भाण्टावारी । कोशी टप्पु वन्यजन्तु आरक्ष स्थित मध्यवर्ती क्षेत्र व्यवश्थापन समितिको अध्यक्षमा संरक्षणकर्मी राजकुमार सिह अध्यक्षमा निर्वाचित भएका छन ।

कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्र रहेको सुनसरी, सप्तरी र उदयपुर जिल्लाका स्थानीय उपभोक्ता समितिका अध्यक्ष मध्येबाट एकजना मध्यवर्ती क्षेत्र व्यवश्थापन समितिको अध्यक्षमा निर्वाचित हुने कानुनी व्यवश्थाअनुसार सिंह निर्वाचित भएका हुन ।

कोशी टप्पु वन्युजन्तु आरक्ष कार्यालयमा बिहीवार भएको निर्वाचनमा उदयपुरका जड्डबहादुर खड्गालाई पराजित गर्दै संरक्षणकर्मी राजकुमार सिंह निर्वार्चित भएका हुन ।

समितिको सदस्यमा सुनसरीबाट अमर गुरुङ, हरिनारायण मण्डल, देवनारायण मुखिया सप्तरीबाट हसमुद्धिन शेख, हुपनारायण साह र उदयपुरबाट जयकान्त चौधरी, बुधेश्वर मुखिया र जङ्गबहादुर खड्गा निर्वाचित भएका छन ।

निर्वाचित अध्यक्ष सिह काेशी टप्पु लर्निङ् ग्राउण्ड नामक सस्थाँ मार्फत मासिएकाे सिमसार क्षेत्रलाई जिवन्त बनाउन र चरा तथा पानीमा आश्र्रित जिवजन्तुकाे स‌रक्षणमा लागेका स‌रक्षणकर्मी हुन ।

अध्यक्ष राजकुमार सिह‌ले काेशी टप्पु क्षेत्रकाे स्थानियकाे समस्या सामाधानका लागि सवै सराेकारवाला निकायकाे ध्यानआर्कषण गराउनुका साथै स्थानिय तहकाे सरकार प्रदेश सरकार र स‌धिय सरकारसँग यहाँकाे समस्या हल गर्न पहल गर्ने बताए ।

कोशीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले त्यस क्षेत्रका स्थानीयहरुको हक अधिकार र समस्याका ’boutमा आरक्ष कार्यालय र सरकारसँग समन्वयकर्ताको भुमिका निर्वाह गर्दै मानव वन्यजन्तु द्धन्द्धका ’boutमा समेत काम गर्दै आएको छ ।

अघिल्लो लेखमासुनसरीमा सत्तारुढ गठबन्धनबीच यसरी हुँदैछ सिट बाँडफाँड
अर्को लेखमानिजामती सेवा दिवसमा बृक्षारोपण र प्रभातफेरि

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्