नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ क बाट प्रदेशसभा सदस्यमा पदमा उम्मेदवार बनेका सदानन्द मण्डल यतिवेला आफूहरुले गरेको विकास निर्माणको काम र स्थानीय समस्या बुझेको समाजसँग जोडिएको ब्यक्तित्वको रुपमा आफूलाई मतदातामाँझ लगेर चुनावी अभियान सञ्चालन गरिरहेका छन ।
यसअघि नेकपा एमालेले जितेको सो क्षेत्रमा यसपटक एमालेका उम्मेदवार नरहेको र गठबन्धनले जसपालाई भाग दिएकोले आफ्नो जित निश्चित रहेको दावी गर्छन । उनीसँग चुनावी अभियानको सेरोफेरोमा वर्णमाला दैनिकले गरेको कुराकानी ः
चुनावी अभियानलाई कसरी अगाडि बढाईरहनु भएको छ ?
हाम्रो निर्वाचन क्षेत्रमा हाम्रो संयन्त्र छ, त्यसपछि गठबन्धनको पनि संयन्त्र छ । त्यसको माध्यमबाट हामी सुनसरी क्षेत्र नम्बर ४ कको १५ वटै वडामा पार्टी पंक्तिलाई परिचालन गरेर चुनाव िअभियान सञ्चालन गरिरहेका छौ । त्यसैगरी हामी उम्मेदवारहरु अहिले पार्टीका वडा कार्य समिति र मतदाताहरुको घर घरमा पुगेर निर्वाचनको विषयमा छलफल गर्दै आफ्नो कुरा राख्दै चुनावी अभियानलाई अगाडि बढाईरहेका छौ ।
तपाईको क्षेत्रबाट पार्टीभित्रको अन्र्तविरोध, विकासमा समानुपातिक वितरण हुन नसकेको जस्ता गुनासोहरु आईरहेका छन नि ?
पार्टीमा सक्रियता राख्नेहरुले आफ्नो नेतृत्वको लागि वा अवसरका लागि दाबी गर्नु स्वभाविक भएपनि निर्वाचनको बेलामा टिकट पाउने कुरा पार्टी र शिर्ष नेताहरुले गर्ने मुल्यांकन नै हो । पार्टीका सबै तहका नेता र कार्यकर्ताको माया पाउँदा मैले यो क्षेत्रबाट उम्मेदवार बन्ने अवसर पाए । त्यस विषयमा टिकट पाउन नसकेका केही साथीहरुको चित्त दुखेको होला ।
उहाँहरुलाई कांग्रेसको चुनावी अभियानसँगै जोडेर एकीकृत रुपमा जनताको घरदैलोमा मत माग्न जाने वातावरण निर्माणको लागि नेतृत्वहरुले प्रयत्न गरिरहनु भएको छ । त्यती धेरै ठूलो मिल्नै नसक्ने अन्र्तकलह छैन । एउटा प्रजातान्त्रिक पार्टीभित्र विचार समूहहरु हुन्छन । केही साथीहरुले विचारसमूहको आधारमा कुराहरु राखिरहनु भएको छ तर ति सबै पार्टीको आन्तरिक विषय भएकोले त्यो समाधान भएर हामी एकढिक्काका साथ निर्वाचनमा होमिन्छौ ।
अझै हाम्रो प्लस पोईन्टको कुरा गर्नु हुन्छ भने विगत पाँच वर्षको अवधीमा हाम्रा नेता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जसरी विकास गर्नु भएको छ । त्यसले यहाँका जनताहरु धेरै आशाबादी हुनु हुन्छ । अहिलेसम्म हुन नसकेको काम उहाँले गर्नु भएकोले जनता फेरि एक पटक कांग्रेसको नेतृत्वलाई जिताउन आतुर रहनु भएको मैले पाएको छु ।
अघिल्लो चुनावमा सो क्षेत्रको तेस्रो सबैभन्दा ठूलो दल जसपा तपाईहरुसँग थियो तर अहिले एमालेसँग गठबन्धन गरेको छ, यसले चुनावी परिणाममा कत्तिको असर पार्ने देख्नु भएको छ ?
जसपा मधेस केन्द्रीत पार्टी हो, उसले मधेसका सवालहरुलाई उठाउँदै आएको छ । भर्खरै उसले उठाएको मध्ये एक नागरिकता विद्येयक कांग्रेस नेतृत्वको सरकारले पारित गरेर उहाँहरुको मागलाई संवोधन गरेको छ । तर राष्ट्रपतिबाट त्यो अनुमोदन नहुँदा त्यसको आक्षेप एमालेलाई लागेको छ ।
मधेसी जनताको मागलाई पुरा हुन नदिने एमालेसँग जसपाले तालमेल गर्दा मधेसी जनताले त्यसलाई मन पराएका छैनन । उनीहरु एमाले–जसपा गठबन्धनलाई भोट हाल्ने स्थितिमा देखिदैनन । हाम्रो क्षेत्रमा जसपाको सात आठ हजार मत छ । तर अहिले मधेसको मागको विषयमा एमालेको धारणा, जसपाको प्रतिनिधिसभाको उम्मेदवार नहुनुले गर्दा त्यो मत एमालेमा जाँदैन ।
जसपाको पक्षको मतदाताको मत कहाँ जान्छ त ?
मधेसको मागलाई कांग्रेसको नेतृत्वमा संवोधनको प्रयास भएको र यो क्षेत्रमा जसपाको प्रतिनिधिसभाको उम्मेदवारसमेत नभएको कारणले त्यो अधिकांश भोट नेपाली कांग्रेसलाई आउँछ ।
तपाईको क्षेत्रमा विकास धेरै गरेको कुरा गर्नु हुन्छ, त्यसो भए अब कुनै चुनौति बाँकी छैन ?
’tain’t, चुनौति विहीन अवस्था त समाजमा रहँदैन । केही चुनौतिहरु छन । केही कामहरु गर्न बाँकी छ । विकासको दृष्टिकोणले एकदमै पछि पारिएको क्षेत्र हो यो । यहाँ कोशी पीडितको समस्या, बन्यजन्तु आरक्षको समस्या, ठूला स्वास्थ्य संस्था नहुँदा जनताको स्वास्थ्य समस्या समाधान, सिचाईको समस्यासहित केही समस्याहरु बाँकी छन । जसलाई पुरा गर्दै कांग्रेसको गढको रुपमा रहेको यो क्षेत्रलाई कांग्रेस उर्वरभूमीको रुपमा कायम राखिराख्ने चुनौति हामीमाँझ छन ।
विगत पाँच वर्षमा यो क्षेत्रको सडकको समस्या लगभग लगभग समाधान भईसकेका छन । स्कुल, कलेज निर्माण भईसकेको छ, अरु धेरै बन्ने गरी कार्यक्रममा परिसकेका छन । आगामि पाँच वर्षमा हामी अहिले कायम रहेका समस्यालाई पूर्ण समाधान गरेर आफ्नो प्रतिबद्धता पुरा गर्छौ । यसको लागि केन्द्रीय राजनीतिका प्रभावशाली ब्यक्तित्व ज्ञानेन्द्र बहादुर कार्की नै यो क्षेत्रको उम्मेदवार भएकोले हामीले ति कामहरु सम्पन्न गर्न अरुलाई भन्दा सहज पनि छ ।
तपाईहरु मतदातामाँझ कस्ता एजेण्डाहरु लिएर जादै हुनु हुन्छ ?
धेरै कामहरु सम्पन्न भएका छन तर केही कामहरु पुरा हुन बाँकी छन । जस्तो कि सुनसरी खोलाले वर्षेनी करोडौ रुपैयाको क्षति गर्ने गर्दछ । त्यो क्षति नियन्त्रण गर्न एक सय करोड बजेट परेको छ तर त्यसले मात्रै त्यो पुग्दैन । त्यसलाई जनतामाँझ लिए जाँदैछौ ।
त्यस्तै सुनसरी खोला कोरिडोरको रुपमा बराहदेखि हरिनगरसम्म सडक निर्माण गर्ने, कोशी गाउँपालिकामा एउटा सुविधासम्पन्न अस्पतालको निर्माण, एउटा उच्च शिक्षा अध्यापन हुने कलेजको स्थापना गर्न बाँकी छ । कोशी बाढीले मरुभूमी बनाएको जग्गाको उपयोगको लागि कार्यक्रम ल्याउन जरुरी छ ।
कलकारखाना खोलेर बेरोजगारीको समस्या हल गर्ने लगायतका कुराहरु बाँकी छन । जसलाई हामी आफ्नो चुनावी एजेण्डाको रुपमा लिएर जाँदैछौ ।
तपाईको क्षेत्रमा तपाईका सम्भावित प्रतिद्धन्दीहरुलाई कसरी हेर्नु भएको छ ?
हाम्रो क्षेत्रको मुख्य प्रतिद्धन्दी भएको नेकपा एमालेका उम्मेदवारहरु हुन । त्यसमध्ये एमाले नेता जगदिशप्रसाद कुसियैत प्रदेश १ सरकारमा चार वर्षसम्म मन्त्री रहनु भयो । त्यसअघि पनि सांसद र मन्त्री बन्नु भयो तर उहाँले यो क्षेत्रको जनताको पक्षमा एउटा सिन्कोसमेत भाच्नु भएको छैन । क्षेत्र नम्बर ४ मा ३२ वटा वडा छ । उहाँको घर प्रदेश क मा छ । त्यसमा समेत उनले के के काम गरे भनेर देखाउन सक्नु पर्छ । सांसद हुँदा नसकेपनि उहाँ मन्त्री पनि भएकोले उहाँले गर्न नसकेको विषयमा उहाँले क्षमादान पाउने अवस्था छैन । त्यसैले मलाई लाग्दैन कि त्यस क्षेत्रका जनताले एमालेका उम्मेदवारहरुलाई भोट हाल्नु हुन्छ ।
सुनसरी ४ मा दुई पक्षीय वा बहुपक्षीय कस्तो प्रतिष्पर्घाको सम्भावना देख्नु हुन्छ ?
हाम्रो क्षेत्रमा करिब करिब दुई पक्षीय प्रतिष्पर्घा नै हुने स्थिति देख्दछु । यो क्षेत्रमा एमालेको पनि सबै ठाँउमा संगठन भएकोले संगठनका मानिसले उहाँहरुको पक्षमा मतदान गर्ने भएकोले दुई पक्षीय प्रतिष्पर्घा नै हुन्छ ।
तपाईको जितका आधार के के हुन ?
हाम्रो जितको आधार भनेको म निरन्तर रुपमा नेपाली कांग्रेसको माध्यमबाट यो क्षेत्रका जनताको निरन्तर साथमा रहँदै राजनीति गरिरहेको ब्यक्ति हुँ । यहाँका जनताको सुखदुःखमा जो जस्तो अवस्थामा पनि साथ रहँदै आएको छु । जेल नेल भोगेको र यो क्षेत्रका जनताका समस्याहरुलाई नजिकबाट बुझेको ब्यक्ति भएको कारणले यो क्षेत्रको जनताले मलाई र नेपाली कांग्रेसका अन्य उम्मेदवारहरुलाई भोट हाल्नु हुन्छ भन्नेमा म ढुक्क छ ।
I am a student of BAK College. The recent paper competition gave me a lot of headaches, and I checked a lot of information. Finally, after reading your article, it suddenly dawned on me that I can still have such an idea. grateful. But I still have some questions, hope you can help me.