तडकभडक नगरी मतदाताको घरमा जाने भलाकुसारी गर्ने

पप्पु यादव भाण्टावारी । नेकपा एमाले सुनसरी ४ नम्बर क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार जगदिश कुसियैतले मंसिर ४ गते हुने चुनावी अभियानको शैली भिडभाड नगरी मतादाताको मन जित्न केन्द्रित रहेको पाइएको छ ।

प्रदेश एकमा चर्चामा रहेको सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रमा कुसियैतको चुनावी प्रतिष्पर्धा नेपाल सरकारका संचार सुचना तथा प्रविधि मन्त्रीसमेत रहेका नेपाली काग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीसँग हुने निश्चीत रहेकाले उनी चुपेचाप शैलीमा प्रचार अभियानमा जुटेका हुन ।

कुसियैत चुपेचाप पडोसीका साथ भन्ने सन्देश लिएर निर्वाचन क्षेत्रका हरेक वडामा जाने मतादाताको कुराहरु सुन्ने, डायरीमा समस्याहरु नोट गर्ने, उनीहरुको भावना र माग अनुसारका बिषयमा आफना भनाई राख्दै निर्वाचन अभियानमा कार्यकर्ताहरुको ठुलो पत्ती परिचालन नगरि भोट माग्दै हिडेका हुन ।

कुसियैतसँग चुनाव प्रचार प्रसारमा हिडने टोलीमा समबन्धीत वडा टोलका एमाले र जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरु हुने गरेका छन । उनीहरु समेत चुनाव प्रचारलाई भडकिलो र खर्चीलो बनाउने पक्षमा नरहेको पाइएको छ ।

इनरुवा ८ नम्बर वडामा भेटिएका उम्मेदवार कुसियैतले भने निर्वाचन आयोगले तोकेको आचारसंहिता र मापदण्ड भित्र रहेर सवारी साधन प्रयोग गदै सामान्य रुपमा १० देखी २० जना कार्यकर्ताहरुको साथ लिएर मतदाताको घरदैलोमा जाने गरेको छु।

मतदाताले भिडभाड र शत्ती प्रर्दशन गर्ने उम्मेदवार भन्दा उनीहरुको विकास निर्माणको आवश्यकतालाई पुरा गर्न नसक्ने प्रतिवद्ध र सादा जिवन शैली भएको जनप्रतिनिधिलाई चुनाव मार्फत जिताउन खोजेकाले मतदाताको भावना अनुसार चुपेचाप पडोसीले छाप भन्ने भनाई अनुसार चुनावी प्रचारप्रसार गरेको कुसियैतले बताए ।

नेकपा एमालेका केन्द्रिय सदस्यसमेत रहेका उम्मेदवार कुसियैतले भने चुनावमा मतदातालाई प्रभावित बनाउनका लागि तडकभडक, नाचगान र भिडभाड गर्नका लागि करोडौ पैसा खर्च गर्नुपर्ने परिपाटी रहेकाले आफु त्यसको विरोधी भएकाले सामान्य रुपमा मतादाताको घरदैलोमा गएर मन जित्न केन्द्रित रहेको छु ।

कुसियैतले भडकिलो चुनावी अभियानले नेताहरुलाई भष्ट्राचार गर्न अग्रसर गराउने भएकाले त्यसखाले शैली देश र जनताका लागि घातक हुने दावी गरे ।

उनी जस्तै एमालेका तर्फबाट उम्मेदवार भएका प्रदेशसभा ख तर्फका अब्बास अन्सारीले मतदाताको फुर्सदको समयलाई बिहान बेलुका र राती अनुकुल बनाएर भेटघाट गर्ने मत माग्ने र आफना कुराहरु राख्ने गर्दै आएका छन ।

अघिल्लो लेखमामन्त्री कार्कीलाई उनको क्षेत्रको टोलटोलमा जयजयकारकाे नाराले स्वागत
अर्को लेखमासुनसरी ४ नम्बरमा लोसपाका उम्मेदवार आक्रामक चुनावी अभियानमा

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्