पप्पु यादव सुनसरी । हरेक वर्ष वर्षा याम सकिन लाग्दा बसाईसराई गरेर आउने पाहुँना चराहरु कोशी टप्पु बन्य जन्तु आरक्षसहित आसपासका सिमसार क्षेत्रमा फाट्टफुट्ट देखिन थालेका छन ।
दशै पछाडि यो क्षेत्रमा बसाईसराई गरेर आउने साईबेरियासहित जाडो क्षेत्रबाट जाडो छल्न आउने पाहुँना चराहरु यसवर्ष अरु वर्षभन्दा केही अघिबाटै यो क्षेत्रमा देखिन थालेका हुन ।
चरा अवलोकनकर्ताहरुका अनुसार यो वर्ष केही छिट्टै सप्तकोशी नदी र आसपासका सिमसार क्षेत्रसहित बर्जुताल लगायतका सिमक्षेत्रमा पाहुँना चराहरु देखिन थालेका छन । यद्यपि अहिले यसरी आउने चराहरुको संख्या भने एकदमै न्यून छ । झुण्डका झुण्ड भएर करिब छ महिना कोशी टप्पु र आसपासका सिमसार क्षेत्रमा विचरण गरेर बस्ने चराहरु पछिल्लो केही समयदेखि भने सानो संख्यामा मात्रै यो क्षेत्रमा आउने गरेका छन ।
अहिले बसाईसराई गरेर यो क्षेत्रमा आउने चराहरु चैत अन्तिमसम्म जाडो छल्न बस्ने गर्दछन भने त्यसपछि उनीहरु विस्तारै आफ्नो मुल गन्तब्यमा फर्किने गरेका छन ।
कोशी टप्पु बन्य जन्तु आरक्ष र आसपासका सिमसार क्षेत्रमा ५ सय ३१ प्रजातिका पाहँुना र रैथाने चराहरु अहिलेसम्म रेकर्ड भएका छन ।
पंक्षी संरक्षणकर्मी राजकुमार सिंह कोशी टप्पु र आसापासका क्षेत्रमा जाडो छल्न नेपालको हिमाली क्षेत्रसहित साइबेरियासम्मबाट हजारौको संख्यामा झुण्डका झुण्ड चराहरु आउने गरेकोमा पछिल्लो समयमा सिमसार क्षेत्रको विनास र सिमसार क्षेत्रमा मानव अतिक्रमणका कारण खाद्यान्न र बासस्थान गुमाउँदा धेरै पाहुँना चराहरुले आफ्नो गन्तब्य बदलेको बताउँछन ।
उनका अनुसार कोशी टप्पु र आसपासका सिमसार क्षेत्रमा हिउँद मौसम लागेपछि चराको चर्चा हुने गरेको भएपनि यहाँ बर्षैभरी विभिन्न किसिमका चराहरु जाने आउने क्रम जारी रहने भन्दै हिउँदमा आएका चराहरु लामो समय रहने र यो समय पर्यटकीय मौसमसमेत भएकोले हिउँदमा आउने पानी चराको विषयमा चर्चा हुने गरेको अनुभव सुनाउँछन ।
कोशीटप्पुमा बर्सेनि नयाँ नयाँ प्रजातिका चरा आउने क्रम थपिए तापनि विगत वर्षहरुमा झैँ झुण्ड झुण्डमा आउने चराको संख्यामा भने कमी आएको उनी बताउँछन ।
यो क्षेत्रमा आउने चराहरु कोशी टप्पुसहित सुनसरीकै बर्जुताल र बेतना सिमसार लगायतका पानी भएको क्षेत्रमा विचरण गर्ने गर्दछन । अधिकांश चराहरु कोशी टप्पुमै बस्ने गरेको भएपनि यहाँका प्राकृतिक बासस्थान विनास र मानव अतिक्रमणका कारण धेरै चराहरुले आफ्नो बासस्थान बदलेका छन । अहिले कोशी लर्निङ ग्राउण्डले नास भएका सिमसार क्षेत्रको पुर्नस्थापनका लागि जग्गा खरिद गरेर कार्यक्रम अगाडि बढाउनुका साथै बाँकी रहेका जलसायहरुको सरसफाई अभियान चलाएपछि पछिल्लो समयमा कोशी टप्पु आउने चराहरुको संख्या केही बढेको सिंह बताउँछन ।
बर्सेनि करिब एक सय ५० प्रजातिका चरा रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेको तथ्याङ्क रहेको छ । करिब ५० प्रजातीका बटुवा चरा नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत, पाकिस्तान र श्रीलङ्कातिर जाने गर्दछन् । जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोसीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोसी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्रायः रहने गर्दछन् ।
जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् । अन्य प्रजातिमा सिकारी तथा माँसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइ आदि पर्दछन् ।
दक्षिणी मुलुक र अफ्रिकाबाट हजारौँ ग्रीष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्दछन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा फर्कन्छन् । यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ ।
नेपाल आउने अन्यमा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि रहन्छन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य बासस्थान भने वन र यस आसपासका घाँसे मैदान तथा कृषि भूमि हुन् ।
The point of view of your article has taught me a lot, and I already know how to improve the paper on gate.oi, thank you. https://www.gate.io/es/signup/XwNAU
Hello.This post was really interesting, especially because I was browsing for thoughts on this matter last Wednesday.