बलाहामा भदौ ७ गतेसम्म बन्दाबन्दी

1
279


इनरुवा । इनरुवा नगरपालिका स्थित ५ नं वडा बलाहामा समुदाय स्तरमा कोरोना सक्रमण फैलिएकाले वडा कार्यालयले बन्दाबन्दी गर्ने निर्णय गरेको छ ।
इनरुवा ५ मा सरोकारवालाहरुको भेलाले वडा भित्र रहेका सम्पुर्ण व्यापार व्यवसाय, उधोग कारखाना, गुद्री बजार, सिटि सफारी, मोटरसाईकल लगायतका सवारी साधन चलाउन निषेध गरेको छ ।
५ नं वडा कार्यालयले एक सुचना जारी गदै भदौ ७ गते राती बजेसम्म लागु हुने गरि अत्यावश्यक काम बाहेक घरबाहिर हिडडुल नगर्न र काम परेको खण्डमा हिडडुल गर्नु परेमा दुई जना भन्दा बढी नहिडन आग्रह गरेको छ ।
सुचनामा भनिएको छ भदौ ३ गते दिनको ३ बजेदेखी ७ गते राती १२ बजेसम्म जारी सुचना अवज्ञा गरेको पाईएमा कानुन बमोजिम कडा कारवाही गरिने जानकारी गराईन्छ ।

अघिल्लो लेखमासुशान्तको मुद्दाको छानबिन गर्न सीबीआइलाई सर्वोच्च अदालतको आदेश
अर्को लेखमासुनसरीमा ४ सशस्त्र प्रहरीसहित १८ जनामा कोरोना संक्रमण

१ प्रत्रिक्रिया

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्