भाण्टावारी सिमानाकाबाट बेचविखनका लागि भारत युवती लैजाने पक्राउ

5
336
Arrested for taking Indian girl from Bhantawari border for trafficking
Bhantawari border checkpoints

पप्पु यादव भाण्टावारी । सुनसरीको भाण्टावारी सिमानाकाबाट एकजना भारतिय नागरिकले एक नेपाली नागरिक महिलालाई बेचविखनका लागि भारततर्फ लैजादै गर्दा नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भाण्टावारी सिमानाका हुदै भारतको भिमनगर तर्फ जाने क्रममा प्रहरीले शंकास्पद अवश्थामा रहेका व्यत्तीलाई सोधपुछ गर्ने क्रममा बेचविखनका लागि महिला लैजादै गरेको फेला पारेको हो।

प्रहरीका अनुसार सिमा प्रहरी चौकी भाण्टावारीले भारत विहार राज्य सुपौल जिल्ला छिटही हनुमाननगर गोपालपुर वडा नं. ५ बस्ने वर्ष ३२ को मोहम्मद फिरोजलाई पक्राउ गरेको हो।

पक्राउ परेका मोहम्मद फिरोजले काठमाडौ शंखरापुरा नगरपालिका बडा नं. ४ लप्सेफेदी बस्ने वर्ष २० की युवतीलाई ललाई फकाई गरी भारतीय बजारमा बेचविखनका लागि सिमाक्षेत्रबाट भारततर्फ लैजादै थिए ।

प्रहरीले फिरोजलाई मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन २०६४ बमोजिम कानुनी कारवाहीका लागि सुनसरी जिल्ला अदालतबाट दिनको म्याद लिई अनुसन्धान थालेको छ ।

प्रहरीका अनुसार पिडित युवतीले भारतिय नागरिक फिरोज काठमाण्डौमा घर बनाउने ठेक्का लिई काम गर्ने गरेको अवश्थामा पीडितको घरपनि ठेक्कामा बनाउँदा बोलचाल, चिनजान भएपछि फकाएर भाण्टावारीसम्म ल्याएका थिए ।

पडितलाई भारतिय नागरिकले मन पराउने र विवाह गर्ने प्रस्ताव राखी विभिन्न प्रलोभन पारेर बिहेको कपडा किन्ने निहुँ बनाएर भाण्टावारीसम्म लिएर आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

भान्टावारीमा ल्याएर राती नारायणी होटलमा राखी करणी समेत गरेको पीडितबाट जाहेरीमा उल्लेख भएकाले आवश्यक कानुनी प्रकृया पु¥याई जबरजस्ती करणी मुद्धामा समेत अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

अघिल्लो लेखमाइनरुवा नगरपालिकाका लेखा अधिकृतको कार्यकक्षमा वडाअध्यक्षद्धारा तालाबन्दी
अर्को लेखमासप्तकोशी नदीको पुर्वी तटबन्धको नेपाल–भारतका अधिकारीको संयुक्त निरिक्षण

5 टिप्पणीहरू

  1. I have been browsing online more than three hours today, yet I never found any interesting article like yours. It is pretty worth enough for me. In my view, if all webmasters and bloggers made good content as you did, the internet will be a lot more useful than ever before.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्