बर्लिन । फ्रान्सको सहर लियोमा गोली चल्दा एक ग्रिक अर्थोडक्स पादरी सख्त घाइते भएका छन् ।

गोली प्रहारपछि आक्रमणकारी घटनास्थलबाट फरार भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

यद्यपि त्यहाँको प्रहरीले घटनामा संलग्‍न रहेको आशंकामा एकजनालाई भने पक्राउ गरी हिरासतमा राखेको बीबीसीले समाचारमा जनाएको छ ।

आक्रमण किन भएको भन्‍ने’bout अझै खुलेको छैन ।

तर पनि त्यहाँको प्रशासनले पादरी हत्या प्रयासको यो घटनाको छानबिन सुरु गरिसकेको छ ।

यसअघि भरखर मात्र दक्षिणी फ्रान्सको निस सहरमा भएको चक्कु आक्रमणमा तीनजनाको मृत्यु भएको थियो ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले भने यो घटनालाई ‘इस्लामी आतंकवाद हमला’ भनेका थिए ।

योसँगै फ्रान्सले प्रार्थना स्थलसँगै अन्य सार्वजनिक स्थलहरुमा अतिरिक्त सुरक्षाबल परिचालन गरेको छ ।

त्यहाँका सञ्चारमाध्यमहरुका अनुसार लियोमा भएको गोली प्रहारको घटना स्थानीय समयअनुसार साँझ ४ बजेतिर भएको थियो ।

पादरीले चर्च बन्द गरिरहेको अवस्थामा आक्रमणकारीले उनीमाथि गोली चलाएको थियो ।

आक्रमणकारीको साथमा एउटा सर्टगन थियो र आक्रमणपछि फरार रहेको त्यहाँको प्रहरीले जनाएको छ ।

अनुसन्धान जारी छ : गृह मन्त्रालय

फ्रान्सको गृह मन्त्रालयले भनेको छ कि- सुरक्षाकर्मीहरु घटनास्थलका साथै सार्वजनिक स्थलहरुमा व्यापक परिचालन गरिएको छ ।

साथै सर्वसाधारणलाई हमला भएको स्थान तथा थप हमलाबाट बच्‍नका लागि सावधानी अपनाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

लियो सहरका सरकारी अधिकारी निकोलस जैकेले घटनापछि शनिबार एक विज्ञप्ति जारी गरेका छन् ।

उनले भनेका छन्, ‘‘प्रारम्भिक प्रमाणका आधारमा एक शंकास्पद व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ ।’’

पक्राउ परेका व्यक्तिको साथमा हतियार पनि फेला परेको छ ।

उनका अनुसार अनुसन्धानकर्ताहरुले पक्राउ परेका व्यक्तिको पहिचान र काम’bout थप जानकारी पत्ता लगाउने कोसिस गरिरहेका छन् ।

लियोका मेयर ग्रिगोगी दुसेले सञ्चारकर्मीहरुलाई भने, “हामीहरुले अझैं आक्रमण गर्नुको कारणबाट थाहा पाएका छैनौं, अनुसन्धानपछि वास्तविक कुरो बाहिर आउला ।”

पादरीको पेटमा दुई गोली लाग्यो, उपचार हुँदै

गोली आक्रमणबाट घाइते पादरीको पहिचान खुलेको छ ।

उनी निकोलस काकावेलायकिस रहेको समाचारमा उल्लेख छ ।

उनको अवस्था चिन्ताजनक छ भने उनको स्थानीय अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ ।

पादरी निकोलसको पेटमा दुईवटा गोली लागेको छ ।

फ्रान्सका प्रधानमन्त्री ज्याँ कास्टेक्सले भनेका छन्, “हरेक नागरिकलाई पूर्ण स्वतन्त्रता र पूर्ण सुरक्षाका साथ आफ्नो आराधना गर्न दिने अनुमतिका लागि सरकार दृढ छ ।” -बीबीसी

अघिल्लो लेखमामौसमी रुघाखोकी र कोरोनाको लक्षण उस्ताउस्तै
अर्को लेखमामोटरसाईकल दुर्घटनाबाट दुई जनाको मृत्यु