पप्पु यादव, सुनसरी । सुनसरी ४ नम्बर क्षेत्रको बराहक्षेत्र नगरपालिका स्थित सप्तकोशी पारीतर्फको वस्ती श्रीलंका टप्पुमा मतदातासँग भोट माग्दै घरदैलोमा पुगेका नेकपा एमालेका उम्मेदवार जगदिश कुसियैतसँग मतदाताले सेल्फी खिच्न तछाडमछाड गरेका छन ।

कोशी डुवान र उकासको जग्गामा वर्षौदेखि बसोबास गर्दै आएका श्रीलंका टप्पुवासीले प्रतिनिधिसभाका उम्मेदवार कुसियैतलाई स्वागत गर्नुका साथै चुनावमा सफलता प्राप्ति होस भन्दै शुभकामना दिदै सेल्फी फोटो खिचेर आत्मीयता साटेका हुन ।

प्रदेशसभा सासंदसमेत भईसकेका उम्मेदवार कुसियैतले यसक्षेत्रको विकासका लागि शेरधन राई मुख्यमन्त्री रहेको प्रदेश सरकारका तर्फबाट यसक्षेत्रमा सिनेमा सुटिड्डका लागि स्टेडियम, एयरपोर्ट, खेलकुद रड्डशाला, कृषि तथा पशुपालन व्यवसायीक फर्म संचालन, पर्यटन क्षेत्रको विकास, झोलुङेगो पुल लगायतका एकिकृत योजनाहरु अगाडि ल्याएका थिए।

मतदाताको स्वागतसगै कुसियैतले यसक्षेत्रको विकासमा आफूले थालेका दिर्घकालिन महत्वका योजनाहरु अब आउने ५ वर्षभित्र पुरा गर्न प्रतिवद्ध रहेको बताएका थिए ।

कुसियैतलगायत शेरधन राई नेतृत्वमा रहेका मन्त्रीहरुले योजना अध्ययनका लागि श्रीलंका टप्पुमा सम्भावित पूर्वाधारका ’boutमा स्थलगत जानकारी लिदै आएका थिए।

श्रीलंका टप्पुका दिनेश चन्द्रबंशीले माटो हावापानी बुझेका २०६५ सालमा कोशी बाँध फुटदा घरवार बिहीन भएका उम्मेदवार कुसियैत सवैसँग घुलमिल हुने व्यक्ति भएकाले यहाँका स्थानीयलाई उनले धेरै पटक सहयोग गरेका कारण लोकप्रिय रहेको बताए ।

कुसियैतले घरदैलोमा फूलमालासहितको स्वागत स्वीकार्दै युवा किशोरी किशोरीको मतदाताको आग्रहमा सेल्फी फोटो खिचाउँदै घरदैलोमा विकास निर्माण लगायतका कोशी कहरको पिडाका ’boutमा जानकारी लिएका थिए ।

मैथली, ठेटी भाषा बोल्ने मतादाताका बिचमा पुगेका कुसियैतले स्थानीय भाषामा कुराकानी गर्दै आर्शिवाद दिन र एमालेका उम्मेदवारलाई चुनावमा जिताउनका लागि सहयोग गर्न आग्रह गरेपछि उत्साहित भएका मतादाताले पछि पछि हिडेर साथ दिएका थिए ।

स्थानीय अञ्जना माझीले उम्मेदवार कुसियैत श्रीलंका टप्पुवासीको विकास निर्माणलगायतका समस्याका ’boutमा जानकारी लिन र मतदातालाई परेको पिरमर्कामा साथ सहयोग दिने गरेकाले उहाँको घरदैलोमा सहभागी भएको बताइन।

नेकपा एमालेका नेता दिपक लिम्बुले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकास, संचार सुविधालगायतका आवश्यकताबाट सधै बञ्चीत हुदै आएका श्रीलंका टप्पुवासीले एमालेका पक्षमा सधै साथ दिदै आएकाले यसपटकसमेत गठबन्धनका उम्मेदवारलाई विजय गराउन अग्रपत्तीमा रहेर चुनावी अभियानमा होमिएको बताए।

अघिल्लो लेखमासुनसरी ३ मा भगवती चौधरी स्थानीय तहको मतको आधारमा धेरै अगाडि
अर्को लेखमाइनरुवालाई मिसन बनाएर चुनावी माहौल तताउदै भीम आचार्य र रामप्रसाद मेहता

11 टिप्पणीहरू

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्