरे । उनले कोसीटप्पु आरक्ष, सुनसरी प्रहरी, वन कार्यालय र जिल्ला प्रशासनका हाकिमलाई फोनबाटै जानकारी गराए र आवश्यक मद्दतका लागि आग्रह गरे ।

टोली तरहरामै बसेर गौंडा ढुक्ने निस्कर्षमा पुग्यो । मैले पनि त्यतै रात बिताउने सोच बनाएर अफिसमा खबर गरेँ । उताबाट, ‘त्यो त एक्सक्लोसिभ हुन्छ, भएको फुटेज पठाउनु, यता हामी ब्रेकिङ–स्क्रोल चलाउँदै गर्छौँ !’ भने न्युज चिफ मुकुन्द दाइले । टोली प्रमुखले पनि सूचनादाता सँगै नबस्नु भन्न सकेनन् ।

उनी जनावरको मनोविज्ञान बुझ्ने मानिस रहेछन् । कोसीटप्पुबाट रम्भाकलीसहितको टोली मगाए । साँझ छ बजेतिर माहुते, पछुवा र रेन्जरको टोली रम्भाकलीलाई लिएर तरहरा आइपुग्यो । युनिफाइड फोर्स पनि आयो । केही पुलिस र केही आर्मी थिए । खासमा ध्रुवे कोसीटप्पुका रम्भाकली, शोभाकली, दमदमकली जस्ता तरुनी ढोइहरू सम्झेर आसामबाट लुक्दै–छिप्दै तरहरा आइपुगेको रहेछ । बिचमै हामीले थाहा पाइहाल्यौँ ।

उनले राति बिबिसि नेपाली सेवाको न्युज सकिएपछि रम्भाकलीलाई खुट्टामा सिक्री बेरेर, पानीपिया रेन्जपोस्टको आँगनमा गाडिएको मुड्कोमा बाँध्न लगाए । दुई जना प्राविधिक ‘शिकारी’लाई बन्दुकसहित नजिकैको बूढो रुखमा चढ्न लगाए । उनीहरूले रातभरि कुर्नुपर्ने भयो । हामी तरहरा बजारमा आगो ताप्दै गौंडा ढुकी बस्ने भयौँ ।

उता, प्रियाको माया नपाएर बहुलाहाको धुव्रेलाई रम्भाकली तरहरामा एक्लै भएको गन्ध, ‘के खोज्छस् कानो ? आँखो’झैँ भएछ । नभन्दै, घुम्दै–फिर्दै, राति दुई बजेतिर धुव्रे रेञ्जपोस्टको आँगनमा देखियो ।

‘ड्याम्म… !’
चितवनमा जारी असफल अभियान र जनविरोधको कहानी चाख मानेर सुन्दै आगो तापिरहेका हामी गोली चलेको आवाजले झस्कियौँ ।

‘लाखे–लाखे, उपायले काम गरेजस्तो छ,’ भन्दै उनी उफ्रेको देखेर अरू पनि जयाकजुरुक उठ्यौँ । रम्भाकली बाँधिएको ठाउँनेर पुग्दा बिचरा ध्रुवे अत्तालिँदै शान्तिनगरको ग्राभेल बाटो कटेर कृषि–केन्द्रको खुला खेततिर भाग्दै रहेछ । रम्भाकलीको गन्ध सुँघ्दै आएको धु्रवेले केही गर्नु अगावै वन प्राविधिकले बन्दुकबाट हानेको ‘गोली’ त लठ्याउने औषधि भएको सुई ‘डोपिङ गरेको’ पो रहेछ ।
सुँढमा गोली (डोपिङ) लागेर अत्तालिएको बिचरा धु्रवे भाग्नै सकेन । पाँच सय मिटर पर पुगेपछि, ठाउँको ठाउँ ठिङ्ग उभियो ।
‘ल, अब छ–सात घन्टालाई काम पुग्यो !’ ती सचिवस्तरीय कर्मचारीले भने, ‘कोही डराउनुपर्दैन, छ–सात घन्टा यसले हलचल पनि गर्न सक्तैन ।’

म नजिक पुगेर क्यामेरा अन गर्दा, कुहिरोभित्र एक्लो र निरिह धु्रवे ‘कोमा’मा पुगिसकेको थियो ।
‘इटहरीमा ध्रुवे समातियो रे !,’ समाचार तात्तातै भाइरल भइहाल्यो ।
सेल्फी खिच्नेको ओइरो थामी नसक्नु भयो ।

विचरा प्राकृतिक रूपमा सर्वाङ्ग थियो, सार्वजनिक ठाउँमा लुकाउनुपर्ने अङ्ग पनि लुकाउन भ्याएको थिएन ।
‘आम्मामामा !’ ध्रुवेको ज्यान देखेर आश्चर्यचकित हुनेहरूको सङ्ख्या थपिँदै थियो ।

केहीबेरमा उनीहरूले रम्भाकलीलाई ठेल्न लगाएर धु्रवेलाई भुइँमा पछारे । बिचरा ध्रुवेले सोचेको थियो के, भयो के !
मैले जिन्दगीमा एउटा जङ्गली मत्ता यतिसारो निरीह भएको देखेको थिइनँ । रम्भाकलीको जालमा पर्नुको परिणाम थियो त्यो । मैले पत्याएको थिइनँ । तर, ध्रुवे खोज्न आएकाहरू एउटा मत्ताको मनोविज्ञानसँग भलीभाँती परिचित रहेछन् । पासोमा पारिसकेपछि उनीहरूले हेलिकप्टरबाट करौंतीलगायत औजार ल्याएर ध्रुवेको दुईवटै दारा काटिदिए ।

‘दुई घन्टापछि धु्रवे बिउँझिने छ, त्यस बिचमा सबै आफ्नो घर गइसक्नु होला, अन्यथा हुने कुनै पनि क्षतिको सरकार जवाफदेही हुनेछैन ।’

‘यसरी दारा काटेर के हुन्छ र ? के धु्रवेले अब बदमासी गर्न छोड्छ ?, सरकारले मार भनेकै छ, मारिदिए भइगयो नि !’ मैले ती वन–प्रकृतिविज्ञ कर्मचारीबाट एकैपटक तीनवटा जिज्ञासाको समाधान चाहेँ ।

‘बडो राम्रो प्रश्न सोध्नुभो पत्रकारजी ! दारा काटिएको मत्ता र रुखबाट लडेको बाँदर आफ्नो समुदायबाट बहिस्कृतजस्तो हुन्छ, आफ्नो समुदायमा अरूका अगाडि कहिले पनि फुर्ती–फार्ती गर्न सक्दैन । ध्रुवेले पनि अब कुनै बदमासी गर्ने छैन ।’

त्यसपछि, प्रशासनले माइकिङ गयो, ‘दुई घन्टापछि धु्रवे बिउँझिने छ, त्यस बिचमा सबै आफ्नो घर गइसक्नु होला, अन्यथा हुने कुनै पनि क्षतिको सरकार जवाफदेही हुनेछैन ।’
बिहानैदेखि बराम लागेका रमितेहरू एक–एक गर्दै घट्न थाले । राष्ट्रसेवकहरू पनि फर्किए । दिउँसो दुई बजेतिर धु्रवे ‘चिरनिन्द्रा’को स्थितिबाट बाहिर आयो र लाजले मुन्टो निहुँराउँदै शान्तिनगरी सामुदायिक वनतिर लाग्यो ।
नभन्दै, त्यस दिनदेखि धु्रवे आतङ्ककारी भएर गाउँ–बस्तीमा देखापरेको छैन ।

अघिल्लो लेखमाअमेरिकी चुनावको ७ दिनअघिबाट फेसबुकले राजनीतिक विज्ञापन नलिने
अर्को लेखमादेउवालाई सात दिने अल्टिमेटम, नसच्चिए अनशनसम्मको तयारी

116 टिप्पणीहरू

  1. You are so awesome! I don’t think I’ve read through a single thing like this before.
    So good to find another person with genuine thoughts on this topic.
    Really.. thank you for starting this up. This
    web site is one thing that’s needed on the web, someone with a little originality!

  2. Pretty nice post. I just stumbled upon your weblog
    and wanted to say that I have really enjoyed browsing your blog
    posts. In any case I’ll be subscribing to your feed and I hope you write again very soon!

  3. Its like you read my mind! You seem to understand so much approximately
    this, like you wrote the book in it or something.
    I think that you just can do with a few p.c. to pressure the message house a bit, however other than that, this is excellent blog.
    A fantastic read. I’ll certainly be back.

  4. I know this if off topic but I’m looking into starting my own weblog and was curious
    what all is required to get setup? I’m assuming having a blog like yours would cost a pretty
    penny? I’m not very web smart so I’m not 100% positive.

    Any suggestions or advice would be greatly appreciated.

    Kudos

  5. What i do not realize is in fact how you’re no longer actually
    a lot more neatly-appreciated than you may be now. You are very intelligent.
    You understand thus significantly in the case of this subject, produced me individually consider it from numerous varied
    angles. Its like women and men are not interested until it’s one thing
    to do with Girl gaga! Your personal stuffs great. Always handle
    it up!

  6. I would like to thnkx for the efforts you’ve put in writing this website. I am hoping the same high-grade website post from you in the upcoming as well. Actually your creative writing skills has inspired me to get my own blog now. Actually the blogging is spreading its wings rapidly. Your write up is a good example of it.

  7. May I simply just say what a relief to uncover somebody who truly knows what
    they’re discussing online. You definitely understand how
    to bring a problem to light and make it important. More people need to check this out and
    understand this side of your story. I was surprised you’re not
    more popular given that you surely have the gift.

  8. Hello I am so happy I found your website, I really found you by error, while I was researching on Askjeeve for
    something else, Nonetheless I am here now and would just like to say thanks for a incredible post and a all round
    enjoyable blog (I also love the theme/design), I don’t have time to browse it all
    at the moment but I have saved it and also added in your RSS feeds, so when I have time I
    will be back to read much more, Please do
    keep up the fantastic work.

  9. You really make it seem so easy with your presentation but I
    find this matter to be actually something which I think I would never understand.
    It seems too complicated and very broad for me.
    I am looking forward for your next post, I will try to get
    the hang of it!

    Feel free to surf to my web site … Marlon

  10. Hey I know this is off topic but I was wondering if you knew of any
    widgets I could add to my blog that automatically tweet my newest twitter updates.
    I’ve been looking for a plug-in like this for quite some time and was hoping maybe
    you would have some experience with something like this.
    Please let me know if you run into anything. I truly enjoy
    reading your blog and I look forward to your new updates.

    Feel free to visit my web page … Lindsay

  11. Greetings from Idaho! I’m bored at work so I decided to check
    out your website on my iphone during lunch break. I enjoy the knowledge you
    provide here and can’t wait to take a look when I get home.
    I’m amazed at how quick your blog loaded on my phone ..
    I’m not even using WIFI, just 3G .. Anyhow, wonderful site!

  12. My coder is trying to persuade me to move to .net from PHP.

    I have always disliked the idea because of the expenses.
    But he’s tryiong none the less. I’ve been using Movable-type on numerous websites for
    about a year and am concerned about switching to another platform.

    I have heard excellent things about blogengine.net. Is there
    a way I can import all my wordpress content into it?
    Any kind of help would be greatly appreciated!

    My page; Tri-Bol Testo Male Enhancement

  13. I would like to thnkx for the efforts you have put in writing this
    website. I am hoping the same high-grade web site post from you in the upcoming
    also. Actually your creative writing abilities has encouraged me to get my own blog now.
    Actually the blogging is spreading its wings quickly.
    Your write up is a great example of it.

    Look at my web-site; anapapansion.ru

  14. This is the perfect webpage for everyone who wishes to understand this topic.
    You understand so much its almost hard to argue with you (not
    that I actually will need to…HaHa). You certainly put a new spin on a
    subject that’s been discussed for decades. Excellent stuff, just excellent!

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्