प्रजातन्त्र र संसदीय ब्यवस्थाको हिमायती राजनीतिक दलको रुपमा आफूलाई स्थापित गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रजातन्त्र स्थापनाको लागि पटक–पटक भएका आन्दोलनको नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ ।

शसस्त्रदेखि शान्तिपूर्ण आन्दोलनको नेतृत्व गरेर प्रजातन्त्रको लागि लामै त्याग गरेको नेपाली कांग्रेसमा स्थापना कालदेखि आन्तरिक रुपमा दुईदेखि तीन धारमा विभक्त रहँदै आएपनि प्रजातन्त्रको सवालमा भने सधै एकै धार रहँदै आएको थियो ।

तर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछिको अवस्थामा भने अनपेक्षित रुपमा कांग्रेसभित्रको आन्तरिक विभाजन उदेक लाग्दै रुपमा बाहिर आएका छन ।

प्रधानमन्त्रीको कदम लगत्तै नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर ग¥यो । कांग्रेसले सो कदमको विरुद्धमा आन्दोलनको घोषणा गरेर आफूलाई सडक संघर्षमा समेत उतार्यो तर प्रतिनिधिसभा विघटन र चुनाव घोषणालाई हेर्ने नजर कांग्रेसभित्र थरिथरिका देखिएका कतै कांग्रेस आफै रनभुल्लमा परेर मुलुकलाई अन्यौलतामा पार्न उद्यत त छैन भन्ने आशंकाहरु उत्पन्न थालेका छन ।

अहिले कांग्रेसभित्र तीन खाले धारहरु देखिएका छन । एक पक्षले निर्वाचनलाई अवसरको रुपमा लिएर विगतको पराजयको घाऊलाई भर्नु पर्ने पक्षलाई आफूलाई स्पष्ट रुपमा नउभ्याएपनि त्यो दिशामा ढुलमुले रुपमा उभ्याएको छ । त्यो पक्षमा स्वयम पार्टी सभापति शेरबहादुर देउवा देखिएका छन ।

उनी र उनी पक्षधरहरु निर्वाचनको पक्षमा रहेको संकेत ब्यक्त गरेपनि बाहिर आन्दोलनमै छन अर्थात उनीहरु अहिले दुई डुङ्गमा खुट्टा राखेर खोला तर्न माझीलाई अगाडि बढ्न संकेत गरिरहेका छन ।

नीतिगत रुपमा हेर्ने हो भने कांग्रेस संसद विघटनविरुद्ध घोषित रूपमै आन्दोलनमा छ । तर कांग्रेस सभापति शेरबहादुर देउवाले आन्दोलनकै क्रममा सोमवार रुपन्देहीमा आयोजित विरोध कार्यक्रममा दिएको अभिव्यक्तिले कांग्रेसभित्र र राष्ट्रिय राजनीतिमा समेत नयाँ बहस शुरू गरेको छ ।

हुन त देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सेटिङ्गमा चलेको आरोप लगाउने जमात कांग्रेसभित्रै पनि कम छैन । संवैधानिक आयोगका पदाधिकारी नियुक्त गर्दा कतिपय कांग्रेस निकट व्यक्तिसमेत परेकाले शंका थप बढेको थियो । उनका सार्वजनिक अभिब्यक्ति र ब्यवहारहरुले यसखाले आशंकालाई बल पु¥याईरहेका छन ।

२०६२÷६२ को आन्दोलनको समयमा अरु दलले गणतन्त्रको माग राख्दा कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापनाको मागमा अडान छाडेको थिएन । तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको सो अडानमा अन्ततः सबै दलहरु आएका थिए । संविधानसभाबाट संविधान निर्माणको क्रममा सबै दल प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा रहँदासमेत कांग्रेसले संसदीय ब्यवस्थाको अडान छाडेर जसको कारणले मुलुक संसदीय शासन प्रणालीमा गयो । कांग्रेसले इतिहासदेखि नै संसदप्रतिको आस्था प्रकट गर्दै आएको छ ।

अहिले सरकारले संसदलाई आफ्नो कार्यकाल अगावै विघठन गरेर निर्वाचन घोषणा गरेको र दलहरुको गतिविधि र निर्वाचन आयोगको तयारीले घोषित मितिमै निर्वाचन हुन सक्नेमा आशंका उत्पन्न गरिरहेको बेला मुलुकको राजनीतिलाई कुन दिशा दिने भन्नेमा कांग्रेस आफै अन्यौलग्रस्त बन्न पुगेको छ ।

नेताहरुको फरक–फरक अभिब्यक्तिहरुले तत्कालीन प्रतिनिधिसभाको दोस्रो ठूलो दल तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद पुनःस्थापना चाहन्छ कि चुनाव ? आशंका उत्पन्न गरेको छ । कांग्रेसका नेताहरु आफै स्पष्ट हुन नसक्दा अहिले मुलुक निर्वाचनमा जान्छ कि, संसद पुनस्र्थापित हुन्छ भन्नेमा नागरिकहरु पनि अस्पष्ट हुँदा कुनै पनि दलका अभियानहरुमा नागरिक उभार देखिन सकेको छैन ।

सभापति देउवाले सार्वजनिक अभिव्यक्तिमा सर्वाेच्च अदालतले जे फैसला गर्छ, त्यो मान्ने बताउँदै आएका छन । सँसगँगै उनले चुनावमा जोड दिँदै आएका छन् । रुपन्देहीको कार्यक्रममा देउवाले भने, ‘ओलीले वैशाखमा चुनाव गराउँछु भनेका छन् । निर्वाचन आयोगले किन भन्दैन ? निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ । निर्वाचन आयोगले जनतालाई भन्नुप¥यो ६ महिनाभित्र चुनाव गराएरै छाड्छु । कार्यतालिका किन प्रकाशित गर्दैन ? दलहरूलाई किन चुनाव चिह्न दिँदैन निर्वाचन आयोगले ?’

पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलको धारणा भने छुट्टै छ । पौडेलले चुनावलाई भन्दा प्रतिनिधिसभा पुनःस्थापनालाई जोड दिँदै आएका छन् । आइतवार नेपाली कांग्रेस धादिङले आयोजना गरेको विरोध कार्यक्रममा नेता पौडेलले भने, ‘चुनाव गराएर स्थायित्व ल्याउँछु भन्नु केपी ओलीको दिवास्वप्न हो । स्थायी सरकार आफैं भत्काउने, जनताको सार्वभौम संसद्लाई आफ्नो स्वार्थको लागि विघटन गर्ने अनि स्थायित्वमा नारा दिनु राजनीतिक बेइमानी हो ।’

वरिष्ठ नेता रामचन्द्र पौडेल संसद विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहसँग मिलेर संयुक्त आन्दोलन गर्नुपर्ने मत राख्छन् । तर देउवा र पौडेल पक्षकै महामन्त्री डा. शशांक कोइराला संयुक्त आन्दोलन गर्नै नहुने धारणा राख्छन् ।
नेपाल प्रेस युनियन दाङले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा डा. कोइरालाले भने, ‘संसद विघटनको विरोधमा हुने आन्दोलनमा कांग्रेसको कोही कसैसँग सहकार्य हुँदैन । त्यसमाथि अझ कम्युनिस्टसँग झनै सम्भव छैन । कांग्रेस विचार, सिद्धान्तमा सबैभन्दा शक्तिशाली पार्टी रहेकाले आन्दोलनका लागि कसैसँग सहकार्य गर्न जरुरी छैन ।’ कोइरालाले पार्टीभित्र संसद पुनःस्थापना वा चुनाव भन्ने विषयमा मतभेद नरहेको बताउँदै वैशाखमा चुनाव हुनै नसक्ने बताए ।

सभापति देउवालाई चुनावको हतारो भइरहेका बेला युवा नेता गगनकुमार थापा संसद पुनःस्थापना भएपछि मात्रै देश चुनावमा जाने तर्क गर्छन् । आइतवार चितवनमा आयोजित विरोध सभामा थापाले भने, ‘चुनाव हुन्छ कि हुन्न भनेर कांग्रेस अलमलमा पर्न जरुरी छैन । पुनःस्थापित संसदले देशलाई चुनावमा लैजान्छ । चुनावबाट जितेर आउने हो ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमवार ललितपुरमा आयोजित कार्यक्रममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग संयुक्त आन्दोलनका लागि केही पूर्वशर्त रहेको र उनीहरूले विगतमा गरेका कामप्रति आत्मालोचना गर्नुुपर्ने तर्क राखे । तर देउवाबाहेक सो समूहका नेताहरू चुनावको ’boutमा खुलेर बोलेका छैनन् ।
नेपाल कम्यूनिष्ट पार्टीका दुई समूहले आ–आफ्नो स्पष्ट लाईन लिईसकेका छन । अर्को संसदमा रहेको दल जनता समाजवादी दलले पनि आफ्नो लाईन स्पष्ट पारिसकेको छ तर कांग्रेस अन्यौलग्रस्त रहँदा संसद पुनःस्थापना हुन्छ कि चुनाव हुन्छ भन्ने विषय नै अन्यौलमा छ । यो बेलामा कांग्रेसले आफूलाई एक पक्षमा उभ्याएर मुलुकलाई निकास दिनै पर्छ । च्याँखे दाउमा यसरी नै बसिरहने हो कांग्रेसले न निर्वाचनबाट लाभ लिन सक्छ नत पुनःस्थापित प्रतिनिधिसभामै आफूलाई सशक्त शक्तिको रुपमा उभ्यान सक्छ ।

मार्फतशशी कोइराला
स्रोतBarnamala Daily
अघिल्लो लेखमाभोक्राहा नरसिंहमा अनलाईन सेवा सुरु
अर्को लेखमागुणस्तरीय बिऊका लागि इनरुवामा संरचना शिलान्यास

9 टिप्पणीहरू

  1. You really make it seem so easy with your presentation but I find this matter to be actually something which I think I would never understand. It seems too complicated and extremely broad for me. I’m looking forward for your next post, I’ll try to get the hang of it!

  2. Definitely imagine that that you said. Your favorite justification seemed to be on the web the simplest factor to have in mind of. I say to you, I certainly get irked at the same time as folks think about concerns that they just do not know about. You controlled to hit the nail upon the top and outlined out the whole thing without having side-effects , other people could take a signal. Will likely be again to get more. Thanks

  3. I have been exploring for a bit for any high-quality articles or blog posts on this kind of area . Exploring in Yahoo I at last stumbled upon this web site. Reading this info So i am happy to show that I’ve an incredibly excellent uncanny feeling I found out just what I needed. I most undoubtedly will make certain to don’t put out of your mind this web site and give it a glance regularly.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्