‘इनरुवामा यसपटक परिवर्तन हुन्छ, इनरुवाबासी ३० गतेको प्रतिक्षामा हुनु हुन्छ’ : सरोज पोखरेल

3
269
Saroj Pokharel

नेकपा एमालेको तर्फबाट इनरुवा नगरपालिकाको मेयर पदको उम्मेदवार बनेका इनरुवा २ पूर्वटोल निवासी सरोज पोखरेल पार्टीको प्रदेश कमिटी सदस्य हुन ।

सुनसरी बहुमुखी क्याम्पसबाट उच्चशिक्षा पुरा गर्दै बामपन्थी राजनीतिमा होमिएका उनी इनरुवाबाट अनेरास्ववीयुको जिल्ला अध्यक्ष हुने पहिलो युवा नेता हुन ।

अनेरास्ववीयुबाट राजनीति सुरु गरेका उनी नेकपा एमालेको केन्द्रीय सदस्यसहित एमालेको भातृ संगठनको रुपमा रहेको म्यानपावर ब्यवसायीहरुको छाता संगठनको संस्थापक केन्द्रीय अध्यक्षको रुपमा जिम्मेवारी सम्हालिसकेका ब्यक्तित्व हुन ।

सामाजिक सेवामा राम्रो दख्खल राख्ने सरोज पोखरेल इनरुवामा विपद् आउँदाको अवस्थामा चलाईने सबै सहयोगको सामाजिक कार्यक्रममा प्रमुख दाताको रुपमा आफ्नो भूमिका निर्वाह गर्दै आएका थिए ।

ब्यवसायीक र सामाजिक जीवनसँगै राजनीतिक जीवनलाई अगाडि बढाईरहेका ब्यवस्थापनको क्षेत्रमा अब्बल दखल राख्ने उनीसँग आसन्न स्थानीय तहको निर्वाचनमा एमालेको तयारी, प्रभाव, सम्भावना लगायतको विषयमा वर्णमाला दैनिकले गरेको कुराकानी

तपाईको उम्मेदवारीको आधार के हो ?

म इनरुवाको स्थानीय बासिन्दा विद्यार्थी कालदेखि नै बामपन्थी राजनीतिमा सक्रिय रहेको कार्यकर्ता हुँ । इनरुवामा विद्यार्थी जीवनमा राजनीति र उच्चशिक्षा सधै अगाडि बढाउने क्रममा मैले महत्वपूर्ण जिम्मेवारीहरु सकुसल निर्वाह गर्दै आएको छु ।

इनरुवा वा बाहिर जहाँ बस्दा पनि निरन्तर राजनीतिमा सक्रिय रहेको र इनरुवाको समस्यामा सधै साथ रहेको कारण पनि मेरो उम्मेदवारीको आधार हो । यसमा मलाई पार्टीले साथ दिएको छ । इनरुवा पञ्चायतकालदेखि नै बामपन्थीको दह्रो पकड रहँदै आएको क्षेत्र हो ।

अहिलेको वडा नम्बर ३ र ५ पञ्चायत कालदेखि सधै बामपन्थीको राजनीति सफल हुँदै आएको ठाँउ हो । त्यस्तै डुम्राहा, जल्पापुर, मधेसा र बबिया पहिलादेखिनै एमालेको प्रभाव क्षेत्रको रुपमा रहँदै आएको भुगोल हो ।

समग्रमा यो एमालेको राम्रो जनाधार र संगठन भएको भुगोल पनि हो त्यसै कारण यहाँ नगरपालिकामा एमालेले नेतृत्वसमेत गरिसकेको छ । भने अघिल्लो निर्वाचनमा पनि बहुमत वडासहित एमाले विजयी भएको ठाँउ हो । मेरो राजनीतिक निरन्तर सक्रियता, इनरुवा भुगोलसँगको सम्बन्ध र एमालेको राजनीतिक संगठन मेरो उम्मेदवारीको आधार हो ।

इनरुवाको समस्यालाई तपाईले कसरी हेर्नु भएको छ ?

इनरुवामा धेरै खाले समस्याहरु छन । यहाँ शिक्षा, स्वाथ्य, कृषि, आर्थिक, सुशासन, सुरक्षा, सामाजिक, रोजगारी र योजनाबद्ध विकास हुन नसकेको स्थितिहरु समस्याको रुपमा रहेको छ । हामीले घोषणापत्रमार्फत त्यसको पहिचान गरिसकेका छौ । त्यसको लागि गैर राजनीतिक टिम बनाएर समाधानको लागि उपायहरुको तत्कालै सुरुवात गर्ने गरी योजना बनाएका छौ । यहाँको शिक्षालाई रोजगारीसँग जोडेर रोजगारीका समस्या समाधान गर्न प्राविधिक शिक्षालाई अगाडि बढाउने योजना बनाएको छु ।

इनरुवाबाट शिक्षा हासिल गरेका कोही पनि बेरोजगार हुने छैनन भने त्यसले इनरुवालाई दक्ष जनशक्ति उत्पादन गर्ने हबको रुपमा विकास गर्छ । त्यस्तै इनरुवालाई आसापसको क्षेत्रसँगको कनेक्टिभिटी बढाएर यो क्षेत्रलाई आर्थिक र औद्योगिक रुपमा केन्द्र बनाउन सक्यो भने इनरुवा एक जीवन्त वा आर्थिक रुपमा चलायमान शहर बन्न सक्छ ।

त्यस्तै इनरुवा शहर बन्न नसक्नुको पछाडि ब्यवस्थित पार्किङको अभाव र सार्वजनिक शौचालयको अभाव देखिन्छ । त्यसको समाधान मार्फत इनरुवालाई ब्यवस्थित शहरको रुपमा विकास गर्न सकिन्छ । त्यसैगरी यहाँका युवाहरुलाई प्रविधिसँग जोडेर रोजगारी र शिक्षाको प्रर्वद्धन गर्न सूचना प्रविधिमाथि सबैको सहज वा निःशुल्क पहुँच पु¥याउन आवश्यक छ ।

शहरोन्मुख नगर भएकोले यहाँ ब्यवस्थित ई पुस्तकालयको स्थापना, वाल उद्यान, युवाहरुको लागि बसिबियालो गर्न पार्कको निर्माण पनि त्यती नै आवश्यक छ । त्यस्तै इनरुवासँग पछि मिसिएका वडाहरुमा सडक र ढलको संरचनाहरु एकदमै न्यून छन त्यसलाई ब्यवस्थित बनाउने हो भने यहाँका किसानका कृषि उत्पादनहरु सहज रुपमा बजारमा पुग्दा त्यसले बहुसंख्यक किसानहरुको अर्थिक स्तर उकास्छ । त्यस्तै किसानका लागि ब्यवस्थित थोक बजार स्थापना, कृषि विद्युतीकरण, जेष्ठ नागरिकहरुको लागि मिलन केन्द्र जस्ता धेरै विषयहरु छन जसलाई समाधान गर्न सके इनरुवा प्रदेशकै सुन्दर नगर बन्न सक्छ ।

स्वर्गद्धारी घाट निर्माण, सभागृह निर्माण, महानन्द पञ्चवटी पार्कलाई पूर्णता दिने, ब्यवस्थित रुपमा खेलकुदको विकासको लागि खेलकुद मैदान र कवर्ड हलको निर्माण, सञ्चालन हुन नसकेको बसपार्कको सञ्चालन, इनरुवा अस्पताललाई विशेषज्ञ अस्पतालको रुपमा सञ्चालन गर्नु पर्ने देखि धेरै समस्याहरुको पहिचान गरेर त्यसको योजना बनाएका छौ।

तपाईको जितको आधार के हो र यसको आँकलन कसरी गर्नु भएको छ ?

पहिलो कुरा त म राजनीतिक पार्टीको इमान्दार कार्यकर्ता भएकोले मेरो जितको आधार पहिलो भनेको पार्टीको इनरुवामा रहेको मजबुद संगठन र प्रतिबद्ध कार्यकर्ता एवम मतदाताहरु नै हो ।

यसको अलवा हामीले अगाडि सारेको समृद्धि इनरुवा नगर निर्माण गर्ने योजनासहितको एजेण्डा हो । कांग्रेसले इनरुवा नगरपालिकाको नेतृत्व पटक पटक गर्दै आयो तर उसले जनअपेक्षा अनुसारको विकास गर्न सकेन ।

विगत पाँच वर्षमा भएको अनियमितता, बेथिति, नयाँ काम गर्न नसकेको स्थिति लगायतको विषयले इनरुवाका नागरिकहरु परिवर्तनको मुडमा देखिनु भएको छ । जनता परिवर्तनको पक्षमा रहेकोले पनि परिवर्तनको संवाहक पार्टी एमाले भएकोमा जनताहरु विश्वस्त देखिएकोले पनि हाम्रो टिमको जितको आधारहरु बलियो बन्दै गएको छ ।

अर्कोतर्फ हामीले यहाँ नेतृत्व मात्रै गर्न नसकेका हौ । बहुमत वडा जितेर जनताले एमालेप्रतिको विश्वास प्रकट गरिसक्नु भएको छ । अघिल्लो पटक कांग्रेसले नेतृत्व गर्दा केही भएन अब जनताले एमालेलाई बहुमतसहित इनरुवाको नेतृत्व दिने सोच बनाएको मैले पाएको छु ।

बलियो संगठनमा पछिल्लो एमाले र हामीले अगाडि सारेको एजेण्डाप्रति इनरुवाबासीहरु आर्कषित हुनु भएको छ । त्यसैले पनि हामी जितको नजिक छौ ।

तपाईको प्रतिद्धन्दीहरु इनरुवालाई आफ्नो गढ भएकोले यहाँ कांग्रेस नै जित्ने दावी गरिरहेका छन नी ?

इनरुवा कांग्रेसको गढ होईन । २०४९ को स्थानीय निकायको निर्वाचनमा कांग्रेसले नेतृत्वको जिम्मेवारी पायो तर २०५४ मा एमालेलाई इनरुवावासीले जिम्मेवारी दिए । २०७४ सालमा एमालेलाई बहुमत र कांग्रेसलाई नेतृत्व दिए । त्यसैले यो कुनै पार्टीको गढ होईन । कुनै पार्टीको गढ भन्नु यहाँका जनतालाई दास ठान्नु भन्दा केही होईन ।

इनरुवाबासीले को बाट विकास हुन्छ भनेर आफ्नो निर्णय सधै परिवर्तन गरिरहनु भएको छ । कांग्रेसले पाँच वर्षसम्म केही गर्न नसकेको उदाहरण इनरुवाबासीको माँझमा ताजै छ ।

कांग्रेसले पाँच वर्ष नगरको नेतृत्व गर्दा अहिलेका उम्मेदवार पार्टीको नेतृत्वमा हुनु हुन्थ्यो तर उहाँले पनि यहाँको लापरवाही, अनियमितता नियन्त्रण गर्न सक्नु भएन ।

कांग्रेस पार्टी अनियमिता र भ्रष्टाचारको साक्षी बनेर बसेको छ । अहिले उहाँ नै फेरि नगरको विकास गर्छु भनेर उम्मेदवार बन्नु भएको छ । यो कुरालाई इनरुवाबासीले राम्ररी बुझ्नु भएको छ ।

इनरुवाको मेयरमा निर्वाचित भएको अवस्थामा तपाईले यहाँको लागि गर्नु पर्ने कुनै विशेष कामको योजना बनाउनु भएको छ ?

हामी प्रतिबद्धतापत्र मात्रै लिएर जनतामाँझ गएका छैनौ । हामी प्रतिबद्धता पत्रमा ब्यक्त गरिएका कुराहरुलाई कार्यान्वयन गर्ने योजना र गैरराजनीतिक विषय विज्ञहरुको टिमपनि साथै लिएर आएका छौ ।

यसमा हामीले विशेष गरेर शिक्षालाई रोजगारीसँग जोड्न प्राविधिक शिक्षा, सामुदायिक विद्यालयको भौतिक संरचनालाई समयानुकुल बनाउँदै अंग्रेजी माध्यमबाट अध्यापनको आरम्भ गर्ने, इनरुवा अस्पताल र स्वास्थ्य चौकीहरुलाई सुविधासम्पन्न बनाउने, पाँच वर्षभित्र इनरुवाका अधिकांश सडक कालोपत्रे सम्पन्न गर्ने, अहिलेसम्मको नेतृत्वले असुल्दै आएको अस्वभाविक करलाई न्यायोचित नाउने र नागरिकहरुको लागि आवश्यक सिफारिस दस्तुरको अन्य गर्ने कामहरु हामी निर्वाचन हुनासाथ तत्कालै कार्यान्वयनमा लगेर परिवर्तनको अनुभुति गराई हाल्छौ ।

पाँच वर्षभित्रमा इनरुवा नगरलाई बास्तविक रुपमा सदरमुकाम हो जस्तो अनुभुति गर्ने खाले बनाएर अन्यत्रका लागि इनरुवाको विकासको मोडल अध्ययन योग्य बनाउछु । म यहाँ शासन गर्न होईन, सेवा गर्न आएको हु ।

अघिल्लो लेखमाइनरुवाको मेयरमा काग्रेस, एमाले र जसपा बिच प्रतिष्पर्धा कस्ले मार्ला बाजी ?
अर्को लेखमाइनरुवा नगरपालिका यूएनको कालो सूचीमा, यूएन एजेन्सीका सवै विकास अनुदान रोक्का

3 टिप्पणीहरू

  1. Great – I should certainly pronounce, impressed with your web site. I had no trouble navigating through all the tabs and related information ended up being truly easy to do to access. I recently found what I hoped for before you know it in the least. Reasonably unusual. Is likely to appreciate it for those who add forums or something, site theme . a tones way for your customer to communicate. Excellent task..

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्