भाण्टावारी । कोशी गाउँपालिका स्थित नेपाल भारत सीमा क्षेत्रको भाण्टावारी बजार नजिक आउदै गरेको चाडपर्वको अवसर पारेर सरोकारवालाहरुले सरसफाई गरेका छन ।

आइतवार समुदाय प्रहरी साझेदारी कार्यक्रमको आयोजनामा भएको कार्यक्रममा स्थानिय जनप्रतिनिधिहरु, सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, व्यापारी, सामाजिक अगुवाहरुले बजार क्षेत्रमा कुचो लगाएर सफा गरेका हुन ।

आउँदै गरेको चाडपर्वमा भाण्टावारी आउने पाहुनालाई सरसफाईको सन्देश दिन र स्थानीयहरुलाई सफा सुग्धरमा ध्यान दिनका लागि प्रोत्साहन गर्न कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सशस्त्र प्रहरीका सशस्त्र प्रहरी निरिक्षक मनोज मनोज खनाल, इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक शेरबहादुर पराजुली, ट्राफिक प्रहरी इन्चार्ज भुवन बिक, वडाअध्यक्ष बलराम क्षेत्री, स्थानिय चन्दन यादवलगायत अगुवाहरुको सहभागीता रहेको थियो ।

अघिल्लो लेखमाइनरुवाका थारु र मधेसी महिलाले मनाए सामुहिक रुपमा जितीया पर्व

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्