पप्पु यादव भाण्टावारी । भारतबाट लुकीछिपी रुपमा सुनसरी भित्र्याइएका अवैध माल सामानहरु सुनसरी भन्सार कार्यालय कोशी व्यारेजले नियन्त्रणमा लिएको छ।

सुनसरी भन्सार कार्यालय कोशी व्यारेजका अनुसार खुल्ला रहेको नेपाल भारत सीमा क्षेत्रको फाइदा उठाउदै लुकिछिपी रुपमा तस्करहरुले भित्र्याएको पेय पदार्थ र खाद्यान्नका सामानहरु नियन्त्रणमा लिएको हो ।

भन्सार कार्यालयका अनुसार गोप्य सूचनाका आधारमा सुनसरीको भोक्राहा–नरसिंह गाँउपालिका क्षेत्रमा रहेको इरसाइल कामत नजिकबाट भारतमा उत्पादन भएको कोकाकोला पेय पदार्थ भन्सार गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

लौकही नाकाबाट ल्याएर को १ ख १७९३ नम्बरको पिकअपमा लोड गर्दै गरेको अवस्थामा एकलाख मुल्य बराबरको कोकाकोला नियन्त्रण लिएर भन्सार कार्यालयमा आवश्यक कानुनी कारवाहीका लागि लगिएको छ ।

पक्राउ गरिएको सवारीसाधनलाई ढुवानीको साधन र मालवस्तु सम्बन्धी मुद्दा दर्ता गरी कारबाही थालिएको छ ।

यसैगरि भोक्राहा–नरसिंह गाउँपालिकाबाटै १३ बोरा ६ सय ५० केजी चिनी सार्वजनिक यातायातमा लोडगरि रामधुनी नगरपालिकाको कान्छी चौक लैजादै गरेको अवश्थामा बरामद गरिएको भन्सार कार्यालयले जनाएको छ ।

यसअगाडि समेत सोही स्थानबाट अवैध रुपमा सुनसरी भित्र्याइएको मालसामान भन्सार गस्तीका क्रममा नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।

को २ च २७८० नम्वरको पिकअपमा लोड गरेको अवश्थामा करिब ९ लाख मूल्य बराबरको कपडासहित भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो ।

अघिल्लो लेखमाइनरुवा ८ कंशमरणमा द्धन्द्द पीडितका लागि तालिम भवन
अर्को लेखमाइनरुवाका विद्यालयमा पत्रु खाना र प्याकेटका खानेकुरा खुवाउन निषेध

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्