कोशी कहर भोगेका जगदिश कुसियैतको कोशी क्षेत्रमा अग्नी परिक्षा

0
60
Agni Praksha in the Koshi region of Jagdish Kusiait who suffered the Koshi disaster
jjjjjjj

पप्पु यादव, लौकही । सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका नेकपा एमालेका नेता जगदिश कुसियैतको यसपटक कोशी क्षेत्रमा अग्नी परिक्षा हुने भएको छ ।

२०६५ साल भदौ २ गते कोशी टप्पु वन्यजन्तु आरक्ष नजिक पश्चिम कुशाहामा सप्तकोशी नदीको पुर्वी तटबन्ध भत्किदा उनको घर रहेको श्रीपु्रजब्दी जलाशयमा परिणत हुँदा एमाले नेता जगदिश कुसियैत कोशी व्यारेजमा फसेका थिए ।

कोशी गाउँपालिका ४ नम्बर वडामा स्थायी बसोबास रहेका कुसियैतले आफुलाई यस निर्वाचनमा धर्तीपुत्र भूमिपुत्रका रुपमा प्रस्तुत गर्दै निर्वाचन अभियानमा होमिएका छन ।

कोशीको कहरले घरवार बिहीन भएका कुसियैत बाढी पीडित बन्न पुगेपछि हजारौ पीडितसँगै शिविरमा बस्न पुगे । कोशी नदीको बाढीबाट भौतिक सम्पत्तीमा क्षती पुगेपनि उनले आफ्नो राजनीतिक यात्रामा भने बिराम लगाएनन् ।

निरन्तर एमालेको संगठनमा लागिरहे । २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा सासंद निर्वाचित भए । कोशी टप्पु मध्यवर्ती क्षेत्रका रुपमा रहेको प्रकाशपुरदेखि हरिपुरसम्मका स्थानीयले झै कोशी बाढी पीडित र वन्यजन्तु आरक्षबाट हुने पीडालाई आफै अनुभुती गरिरहेका कुसियैतले यहाँका स्थानीयले छोराका रुपमा माया गरेर चुनावमा विजय गराउने दावी गरेका छन ।

उनको चुनावी अभियानमा सहयोग गर्दै हिडेका जसपाका वरिष्ठ नेता देवकृष्ण यादव गोर्वद्धनले एमालेसँगको चुनावी तालमेलपछि कोशी क्षेत्रको विगतको राजनीतिक विरासतमा परिवर्तन ल्याउन कोशी क्षेत्रका स्थानीय चुनावमा होमिएको दावी गर्छन ।

यादवले यहाँको हावापानी र माटोले खोजेको नेताका रुपमा कुसियैतलाई रोज्दै आफ्नो शासन गर्ने जनप्रतिनिधि यहीको रैथानेलाई बनाउन कोशीवासी प्रतिवद्ध भएको बताए ।

सुनसरी ४ नम्बर क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो । त्यहाँ कांग्रेसले २८ हजार ७५६ मत पाएको छ । यस्तै एमाले २३ हजार ६१३, जसपाले जसपा ९ हजार ८६३, नेकपा एसले एस ३ हजार ७००, माओवादीले ३ हजार ६४६, राप्रपाले ३ हजार ४५७ र लोसपाले १ हजार ५०४ मत ल्याएको छ ।

यही मतका आधारमा भन्ने हो भने सत्ता गठबन्धनबाट उम्मेदवार बनेका संचारकर्मी कार्कीको पक्षमा ३७ हजार ६०६ मत पुग्छ । यस्तै एमाले र जसपाको मत भने त्यहाँ ३३ हजार ४७६ मत रहेको छ ।

सोही क्षेत्रमा पर्ने वडाहरुमा रामधुनी ४ मा एमालेका वडाध्यक्ष छन् । यस्तै बराहक्षेत्रको ६ वटै वडामा कांग्रेस, इनरुवा नगरपालिकाको ३ र ८ नम्बर वडामा एमाले, ४ नम्बर वडामा लोसपाले जित निकालेको छ ।

यस्तै भोक्राहा नरसिंह गाउँपालिकाको ४ वटा वडामा कांग्रेस, ३ वटामा राप्रपा र एउटामा नेकपा एकीकृत समाजवादीले जितेको छ । यस्तै कोशी गाउँपालिकाको ४ वटा वडामा कांग्रेस, जसपा २ वडामा तथा माओवादी र नेकपा एमालेले १–१ वडामा जित निकालेका छन् । ४ नम्बर क्षेत्रमा पर्ने हरिनगरा गाउँपालिकाको २–२ वडामा एमाले र काँग्रेस तथा एक–एक वटामा जसपा र नेकपा एकीकृत समाजवादीले जित निकालेका छन् ।

२०७४ सालको निर्वाचनमा सुनसरी ४ बाट कांग्रेसबाटै उम्मेदवार बनेका कार्कीले बाम गठबन्धनका उम्मेद्वार एमालेका रमेश श्रेष्ठलाई झण्डै ८ हजार मत अन्तरले पराजित गरेका थिए । श्रेष्ठले २५ हजार ७५० मत ल्याउँदा कार्कीले ३२ हजार २४७ मत ल्याएर विजयी बनेका थिए । यस्तै राष्ट्रिय जनता पार्टी नेपालका राम नरायण यादवले ५ हजार २० मत ल्याएका थिए ।

अघिल्लो लेखमासञ्चारमन्त्री कार्कीसहित सुनसरीका स्थानिय तहका चारजना पालिका प्रमुख उपर सरकारी स्रोतको दुरुपयोग र भोजभतेर गरि आचारसंहिता उलंघन गरेको भन्दै उजुरी
अर्को लेखमाअध्याँरो श्रीलंका टापुमा विजुली बाल्ने नेता भन्दै मन्त्री कार्कीको भब्य स्वागत

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्