सुनसरी ४ ः एमालेका उम्मेदवार जगदिश कुसियैत र अब्बासलाई मतादाताद्धारा सुनसरी खोलाको बाढी डुवान नियन्त्रण गर्न माग

0
60
Pappu Yadav Bhantavari
IMG-20221104-WA0001

पप्पु यादव भाण्टावारी । सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा तर्फ नेकपा एमालेका उम्मेदवार जगदिश कुसियैत र प्रदेशसभा ४ ख तर्फका उम्मेदवार अब्बास अन्सारीलाई मतादाताले सुनसरी खोलाको बाढी डुवानको समस्या सामाधान गर्न माग गरेका छन ।

भोक्राहा–नरसिह गाउपालिकाको ६ नम्बर ७ नम्बर र ८ नम्बर वडाका अधिकाश मतदाताले सुनसरी खोलाबाट वर्षायामको समयमा प्रत्येक वर्ष बाढी वस्तीमा पस्ने र डुवान हुने समस्या समाधान गर्न माग गरेका हुन ।

चुनाव प्रचार प्रसारका लागि मतादाताको घरदैलोमा पुगेका कुसियैत र अन्सारीलाई साविकको नरसिह गाविसका सवै वडाहरुमा सुनसरी खोलाको बाढी र डुवानले जनजिवन प्रभावित बनाउनुका साथै घर डुवाने, सडक भत्काउने, हिलो हुने, बालीनाली नोक्सानी हुने, पशुधनको क्षति हुने समस्या रहेकाले सुनसरी खोलामा बाँध निर्माण गरि बाढी र डुवानको समस्या सधैका लागि समाधान गर्न माग गरेका थिए ।

उम्मेदवार जगदिश कुसियैतले मतदाताको माग सुनेपछि एमालेले चुनावी प्रतिवद्धतापत्रको पहिलो प्राथमिकतामा रामधुनी वन दक्षिणतर्फ भोक्राहादेखी घुस्कीसम्म सुनसरी खोलामा तटबन्धन बाँध निर्माण गर्ने योजनालाई समावेश गरेकाले आफुहरुले चुनाव जित्नासाथ संद्यिय सरकार र प्रदेश सरकार मार्फत खोलामा बाँध बाध्ने योजनासगै सडकलाई कालोपत्रे गरि स्थानियलाई समृद्धीतर्फ लैजानका लागि कृषिक्षेत्रमा आधुनिकरण गरि सुखी र समृद्ध बनाउने प्रतिवद्धता जनाएका थिए ।

प्रदेश सरकारका पुर्वमन्त्रीसमेत रहेका कुसियैतले मतदातासँगको घरदैलोमा भोक्राहा–नरसिहमा आदीवासी जनजाती समुदायका उराँव जातीको उत्थान र विकासका लागि विशेष योजना तयार पारि संग्राहलय निर्माण, उराँव भाषामा आधारभुत तहबाटै सरकारी विद्यालयमा पठनपाठन गराउने व्यवश्था मिलाउने प्रतिवद्धता जनाए ।

यसैगरि प्रदेशसभाका उम्मेदवार अब्बास अन्सारीले भोक्राहा–नरसिह गाउपालिकाको ६ नम्बर ७ नम्बर र ८ नम्बर वडामा रहेका मरदसा तथा सरकारी सामुदायिक विद्यालयलाई स्तरउन्नती गर्दै अग्रेजी माध्यमबाट गुणस्तरिय उच्च शिक्षा हासिल गर्न इनरुवालगायतका शहरमा अध्यय्न गर्न जानुपर्ने बाध्यता हटाउने प्रतिवद्धता जनाएका थिए ।

अघिल्लो लेखमासुनसरी ४ का नेकपा एसका प्रदेश र जिल्ला तहका नेता एमालेमा प्रवेश
अर्को लेखमाविकासप्रेमी उपनाम पाएका ज्ञानेन्द्रको चुनावी घरदैलोमा विकासका योजना माग गर्दै मतदाता

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्