पप्पु यादव, भाण्टावारी । निर्माणको झण्डै एक दशकपछि बल्ल बल्ल सुनसरीको कोशी गाउँपालिकामाको भाण्टावारीमा रहेको खानेपानी आयोजना सञ्चालनमा आएको छ।

निर्माण सम्पन्न भएर लामो समयदेखि बेवारिसे अवस्थामा रहँदै आएको सो खानेपानी आयोजना मंगलबारबाट सञ्चालनमा आएको हो ।

कोशी गाउँपालिकाका विभिन्न वडाहरुमा २०६५ साल भदौ २ गते आएको बाढीले साविकका खानेपानीको स्रोत र ट्युवेलमा आइरनको मात्रा बढी आउने र पानीको गुणस्तर न्युन भएपछि खानेपानी ट्याङकी निर्माण गरिएको थियो ।

आर्थिक वर्ष ०६७÷०६८ सालमा निर्माण पुरा भएको आयोजनाको ट्याङकी र पाइप लाइन एक महिनामै बिग्रीएपछि बन्द भएको थियो । त्यसपछि सो खानेपानी आयोजना वेवारिसे जस्तै रहँदै आएको थियो ।

कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीको पहलमा गाउपालिका कार्यालयले मर्मत सुधारका लागि ३५ लाख रुपैयाँ खर्च गरेपछि विश्व पानी दिवशका अवसरमा सोमबारबाट सञ्चालनमा ल्याईएको हो ।

भाण्टावारी सुधार–विस्तार खानेपानी योजनाका लागि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सुनसरीले ४९ लाख रुपैयाँ, आरआरएन सुनसरीले १७ लाख ९२ हजार ४ सय ५२ रुपैयाँ र स्थानीय जनश्रमदान वापत २ लाख ४० हजार ४ सय २८ रुपैयाँको लागत खर्च भएको थियो ।

विश्व पानी दिवशका अवसरमा २ सय परिवारलाई लक्षित गरी सञ्चालनमा ल्याईएको भाण्टावारी सुधार–विस्तार खानेपानी योजनाको उद्घाटन कोशी गााउँपालिककाका अध्यक्ष ऐयुव अन्सारीले गरेका थिए ।

कार्यक्रममा कोशी गाउँपालिकाकी उपाध्यक्ष अनितादेवी यादव, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक कमल थापा, सशस्त्र प्रहरी वल ४ नं हेडक्वाटरका सशस्त्र प्रहरी उपरिक्षक माधव पौडेल, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सुनसरीका प्रमुख प्रदिपलाल कर्ण, भाण्टावारी सुधार–विस्तार खानेपानी उपभोक्ता समितिका अध्यक्ष नुर आलम, कोशी गाउँपालिकाका सवै वडाका वडाअध्यक्षहरु लगायतका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

अघिल्लो लेखमाठाकुर सेवा समाजको जिल्ला अधिवेशन
अर्को लेखमाटोलमै रात्रिकालिन फुटवलः मैदानमा छोरीबुहारीदेखि साना केटाकेटीसम्म भिड्दै