दल बदलेर होइन मत बदलेर सुनसरी ४ का मतदाताले जिताउछन ः जगदिश कुसियैत

0
189
Voters of Sunsari 4 will win not by changing parties but by changing votes: Jagdish Kusiait
ssssssssssssssssssssss

पप्पु यादव लौकही । नेकपा एमालेका तर्फबाट सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा उम्मेदवार रहेका जगदिश कुसियैतले यस पटक दल बदलेर होइन मत बदलेर मतदाताले चुनाव जिताउने दावी गरेका छन ।

हरिनगर गाँउपालिकाका विभिन्न वडामा मतदाता भेटघाट गर्दै हिडेका एमाले नेता कुसियैतले मतदातालाई तपाईहरुले पार्टी फेर्नु पर्दै आफु यस पटक मत बदलेर चुनाव जिताउन आग्रह गरेका हुन ।

सुनसरी ४ ख प्रदेशसभाका उम्मेदवार अब्बास अन्सारीसहित आफना सयौ समर्थकको साथमा भुटाहा बजारबाट मतदाताका बिचमा रोड शो तथा भेटघाट गर्दै पालिकाका विभिन्न वडामा पुगेका उम्मेदवार कुसियैतले एक पटक यसै पटक एमालेका उम्मेदवारलाई मत दिन आग्रह गरेका थिए।

कुसियैतले आफु आवद्ध रहेको जुनसुकै राजनितीक पार्टी भएपनि २०७९ मंसिर ४ गते हुने निर्वाचनमा एमालेका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारलाई मतदान गरेर यस क्षेत्रको विकासमा काम गर्ने जनप्रतिनिधि चुन्न आग्रह गरेका हुन ।

हरिनगर क्षेत्रमा रहेका विभिन्न राजनितिक दलका सयौ नेता कार्यकर्ताहरुको घरमा पुगेका कुसियैतले स्थानिय उम्मेदवारका रुपमा आफुलाई प्रस्तुत गर्दै छिमेकी र भुमिपुत्र भएको नाताले जित्ने उम्मेदवारलाई मत दिन आग्रह गरेका थिए ।

कुसियैत घरदैलोको क्रममा भने प्रचार प्रसारका लागि सवै मतदाताको घरमा जान कोशीश गरिरहेको छु जान नसकेको गाउ टोलमा रोड शो मार्फत सवैलाई अपिल गर्दै आफ्नो एजेन्डाका ’boutमा विभिन्न माध्यमबाट जानकारी दिने प्रयासमा छु ।

कुसियैत भने सुनसरी ४ नम्बरको विकासमा समर्पित रहेर जनताको सेवा गर्दै आएकाले जनताले मलाई जिताउनेमा विश्वस्त छु ३० वर्षदेखि यस क्षेत्रको विकास र समस्याको निकासका लागि मतदाताले मतदान गरि जिताउनेमा ढुक्क छु ।

एमालेबाट उम्मेदवार बनेका कुसियैतलाई उपेन्द्र यादवको पार्टी जनता समाजवादी पार्टीले समर्थन गरेको छ ।

सुनसरी ४ नम्बर क्षेत्रको निर्वाचनमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाले काँग्रेसबाट उम्मेदवार बनेर पटकपटक जितेका थिए । कुसियैतले पनि जितेका छन् ।

२०४८ सालमा नेकपा एमालेको तर्फबाट तत्कालिन नेता उपेन्द्र यादव उम्मेदवार थिए । काँग्रेसका डाक्टर खलिल अजाद मियाँले यादवलाई भारी मतले पराजित गरे ।

०५१ सालको निर्वाचनमा गिरिजाप्रसाद कोइरालासँग जगदीश कुसियैत पराजित भए । ०५३ सालको उपनिर्वाचनमा कुसियैत निर्वाचित भए । त्यसबेला काँग्रेसका उम्मेदवार हरि सापकोटा पराजित भए । त्यसबेलो झण्डै १० हजार बढी मतले चुनाव जितेका थिए ।

०५६ सालमा कुसियैत मालेतिर लागेपछि सो क्षेत्रबाट एमालेले महफुज आलम अन्सारीलाई काँग्रेसका गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा भएको थियो भने निर्वाचन भने कोइरालाले नै जिते ।

त्यसपछि ०६४ सालमा एमालेबाट उम्मेदवार बनेका महफुज आलम अन्सारी र काँग्रेस नेतृ तथा गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइरालालाई तत्कालिन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले पराजित गरे ।

०७० सालमा पुनः कुसियैत चुनाव लडे । उनलाई यादवले पराजित गरे । ०७४ सालमा बाम गठबन्धनबाट उम्मेदवार बनेका रमेश श्रेष्ठलाई काँग्रेस नेता ज्ञानेन्द्र कार्कीले पराजित गरेका थिए ।

यस पटक भने जसपाले एमालेलाई समर्थन गरेको छ । अघिल्लो पटक कार्कीलाई नै जसपाले समर्थन गरेको थियो ।

अघिल्लो लेखमाकांग्रेस र एमालेको दुष्प्रचारमा विश्वास नगर्न आग्रह
अर्को लेखमाभीम र रामप्रसाद सुनसरी २ नम्बरका निराश जनताको आशा जीवित राख्ने विकल्प बन्ने रणनीतिमा

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्