पप्पु यादव भाण्टावारी । नेपाल भारत सिमाक्षेत्रबाट ८ किलोमिटर दक्षिणतर्फको भागमा सप्तकोशी नदिको तटबन्ध भत्कीएको छ ।

कोशी व्यारेज कोशी कन्ट्रोल रुमदेखि ८ किलोमिटर दक्षिणतर्फ रहेको छिमेकी देश भारतको बिहार राज्यको सुपौल जिल्ला अन्तर्गत सिकरहाटामा सप्तकोसीको तटबन्ध भत्किएको हो ।

बाध फुटेको स्थानमा पुगेका भारत बिहार राज्यको सुपौल जिल्लाका डिस्ट्रीक मजिस्टेड डिएम महेन्द्रकुमारका अनुसार शुक्रबार बिहान सुपौल जिल्लाको सिकरहाटामा कोशीको बाध फुटदा सुपौल र मधुवनी जिल्लाका विभिन्न बस्ती डुबानमा परेका छन् ।

डिएम महेन्द्रकुमारले कोशी नदिको पानी वस्तीमा पसेपछि हजारौ मानिसहरु विस्थापित हुन पुगेका छन भने सयौ घरहरु डुवानमा परेको जानकारी दिएका छन ।

बाध फुटेको स्थान सुनसरी र सप्तरीसित सीमा जोडिएको बिहार राज्यको सुपौल जिल्ला अन्तर्गत सिकरहाटा नेपाल–भारत सीमाभन्दा ८ किलोमिटर दक्षिणमा रहेको छ ।

सुपौलका एसपी मनोजकुमारले बाध फुटेपछि बिहार राज्यको सुपौल र मधुवनी जिल्लाको दिघिया, दूधैला, बैला, सतोखर्ड लगायतका गाउँका पानी पस्दा पुरै वस्ती डुवेको बताए ।

कोशी नदि फुटेपछि ज्यान जोगाउन भागेका भारतिय नागरिकहरु भारतीय राष्ट्रिय राजमार्ग एनएच ५७ लगायतका स्थानमा आएर बसेका छन् ।

कोशी व्यारेजदेखि ८ किलोमिटर दक्षिणमा कोशी नदिको बाध फुटेर वस्तीमा पानी पसेपछि भारतिय सुरक्षाअधिकारीहरुले नेपालको सिमाक्षेत्रमा उच्च सर्तकता अपनाउदै थप क्षति हुन नदिन बाँध भत्कीएको स्थानमा मर्मत सुरु गरेका छन ।

यता हाल कोशी व्यारेजका २२ वटा ढोकाहरु खुल्ला राखिएको छ । बिहारमा पानीले ठुलो क्षति पु¥याउने अनुमान गर्दै कोशी व्यारेजमा भारतिय पक्षले ढोकाहरु धेरै संख्यामा बन्द गर्ने सम्भावना देखिएको छ ।

अघिल्लो लेखमापशु विकासका कार्यक्रममा सकारात्मक देखिए सरोकारवाला
अर्को लेखमासुनसरीमा सोमबारबाट जोन्सन एण्ड जोन्सनको खोप लगाइने

9 टिप्पणीहरू

  1. This blog is definitely rather handy since I’m at the moment creating an internet floral website – although I am only starting out therefore it’s really fairly small, nothing like this site. Can link to a few of the posts here as they are quite. Thanks much. Zoey Olsen

  2. What i do not understood is actually how you are now not actually much more neatly-liked than you may be right now. You are so intelligent. You realize therefore considerably relating to this matter, made me for my part imagine it from so many varied angles. Its like women and men aren’t fascinated until it’s one thing to accomplish with Woman gaga! Your personal stuffs excellent. At all times deal with it up!

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्