नेपाल प्रहरीको १० जनाको छुट्टै टोलीको ‘लङ्गरेन्ज’ गस्ती

पप्पु यादव भाण्टावारी । सुनसरीको सिमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले छुट्टा छुट्टै टोली मार्फत गस्ती सुरु गरेका छन ।

सुनसरीका भाण्टावारीमा रहेको सशस्त्र प्रहरी वलको बोर्डर आउट पोष्ट विओपीले छिमेकी मुलुक भारतका सुरक्षाकर्मी सिमा सुरक्षा बल एसइसवी सँग संयुक्त गस्ती गरेको छ ।

गस्तीमा दुवै देशका सुरक्षाकर्मीले सिमाक्षेत्रमा हुने चोरी, तस्करी, लागुऔषध ओसारपसार, मानवबेचविखनलगायतका गम्भीर अपराध नियन्त्रणमा कडाई गर्दै आएकाले नियमित कामलाइ अझै प्रभावकारी बनाउन लागेको बताइन्छ ।

संयुक्त गस्तीमा सशस्त्र प्रहरीका भाण्टावारीमा विओपीका सशस्त्र प्रहरी निरिक्षक मनोज खनाल, सशस्त्र प्रहरी नायव निरिक्षक सविन केसी, भारतिय सिमा सुरक्षा बल एसएसवी ४५ औ बटालिएनका एसआई दुलाल वर्मन, एसआइ राजेन्द्र सिहलगायतको गस्ती टोलीले सिमा स्तम्भ नम्बर २०७÷६ डब्लु पी १०३ देखि २०७÷९ डब्लु पी १०६ सम्म निरिक्षणसमेत गरेको थियो ।

यसैगरि नेपाल प्रहरीले सुनसरी जिल्लाको सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिविधिको नियन्त्रणका लागि तीनवटा जिल्लामा प्रहरीले लामो दुरी पैदल गस्ती सुरु गरेको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईका अनुसार अनुगमन कार्ययोजना २०७९ अनुसार सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिविधिहरूको रोकथाम तथा नियन्त्रणका लागि लामो दुरीको पैदल गस्ती परिचालन गरिएको हो ।

राईले सुनसरीसहित झापा र मोरङ जिल्लाको सीमावर्ती क्षेत्रको अनुगमनका लागि टोलि परिचालन गरेको बताए ।

सीमावर्ती क्षेत्रहरुको अनुगमन कार्ययोजना २०७९ अनुसार चोरी तस्करी र अपराधजन्य गतिबिधिहरुको रोकथाम तथा नियन्त्रणका लागी लामो दुरीको पैदल गस्तिमा प्रहरी खटाइएको छ ।

कार्ययोजना अनुसार प्रहरी नायव निरीक्षकको कमाण्डमा १०–१० जना झापा, मोरङ र सुनसरी जिल्लामा परिचालन गरिएको हो ।

अघिल्लो लेखमाइनरुवा नगरपालिकामा अख्तीयारको छानविन टोलीद्धारा स्थलगत अनुसन्धान
अर्को लेखमासुनसरीमा म्यादी प्रहरी भर्ना खुलेको पहिलो दिन दर्खास्त बुझाउनेको भिड

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्