कोशी गाउँपालिकामा बैठकमा उपस्थित नभई बैठक भत्ता लिने गरेको खुलासा

0
158
It has been revealed that the meeting allowance was taken in Koshi village municipality without attending the meeting
koshi gaupalika

पप्पु यादव भाण्टावारी । सुनसरीको कोशी गाउँपालिकाका कर्मचारी र पदाधिकारीहरुले आफू उपस्थित नै नभएको बैठक बापतको बैठक भत्ता बुझ्न गरेको पाईएको छ ।

महालेखा परिक्षकको कार्यालय लेखा परिक्षण प्रतिवेदन २०७८ ले आर्थिक कार्यविधी नियमावली २०६४ को नियम ३६(३) अनुसार गरिने खर्च गाउँपालिकाको सदस्यहरुको सुविधा सम्बन्धि ऐन २०७५ को दफा ३ अनुसूचि १ अनुसार कार्यपालिका बैठकमा उपस्थित नभई बैठक भत्ता लिएको देखिएकाले ३६ हजार ५५० रुपैया असुल गरी स्थानीय सञ्चित कोषमा दाखिला गरेको प्रमाण पेश गर्न निर्देशन दिएको छ ।

यसरी बैठकमा उपस्थित नभई बैठक भत्ता बुझ्नेहरुमा अकलीदेवी सरदार (दुईपटक), राजकुमार साह, सोभाकुमारी मेहता, अमना खातुन, खगेन्द्र गिरी (दुई पटक), सुरप्रसाद दंगाल (दुईपटक), धर्मेन्द्र विश्वास (दुईपटक), महफुज आलम (दुईपटक), साहज आलम, निरञ्जनकुमार मण्डल, इन्द्रदेव यादव, विन्देश्वर यादव, सरितादेवी मण्डल रहेका छन।

त्यसैगरी आयकर ऐन २०५८ को दफा ८८ र ८९ मा भुक्तानीमा अग्रिम कर कट्टा गर्नु पर्ने ब्यवस्था विपरित कोशी गाउँपालिका कार्यालयले सृष्टि समाज नेपाल संस्थामार्फत १२ लाख २९ हजार ३१० रुपैया तालिम कार्यक्रम सञ्चालन गरेकोमा सम्बन्धित संस्थाले विजक जारी गरेको नेदेखिएकोले सो संस्थाबाट १५ प्रतिसत कर १ लाख ६६ हजार ४७ रुपैया कट्टा गरी संघीय सञ्चित कोषमा दाखिला गरेको प्रमाण पेश गर्न निर्देशन दिएको छ ।

यसैगरी जनस्वाथ्य अधिकृत मोहम्मद समिम अन्सारीले भुक्तानी लिएको ५४ हजार ५२८ रुपैया, हेल्थ असिष्टेन्ट अमरेन्द्रकुमार गुप्ताले लिएको ५१ ह्जार १ सय, पवनकुमार साहले लिएको ४९ हजार ५८७ रुपैया समेत कर नबुझाएको हुँदा असुल गरी संघीय सञ्चित कोषमा जम्मा गर्न निर्देशन दिएको छ ।

त्यसरी नै बीपी मदन आधारभुत विद्यालय कोशी ४ लाई दोहोरो हुने गरी २१ ह्जार ९३५ रुपैया दिवाखाजा कार्यक्रम बापत निकासा दिएकोले असुल गर्न निर्देशन दिएको छ ।

त्यसैगरी मुल्य अभिबृद्धि कर दाखिल नगरी बाटो निर्माण कार्यको भुक्तानी लिने ठेकेदारबाट १४ लाख २४ हजार ७६४ रुपैया असुल गर्न निर्देशन दिएको छ । जसमा पुष्पाञ्जली÷साह÷आरके जेभी प्यान नम्बर ६०९४७६६१७, खुस्बु निर्माण सेवा प्यान नम्बर ६०८००१४५२ ले मुल्य अभिबृद्धि कर नतिरी कारोवार गरेकोले असुल गर्न निर्देशन दिएको हो ।

गाउँपालिकाले २० लाखभन्दा बढीको औषधी खरिद गर्दा डब्लुएचओ सर्टिफाईड उत्पादन मिति, ब्याच नम्बर र समाप्त मिति उल्लेख गरी मुचुल्का नउठाएको, जिन्सी किताबमा आम्दामी बाँधी खर्च नगरेको, औषधी खरिद गरी हस्तान्तरण गरिएको जिन्सी अभिलेख र प्रमाण नरहेकाले त्यसमा अनियमित भएको निष्कर्स निकालेको छ ।

वालवालिकाको सामाजिक सुरक्षा भत्ता बापतको पेश्की ४ लाख ९१ ह्जार २ सय रुपैया फर्छौट गरेको नदेखिएकोले तुरुन्त फर्छौट गर्न निर्देशन दिएको छ ।
त्यस्तै वडा नम्बर १ को कृषि प्रसोधन भवन निर्माणको जिम्मेवारी पाएको प्रविण एण्ड सन्स कन्ट्रक्सनले लिएको पेश्की १५ लाख ५६ हजार फर्छौट नगरेकोले फर्छौट गर्न निर्देशन दिएको छ ।

यसैगरी कोरोना कोषतर्फ कोभिड १९ को ब्यवस्थापन गर्न २ करोड २८ आम्दामी गरेकोमा २ करोड २६ लाख ४५२ रुपैया खर्च भई १ लाख १३ हजार ५४६ रुपैया मौज्दात रहेको कोरोना रोकथाम तथा उपचार खर्चमा सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ को पालना नभएको औल्याएको छ ।

त्यसैगरी प्रतिवेदनले ८६ लाख ५४ हजार रुपैया बेरुजु देखिएको ठहर गरी सो मध्ये म्याद नाघेका असुल गर्नु पर्ने ४१ लाख ९९ हजारको प्रमाण पेश गर्नु पर्ने र २७ लाख ३२ हजार नियमित गर्नु पर्ने, १० लाख ३२ हजार र पेश्की बाँकी ४ लाख ९१ ह्जार फर्छौट गर्नु पर्ने देखिएको उल्लेख गरेको छ ।

अघिल्लो लेखमाइनरुवाका तीनजना एकल महिलालाई देश विदेशमा बस्ने इनरुवासीवासीले दिए घर उपहार
अर्को लेखमामञ्जु मञ्जुभाषिणी पाँच मुक्तक

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्