नरसिंहका गुणराजको हत्या पछाडि यौन सम्बन्ध प्रमुख कारक रहेको खुलासा

हत्यामा संलग्न पाँच जनाबिरुद्ध अदालतबाट म्याद थप

18
404
hatya
hatya

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का गुणराज यादवको हत्याको पछाडि उनको गाउँकै केही युवतिसँगको यौन सम्बन्ध प्रमुख कारक रहेको देखिएको छ ।
उनको हत्याको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले यादवको अबैद्य यौन सम्बन्धकै कारण हत्या भएको निष्कर्ससहित पाँच जनालाई मंगलबाट सुनसरी जिल्ला अदालतमा म्याद थप गरेको छ ।
प्रहरी स्रोतले अनुसन्धानको क्रममा मृतक यादवको फोनको कलडिटेलबाट गाउँकै दुई–तीन जना युवतीहरुसँग यौन सम्बन्ध रहँदै आएको तथ्य फेला पारेको थियो । सोही आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले एउटा परिवारले यौन सम्बन्धको विषयमा थाहा पाएपछि मृतक यादवलाई सम्झाउन खोज्दा उल्टै हल्ला खल्ला गर्न थालेपछि युवतिको परिवारसहितको मिलेमतोमा हत्या गरिएको खुलेको जानकारी दिएको छ ।
पप्पु राम, दिपक यादव, प्रदिप राम, शिव कुमार मेहता र दिनेश मेहता हत्यामा संलग्न भएको निष्कर्ससहित अदालतबाट म्याद थप गरेको घटनाको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।
मंगलबार प्रहरीले एक प्रोस नोट जारी गरेर घटनाको तथ्य सार्वजनिक गरेको छ । जसअनुसार साउन २९ गते दिउँसो करिब २ बजे मृतक यादव घरबाट मोवाईल पसलमा काम छ भनेर साथी शिवकुमार मेहतासँग इनरुवा बजार गएका थिए ।
सोही दिन करिब सात बजे शिवकुमार मेहता र मृतक गुणराज यादव पारिजात स्कुल छेउमा मदिरा खाएका थिए । त्यसपछि मेहताले मृतक यादवलाई इन्द्रजीत यादवको घर पु¥याएर उनी घर फर्किएका थिए ।
मृतक गुणराज ईन्द्रजित यादवको घरमा केहिवेर वसी आवल्नो घर जान भनि हिडेका थिए । इन्द्रजित यादवको घरदेखि ३०० मिटर पर घन्सी बारीमा लुकि बसेका पप्पु राम, दिपक यादव, प्रदिप राम, शिव कुमार मेहता र दिनेश मेहता समेतले संवेदनसिल अंगमा पालैपालो लात्तले वारम्वार हानेको, कुटपिट गरेका थिए । त्यसक्रममा दिनेश मेहताले नजिकै रहेको गोरू गाडामा लगाएको वास ल्याई मृतकको टाउकोमा प्रहार गरेको र शिवकुमार मेहताले नजिकै रहेको गोरु गाडामा वाधिएको नाईलन (प्लाष्टिक) को डोरी ल्याई मृतकको घाटिमा वाधेको र प्रदिप राम, पप्पु राम र दिपक यादव मिलि मृतकको हात तथा खुट्टा वाधी विभत्स हत्या गरेकोको प्रहरीको प्रेस नोटमा उल्लेख छ ।
सोक्रममा दिनेश मेहताले आफ्नो घरबाट बाबा चोकर लेखेको प्लाष्टिकको वोरा ल्याई मृतकलाई बोरामा हालेको, प्रतिवादी सवैले आलो पालो काँधमा वोकी घन्सी बारी र धान बारी हुँदै सुनसरी खोला किनार सम्म पु¥याएको र सुनसरी खोला छेउ कल्भर्टमा प्रयोग भएको चेप्टो ठूलो ढुंगा उक्त वोरामा हाली नाईलन(प्लाष्टिक) को डोरीबोराको मुख सिलाई गरी खोलाको पानीमा फालेको प्रहरीले जनाएको छ ।
पटुवा घारीमा उनको हात खुट्टा डोरीले बाधेर त्यहाँ ढुंगा र फलामको चुच्चो हतियारले प्रहार गरेर उनको हत्या गरिएको थियो । स्रोतका अनुसारको उनको लिंगमा समेत ढुंगा जस्तो हतियारले प्रहार गरिएको जस्तो देखिएको छ । उनको एउटा कान काटिएको छ, लिंग र आँखामा गहिरो चोट देखिन्छ ।
मृतक यादवलाई स्थानीय छिमेकी र परिवारले शुक्रवार बिहान खोज्ने क्रममा घरदेखि तीन सय मिटर पर रगतको लतपतिएको अपराध स्थल भेटाएका थिए । लगतै प्रहरीलाई जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरिक्षक नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरेको थियो ।

अघिल्लो लेखमाइटहरी प्रहरीमाथि छानविन गर्न प्रदेश र संघीय प्रहरीको अलग–अलग छानविन समिति
अर्को लेखमासुशान्तको मुद्दाको छानबिन गर्न सीबीआइलाई सर्वोच्च अदालतको आदेश

18 टिप्पणीहरू

  1. I liked up to you will receive performed right here. The sketch is attractive, your authored subject matter stylish. however, you command get got an nervousness over that you would like be delivering the following. unwell for sure come more formerly again since exactly the same just about a lot regularly inside of case you protect this increase.

  2. Marvel films are an excellent method to invest your free time. They are full of action, experience, as well as wit. You can view them online completely free on Wonder’s internet site.The Marvel Cinematic World is a series of superhero films based on characters that show up in comic books released by Marvel Comics. The MCU is the common cosmos in which all of the movies are set.

  3. Good V I should certainly pronounce, impressed with your website. I had no trouble navigating through all tabs and related info ended up being truly simple to do to access. I recently found what I hoped for before you know it at all. Quite unusual. Is likely to appreciate it for those who add forums or anything, web site theme . a tones way for your customer to communicate. Excellent task..

  4. I cherished up to you will receive performed proper here. The comic strip is attractive, your authored subject matter stylish. nevertheless, you command get bought an impatience over that you would like be delivering the following. unwell certainly come further before again since precisely the same just about very incessantly inside of case you protect this hike.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्