कांग्रेसबाट ३३ वर्षसम्म अवसर नपाएका अब्बासलाई जिताउन “चुपेचाप पडोसीके छाप” अभियान

0
68

पप्पु यादव, भुटाहा । नेकपा एमालेकाबाट सुनसरी ४ नम्बर निर्वाचन क्षेत्र प्रदेशसभा ख तर्फ उम्मेदवार भएका हरिनगर गाउँपालिका स्थित रामनगर भुटाहाका अब्बास अन्सारीलाई जिताउनका लागि स्थानीयले “चुपेचाप पडोसीके छाप” अभियान सुरु गरेका छन ।

नेपाली कांग्रेसको विभिन्न संगठनबाट १६ वर्षको उमेरदेखि राजनीतिक यात्रा सुरु गरेका ४९ वर्षिय अब्बास अन्सारीले ३३ वर्षसम्म कुनै अवसर नपाएको भन्दै यसपटक मतदाताले उनलाई न्याय दिलाउनका लागि “चुपेचाप पडोसीके छाप” अभियान चलाएर चुनाव जिताउन लागेका हुन ।

३३ वर्षसम्म राजनीतिक लगानी रहेको पार्टीले सधै अन्याय गर्दै अवसर नदिएपछि आफ्नै सहकर्मी साथीभाई र कांग्रेसका नेताहरुको सल्लाहमा एमालेमा प्रवेश गरेका अब्बास अन्सारीलाई मंसिर ४ गते हुने निर्वाचनमा जिताउन उनका कांग्रेस पार्टीका सहकर्मी र साथीभाईले बाहिर नदेखिने गरि भित्र भित्रै “चुपेचाप पडोसीके छाप” अभियान चलाएका हुन ।

हरिनगर गाउँपालिकाका ६ वटा वडा, इनरुवा नगरपालिकाका ३ वटा वडा र भोक्राहा नरसिंह गाउँपालिकाका ८ वटा वडाका मतदाताका बिचमा एक पटक घरमै गएर प्रत्यक्ष भेटघाट गर्ने लक्ष्यका साथ चुनावी प्रचार प्रसारमा होमिएका अब्बास अन्सारीलाई हरिनगरका मतदाताले भोक्राहा नरसिंह र इनरुवाका मतदाताको मन र मत दुवै जित्ने गरि चुनावी अभियान चलाउन सुझाव दिदै हरिनगरका मतदाता उनको पक्षमा भित्र भित्रै सक्रिय भएका हुन ।

हरिनगर ७ घुस्कीका समसाद जटले सानै उमेदरदेखि राजनीतिमा लागेका समाजसेवी भद्र भलादमी युवा अब्बासले कांग्रेसबाट कहिले कुनै अवसर नपाएकाले यसपटक एमालेले उनलाई न्याय गर्दै उम्मेदवार बनाएकाले साथीभाईको सम्बन्धले सवै पार्टीका मानिस जिताउनका लागि सहयोगमा जुटेको बताए ।

भुटाहा घर भएका श्याम मोचीले भने, ‘फरक धर्म जातका मानिस भएपनि अब्बास अन्सारीले भेदभाव नगरी मर्दा पर्दा सवै धर्म जातका गरिब दुखी र असाहयलाई सहयोग गर्दै आएका उनलाई प्रदेशसभा सासंदमा जिताउनका लागि सवै गाउँले एकजुट भएका छौ ।

हरिनगराका रामेश्वर मेहताले भने, ‘काग्रेसमा लागेर इमान्दारीका साथ राजनीतिक गर्दै आएका अब्बासलाई कांग्रेसले कुनै अवसर नदिएपछि सवैसँगको सल्लाहमा एमाले प्रवेश गरि उम्मेदवार भएकाले जसरी भएपनि चुनाव जिताउनुपर्छ भनेर हामीले भित्र भित्रै “चुपेचाप पडोसीके छाप” अभियान चलाएका छौ ।’

भुटाहाबाट माविसम्मको माध्यामिक र मदरसा शिक्षा पुरा परेका अब्बासले भारतबाटसमेत विश्व विद्यालय र मदरसाको उच्च शिक्षा हासिल गदै समाजसेवा, व्यवसाय, नेपाल विद्यार्थी संघ, तरुण दल र नेपाली काग्रेसको राजनीतिमा ३३ वर्षसम्म योगदान दिएका थिए ।

अघिल्लो लेखमासुनसरी ४ नम्बरमा विभिन्न दलबाट ३ सयजना एमालेमा प्रवेश
अर्को लेखमागच्छदारसँग मतदाताको आक्रोस तपाईलाई भोट दिए पनि तपाईले सपथ खान पाउनु हुन्न, सपथै खान नपाउनेलाई किन भोट दिने ?

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्